English

मृत्युपछि RIP लेखिनुको यस्तो छ कारण



प्रायः मानिसहरू कसैको मुत्युप्रश्चात् RIP लेख्ने गर्छन् । RIP को छोटो रूप भए पनि अहिले यसलाई शब्दको रूपमा प्रयोग गर्न थालिएको छ । धेरैलाई यो शब्दको ठ्याक्कै अर्थ र पूर्ण रूप थाहा छैन । तर, कसैको मृत्यु भएपछि उनीहरूले यस शब्दको माध्यमबाट आफ्नो दुःख व्यक्त गर्छन् ।

हुनसक्छ, केही मानिसहरूलाई यसको अर्थ थाहा छ, तर धेरै मानिसहरू यो शब्दको अर्थ पूर्ण रूपमा अनजान छन् । आज हामी तपाईंलाई यस शब्दको सही अर्थ के हो भनी बताउछौँ । यसबाहेक यो शब्द कहिले र कसरी शुरु भयो, यसको बारेमा पनि बताउछौँ । तपाईंले देख्नुभएको होला कि धेरैले RIP लाई Rip लेख्छन् । तर, यो रिप को अर्थ काट्नु हो ।

RIP को अर्थ यस्तो

यसको पूरा रूप ‘रेस्ट इन पिस’ हो । ‘रेस्ट इन पिस’को उत्पत्ति ल्याटिन शब्दको Requiescat In Pace बाट भएको हो । Requiescat In Pace को अर्थ ‘शान्तिले सुत्नु’ हो । नेपालीमा यस शब्दको सन्दर्भ ‘आत्माले शान्ति पाओस्’ हो । मृत्युपछि ‘आत्मा’ शरीरबाट छुट्टिन्छ र ‘न्याय दिवस’ का दिन दुवैको पुनर्मिलन हुने विश्वास ल्याटिनी धर्ममा छ ।

१८औँ शताब्दीबाट शुरु

Requiescat In Pace को बारेमा भनिएको छ कि, यदि कुनै व्यक्ति चर्चमा मरेमा उसको आत्मा येशू ख्रिष्टसँग मेल खान्छ । RIP शब्दको प्रयोग १८औं शताब्दीबाट भएको मानिन्छ । त्यसपछि, यो शब्द विश्वव्यापी भयो ।

यो पनि…
विश्वभर एलियन जहाजको चर्चा
यी दुई धनाढ्य, जसले किनिदिए पूरै देश



सम्बन्धित खबरहरु

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

नेपालका जंगलमा विरलै मात्र पाइने मकुना (दाह्रा नभएका हात्ती) पहिलोपटक चितवनको सौराहामा भेटिएको छ । भाले भए पनि दाह्रा नभएको