यस्तो हुन्छ सपनामा देखिएको सेक्सको अर्थ
निदाएपछि सपना हरेक मानिसले देख्छन् । मान्छेले वास्तविक जीवनमा पाउन नसकेका वा दबाएर राखिएका इच्छाहरू सपनामा प्राप्त गरेको देखिन्छ । विभिन्न अध्ययनअनुसार अधिकांश युवायुवती त्यस्तो सपना देख्छन् ।
सपनामा कसैसँग सम्भोग गरेको देख्नुलाई सामान्य रूपमा लिइन्छ । हामीमध्ये धेरैले यसलाई हल्का रूपले लिन्छौँ र किन यस्तो सपना देखियो भन्ने विषयमा खासै चासो दिँदैनौँ । त्यसैले, जान्नुहोस् आखिर किन देखिन्छ सेक्सको सपना ?
पति वा प्रेमीसँग सम्भोग गरेको सपना देखे
यदि, सपनामा आफ्नो पति वा प्रेमिका साथ सम्भोग गरेको देखियो भने त्यसका दुईवटा अर्थ हुन सक्छन् । या त सपना देख्ने महिलाको पति वा प्रेमीसँगको सम्बन्ध प्रगाढ छ, या त उनले पति वा प्रेमीबाट त्यो सन्तुष्टि पाइरहेकी छैनन्, जुन उनले चाहिरहेकी छिन् । यदि, कसैले यस्तो सपना देखे आफ्नो प्रेमी वा पतिसँग बसेर कुराकानी गरी कारण पहिल्याएर समाधानतर्फ लाग्नुपर्छ ।
पूर्वप्रेमीसँग सम्भोग गरेको देखे
यदि, आफ्नो पूर्वप्रेमीसँग सम्भोग गरेको सपना देखियो भने त्यसको अर्थ हुनसक्छ, पुरानो ब्वाइफ्रेन्डसँगको सेक्सलाइफ निकै राम्रो थियो । देखावटी रूपमा अहिलेको प्रेमीलाई मन पराइए पनि अचेतन मनमा पुरानो प्रेमीले नै लोभ्याइरहेको छ भने ऊसँग सम्भोग गरेको सपना देखिन्छ ।
यस्ता सपनाबाट आफ्नो नयाँ प्रेमीसँग सन्तुष्टिका साथ सम्भोग गर्न पाइएन वा नयाँ प्रेमीसँग खटपट हुन थाल्यो भन्ने प्रस्ट हुन्छ ।
कुनै चर्चित नायकसँग सम्भोग गरेको सपना देखे
यदि कुनै चर्चित नायकसँग सम्भोग गरेको सपना देखियो भने त्यसको अर्थ हो, आफ्नो प्रेमी वा पतिमा अरू केही कुरा खोजिएको छ । हिरोको सफलता र खुबीसँग आफ्नो प्रेमी वा पतिलाई दाँजिरहँदा पनि यस्ता सपना देखिन्छ ।
कुनै महिलासँगै सम्भोग गरेको सपना देखे
यदि, कुनै महिलासँगै सम्भोग गरिएको सपना देखियो भने त्यसले मनोविज्ञान एवं शारीरिक अवस्थाका बारेमा पनि गहिरो अर्थ राख्छ । यस्तो सपनाबाट आफ्नो यौन पार्टनबारे गलत सोच आउँछ ।
यस्तो सपना बारम्बार देखियो भने र वास्तविक जीवनमा पनि कुनै महिलासँगै यौन क्रियाकलापका लागि आकर्षित भइयो भने आफ्नो यौनचरित्र वा प्राथमिकता तथा यौनिकताका सम्बन्धमा पुनर्विचार गर्नुपर्छ ।
कुनै महिलाले सपनामा अर्की महिलासँग सम्भोग गरेको देख्छिन् भने त्यसको अर्थ महिलाले आफ्नो प्रेमी वा पतिले आफ्नो बढी ख्याल गरोस् भन्ने चाहन्छिन् ।
प्रेमीसँग बिछोड भएको सपना देखे
प्रेमीसँग विछोड भएको सपना देखियो भने त्यसको अर्थ हो-आफ्नो प्रेमीसँग संवेगात्मक निकट सम्बन्ध र बढी समय चाहे पनि त्यो पाइएको छैन ।
सम्बन्धमा खटपट आएको वा निकट भविष्यमा आउने ठूलो परिवर्तन वा घटनाको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा चिन्तित रहेका बेला पनि प्रेमीसँग बिछोड भएको सपना देखिने यौनमनोविज्ञहरू बताउँछन् ।
यो पनि…
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?