English

दिल्लीमा के गर्दैछन् प्रधानमन्त्री देउवा ?



भारतको तीन दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा नयाँदिल्लीमा महत्त्वपूर्ण राजनीतिक भेटवार्तामा व्यस्त छन् ।

निर्धारित कार्यक्रम अनुसार प्रधानमन्त्री देउवा स्थानीय समयअनुसार शनिबार विहान १०ः४० बजे महात्मा गान्धीको समाधीस्थल राजघाट जानेछन् । त्यसपछि ११:१० बजे हैदरावाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग ‘वन अन वन’ भेटवार्ता गर्नेछन् ।

मोदीसँगको भेटवार्तापछि हैदरवाद हाउसमा नै दुई देशका प्रधानमन्त्रीको उपस्थितिमा नेपाल–भारत द्विपक्षीय बैठक बस्नेछ । बैठक सम्पन्न भएपछि मध्यान्ह १२:१५ बजे दुई देशका अधिकारीबीच केही सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । त्यसपछि संयक्तु विज्ञप्ति जारी गरिनेछ ।

शनिबार नै दिउँसो ४:३० बजे प्रधानमन्त्री देउवाले भारतका उपराष्ट्रपतिसँग शिष्टाचार भेट गर्नेछन् । प्रधानमन्त्री देउवा आइतबार विहान ९ बजे उत्तर प्रदेशको वाराणासी पुग्ने कार्यक्रम रहेको छ । वाराणासीबाट पुनः नयाँदिल्ली आई उनी त्यहाँबाट ४:१५ बजे स्वदेश फर्कनेछन् ।

भारतको तीन दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा नयाँदिल्लीमा महत्त्वपूर्ण राजनीतिक भेटवार्तामा व्यस्त छन् ।

मोदीसँगको भेटवार्ता उपलब्धिमूलक हुने विश्वास

प्रधानमन्त्री देउवाले भारतीय समकक्षी मोदीसँग हुने भेटवार्ता उपलब्धिमूलक हुने आशा व्यक्त गरेका छन् । भारत भ्रमणको पहिलो दिन शुक्रबार भारतस्थित नेपाली दूतावासमा आयोजित रात्री भोजमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले प्रधानमन्त्री मोदीसँग हुने भेटवार्ता उपलब्धिमूलक हुने आशा व्यक्त गरेका छन् ।

प्रधानमन्त्री देउवासँग भारतीय विदेशमन्त्री एस जयशंकरले भेट वार्ता गरेका छन् भने भारतीय सत्तारुढ दल भारतीय जनता पार्टीको कार्यालय पुगेका छन् ।

यो पनि….
भारत भ्रमणका नाममा प्रधानमन्त्री देउवाले तोडे यी परम्परा

देउवाको प्रश्न : ‘भोलि एमाले र माओवादी मिले के गर्ने ?’ 



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested