English

कपाल झर्ने समस्या छ ? छुटकारा पाउन यसो गर्नुहोस्



हरेक महिलाको चाहाना हुन्छ, सुन्दर, बाक्लो र लामो कपाल ! लामो कपाल सौन्दर्यताको सङ्केत पनि हो ।

कपाल लामो र बाक्लो बनाउनको लागि बजारमा धेरै प्रकारका सामाग्रीहरू उपलब्ध छन् । तर, योसँगै हाम्रो भान्छामा पनि यस्ता धेरै कुराहरू पाइन्छ जसको मद्दतले कपालसम्बन्धी समस्याहरू हटाउन सकिन्छ । तीमध्ये स्याम्पु र चिनीको मिश्रले कपाललाई सुन्दर बनाउन सकिन्छ । यस्ता छन् स्याम्पुमा चिनी मिसाएर प्रयोग गर्नुको फाइदा :

सुख्खापन हटी कपाल सिल्की बन्छ

चिनी र स्याम्पुको मिश्रणले कपाललाई विशेष नमी प्रदान गर्दछ , जसका कारण कपालमा रहेको सुख्खा पन हट्छ ।

टाउकोको सरसफाइ

राम्रो र स्वस्थ कपालको लागि टाउकोको सफाइ धेरै महत्त्वपूर्ण हुन्छ । स्याम्पुमा चिनी मिसाएर प्रयोग गर्नाले कपाललाई पोषण मिल्नुका साथै टाउकोमा जमेको फोहोर पनि सफा हुन्छ । यदि टाउकोमा बारम्बार चिलाउने समस्या छ भने यो मिश्रण प्रयोग गर्नुपर्छ ।

डन्डीफोर

लामो समयसम्म डन्डीफोर रहनाले पनि कपाल झर्ने गर्छ । स्याम्पुमा चिनी मिसाएर आफ्नो टाउको धुनुहोस् तपाईंको टाउकोको भएका डन्डीफोरबाट छुटकारा पाउने यो राम्रो तरिका हो ।

कपालको वृद्धि छिटो हुन्छ

यदि तपाईं लामो कपाल चाहनुहुन्छ भने एक पटक चिनी र स्याम्पुको मिश्रण प्रयोग गर्नुहोस् । यस मिश्रणले धुँदा कपाललाई पर्याप्त पोषण मिल्छ, जसका कारण कपालको वृद्धि पनि बढ्न थाल्छ ।

प्रयोग गर्ने तरिका

पाउडर चिनीको प्रयोग गर्नुहोस् यसलाई मिश्रण गर्न सजिलो हुन्छ । स्याम्पु मा १ चम्चा मात्र चिनी राख्नुहोस् । स्याम्पु र चिनीको मिश्रण बनाएर प्रयोग गर्नुहोस् ।

यो पनि…
गर्मीमा के-के खाने ?

जानौं ध्यानका लागि हात मुद्राहरू



सम्बन्धित खबरहरु

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार २ ’ सार्वजनिक गरिएको छ । गीतमा इन्द्र दाहालको शब्द

गुपचुप रूपमा निर्माण भई सम्पादन समेत पूरा गरेको नयाँ फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ

नेपाल-चीन सीमा क्षेत्रमा भूकम्प गएको छ । तिब्बतको सिगात्से केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प गएको काठमाडौंस्थित राष्ट्रिय भूकम्प मापन केन्द्रका

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको