English

अभिनेत्री रञ्जना शर्माले अमेरिकामा गरिन् विहे



अभिनेत्री रञ्जना शर्मा वैवाहिक बन्धनमा बाँधिएकी छन् । अमेरिका बस्दै आएकी शर्माले बुधबार प्रेमी निकेश सिलवालसँग कानूनी विवाह गरेकी हुन् ।

कुनै समय चलचित्र क्षेत्रमा सक्रिय अभिनेत्री शर्मा ११ वर्षदेखि अमेरिकामा बस्दै आएकी छिन् ।

अमेरिकामा व्यापार गरिरहेका सिलवालसँग प्रेम सम्बन्धमा रहेको जानकारी रञ्जनाले सामाजिक सञ्जालमार्फत् दिदै विवाहको तस्विर सार्वजनिक गरेकी थिइन् । उनको विवाहमा अमेरिकामा रहेका नेपाली कलाकारहरू पनि उपस्थित थिए ।

उनले नेपाली चलचित्र मौसम, मर्यादा, बदमास, तिमी मेरी हौ, कन्यादान तथा वीरताको चिनो लगायतका एक दर्जन भन्दा बढी फिल्ममा अभिनय गरिसकेकी छिन् । उनले म्यूजिक भिडियोबाट आफ्नो कलाकारिताको सुरुवात गरेकी थिइन् । अहिले उनको कलायात्रामा ब्रेक लागेको छ ।

तस्विरः रञ्जना शर्माको फेसबुकबाट



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested