English

इन्डोर प्लान्टलाई यसरी स्याहार गर्नुहोस्



घरमा बोटबिरुवा लगाउनाले घरको वातावरणमा हरियाली त हुन्छ नै, यसका साथै परिवारको सदस्यहरूको स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पर्छ । बोटबिरुवा हुर्काउनु गाह्रो काम होइन, तर त्यति सजिलो पनि छैन ।

बोटबिरुवा हुर्काउन यससम्बन्धि सामान्य जानकारी हुनुपर्छ । घरभित्र लगाइने केही बोटबिरुवाहरूको हेरचाह कसरी गर्ने त ?

मनि प्लान्ट घरभित्र लगाइने अत्यन्त लोकप्रिय बिरुवा हो । यसलाई माटोमा रोपेर वा पानीमा मात्र राखेर पनि हुर्काउन सकिन्छ । कम पानी, कम प्रकाश, कम मल तथा कमै हेरचाहमा पनि हुर्कने यो बिरुवा घरमा राख्नाले सौन्दर्य, घर वरपरको हावामा शुद्धता प्राप्त हुन्छ । यदि तपाईले पनि घरमा मनि प्लान्ट राख्नुभएको छ भने यी कुराहरूमा विशेष ध्यान दिन जरुरी हुन्छ ।

– भुर्भुराउँदो हल्का माटो र राम्ररी हावा जान सक्ने माटो मनि प्लान्टका लागि उपयुक्त हुन्छ । यदि माटो चिम्ट्याइलो छ भने त्यसमा बालुवा, पातपतिङ्गर र मल मिसाएर मात्र बिरुवा रोप्नुपर्छ ।

मनि प्लान्ट

– मनि प्लान्टलाई आवश्यकताभन्दा थोरै पानी दिंदा पनि केही फरक पर्दैन । गर्मी महिनामा ७ दिनमा एकपटक र जाडो महिनामा २ हप्तामा एकपटक पानी हाल्दा हुन्छ ।

– त्यसो त चर्को घाम पनि मनि प्लान्टले धान्न सक्छ । तर, घामको चर्को किरणको कारण पातहरू पहेंलो हुन सक्छन् । त्यसैले, सूर्यको अप्रत्यक्ष प्रकाश आउने ठाउँमा मनि प्लान्ट राख्नुपर्छ ।

– महिनामा एक पटक मनि प्लान्टमा मल हाल्नु पर्छ । मल प्रयोग गर्दा साँझमा मात्र प्रयोग गर्नुपर्छ । दिनको उज्यालोमा मल हाल्दा यसको जरालाई हानी गर्न सक्छ ।

पिसलिली

पिसलिली पनि घरभित्र लगाइने सदाबहार बाह्रमासे बिरुवा हो । यसको पात ठूलो हुन्छ र फुल सानो सेतो रङको हन्छ । कम हेरचाहमा पनि यो बिरुवा हुर्कन्छ । यसमा वरपरको हावा शुद्ध गर्ने गुण हुन्छ । यसको हेरचाह कसरी गर्ने त ?

– पिसलिली रोप्दा गमलामा मलिलो माटो भर्नुपर्छ, साथै पातपतिङ्गरलाई पनि माटोमा मिसाउनु पर्छ ।

– यसलाई अप्रत्यक्ष सूर्यको प्रकाश भएको र छाँया भएको स्थानमा राख्नुपर्छ ।

– पिसलिलीमा ३ देखि ४ दिनमा पानी राख्दा हुन्छ ।

– उवर्राशक्ति बढाउन महिनामा एकपटक मल हाल्नुपर्छ । ४–५ चम्चा कम्पोष्ट मलमा ४–५ चम्चा माटोसँग मिसाएर हाल्नुपर्छ ।

स्नेक प्लान्ट

झट्ट हेर्दा सर्पजस्तो देखिने भएको हुनाले यो बिरुवालाई स्नेक प्लान्ट भनिएको हो । कम हेरचाह भए पनि राम्रोसँग हुर्किने यो बिरुवा हेर्दा निकै आकर्षक हुन्छ । यो बिरुवाले श्वासप्रश्वाससम्बन्धि रोगहरू बढाउने रसायनहरू हटाउने काम पनि गर्छ । यसको हेरचाह कसरी गर्ने त ?

– माटोको गमलामा भुर्भराउदो हल्का माटो भरेर यो बिरुवा रोप्नुपर्छ । प्लास्टिकको गमलामा यो बिरुवा राम्ररी हुर्कन सक्दैन । प्लास्टिकको गमलामा हावा राम्ररी प्रवाह नहुने र पनि सोस्ने क्षमता पनि नहुने भएकोले माटोको गमलामा रोप्न उपयुक्त हुन्छ ।

– सूर्यको प्रकाश प्रत्यक्ष रूपमा नपर्ने ठाउँमा यो बिरुवालाई राख्नुपर्छ ।
– यो बिरुवालाई पानी हाल्दा गमलामा चिसोपन जाँच गरेर मात्र हाल्नुपर्छ । गमलामा भरिएको माटो चिसो छ भने पानी हाल्नु पर्दैन । ३–४ दिनको फरकमा पानी हाल्नु पर्दछ ।
– स्नेक प्लान्टलाई कम्पोष्ट मल महिनामा एक पटक हाल्नुपर्छ ।

सहरमा नयाँ घर बनाउने मध्यमवर्गीयहरू जग्गाको अभावमा घरबाहिर बगैंचाको परिकल्पना गर्न सक्तैनन् । तर, यसरी घरभित्रै पनि बोटबिरुवा लगाएर हरियाली बनाउन सकिन्छ ।



सम्बन्धित खबरहरु

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार २ ’ सार्वजनिक गरिएको छ । गीतमा इन्द्र दाहालको शब्द

गुपचुप रूपमा निर्माण भई सम्पादन समेत पूरा गरेको नयाँ फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ

नेपाल क्रिकेट संघ (क्यान)ले वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ । शनिबार सार्वजनिक क्यालेण्डर अनुसार वर्ष सन् २०२५ मा नेपाली क्रिकेटर व्यस्त रहनेछन्