English

अल्लोको कपडा बनाउने सिपले जगायो उत्साह



कुनै समय रोजगारीको खोजीमा भौँतारिएकी बेसीशहर नगरपालिका–९ सित्तलपाटीकी सन्तोषी विक अहिले खुसी छिन् । माघको दोस्रो साताअघि बेसीशहरका कार्यालय तथा संघसंस्थामा काम खोज्दै भौँतारिइरहेकी सन्तोषीलाई यतिबेला रोजगारीको कुनै चिन्ता छैन, बरु उनी अचेल आफ्नो सिप देखाएर राम्रो कमाई गर्ने अवसरको खोजीमा छिन्।

उनी जस्तै मौसमी काम गरेर दैनिकी चलाउँदै आएकी बेसीशहर दुलालटोलकी रुपिना दुलाल पनि कसले काम देला भन्ने पिरलोमा छैनन्, उनमा पनि यतिबेला सीप बेच्न सकियो भने चाहेजति कमाउन सकिन्छ भन्ने विश्वास भरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय लमजुङबाट अल्लो प्रशोधन र कपडा उत्पादनसम्बन्धी दुई महिना अवधिको तालिम पाएपछि उनीहरू रोजगारीको चिन्तामुक्त भएका हुन्।

सन्तोषी, रुपिना मात्र होइनन् उक्त तालिम पाएपछि उनीहरूसँगैका ११ जनालाई यतिबेला काम खोज्दै हिँड्नुपर्ने बाध्यता टरेको छ । आफ्नो घरायसी कामकाज सकेर फुर्सदको समयमा अल्लोको कपडा बनाएर समयको सदुपयोग र आम्दानी गर्न सकिने भएकाले सीपमुलक तालिम लिएको बेसीशहरकी गंगा भण्डारी थापा बताउँछिन्।

तालिममा उनीहरुले अल्लोको धागोबाट कोट, जुहारीकोट, टोपी, गलबन्दी, झोला, हातेब्याग, पर्स लगायतका पोशाक र सामान बनाउने सीप सिकेका छन् । तालिममा अल्लो प्रशोधन गर्ने प्रकृया, धागो बनाउने, अल्लोको थान कपडा बनाउने र तानमा उनीको कपडा बनाउने सिप सिकाइएको घरेलु कार्यालय प्रमुख मिताकुमारी थापाले बताइन्।

तालिममा अल्लोको धागोबाट कोट, जुहारीकोट, टोपी, गलबन्दी, झोला, हातेब्याग, पर्स लगायतका पोशाक र सामान बनाउने सीप दिइएको उनी बताउँछिन्। उनीको सल, पछ्यौरा जस्ता कपडा बनाउने सिप पनि दिइएको छ।

घरेलु तथा साना उद्योग कार्यालय र लमजुङ एग्रिगेट प्रालिले बेरोजगारलाई रोजगार वा स्वरोजगार बनाउने उद्देश्यका साथ विभिन्न ठाउँबाट बेसीशहरमा बसोबास गर्दै आएका इच्छुकहरुलाई तालिम दिइएको हो । सिप सिकौं स्वरोजगार बनौं, समृद्ध नेपाल निर्माण गरौं भन्ने नाराका साथ १७ माघदेखि दुई महिना अवधिको अल्लो प्रशोधन र कपडा उत्पादन तालिम दिइएको हो।

यो पनि…
किसानको बगैँचामै पुगेर व्यवस्थापनसम्बन्धी सिप प्रदान
‘कलाकारिताले समाजमा पारेको प्रभावलाई सम्मान गर्नुपर्छ’– बिनिता बुद्धाचार्य (भिडियाे पनि)



सम्बन्धित खबरहरु

तुलसी गुरुङ तेक्वान्दो खेलमा ९ डान प्राप्त गर्ने पहिलो नेपाली खेलाडी बनेका छन् । तेक्वान्दोमा यो नै सबैभन्दा माथिल्लो र

नेपाली संगीतप्रेमीका लागि नयाँ गीत “मायामा मायामा” सार्वजनिक गरिएको छ। प्रेम र भावनाको उत्कृष्ट संयोजन प्रस्तुत गर्ने यो गीत गायक

केही हप्ता अघि फस्टलुक पोस्टर सार्वजनिक गर्दै प्रचार अभियान थालेको फिल्म ‘‘हेल्लो काँशीराम’ को निर्माण टिमले प्रचारलाई आक्रामक बनाउँदै लगेको

मन्त्रिपरिषदको निर्णयपछि ऊर्जा मन्त्रालयले कुलमान घिसिङलाई पत्राचार गरेर पदमुक्त गरिएको जानकारी दिएको छ । सो पत्रमा पदबाट हटाउनु पर्नाका १०