English

यस्तो छ प्रधानमन्त्रीको भारत भ्रमण कार्यतालिका



प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार भारत भ्रमणमा जाँदै छन् । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवा तीनदिने भ्रमणका लागि भारत जान लागेका हुन् । प्रधानमन्त्री देउवा भारतीय समय अनुसार शुक्रबार दिउँसो १ बजे दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने कार्यक्रम रहेको छ ।

देउवासँग भारतीय विदेश मन्त्री एस जयशंकरले भारतीय समय अनुसार शुक्रबार दिउँसो ४ बजेर ३० मिनेटमा होटल आइटीसी मौर्यमा भेटवार्ता गर्ने छन् । शनिबार देउवाले विहान १० बजेर ४० मिनेटमा महात्मा गान्धीको समाधीस्थल राजघाट पुगेर पुष्प अर्पण गर्ने कार्यक्रम रहेको छ ।

शनिबार नै ११ बजेर १० मिनेटमा देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदराबाद हाउसमा भेटवार्ता गर्ने कार्यतालिका रहेको छ । हैदरावाद हाउसमै सवा १२ बजे सम्झौता आदानप्रदार र प्रेस स्टेटमेन्ट जारी हुने कार्यक्रम रहेको छ । सोही दिन अपराह्न साढे ४ बजे मौलाना आजाद रोडमा भारतीय उपराष्ट्रपतिसँग प्रधानमन्त्री देउवाले शिष्टाचार भेटवार्ता गर्ने कार्यतालिका रहेको छ ।

आइतबार ९ बजे देउवा बाराणसी पुग्ने छन् भने त्यहाँ कार्यक्रममा सहभागी हुने छन् । बाराणसीको कार्यक्रम सकेर देउवा ४ बजे दिल्ली फर्कने छन् । भ्रमण सकेर देउवा ४ बजेर १५ मिनेटमा काठमाडौंका लागि फर्कने कार्यतालिका रहेको छ ।

भारत भ्रमणले ‘जिओपोलिटिक्स’ मा ठूलो माने राख्छ : अशोक मेहत्ता

नेपाल–भारत राजनीतिक मामिलाका विज्ञ अशोक मेहताले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण महत्त्वपूर्ण भएको बताएका छन् । उनले कुरा गर्दै देउवाको भारत भ्रमणले दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने बताएका हुन् ।

‘कोरोनालगायत विभिन्न कारणले लामो समयदेखि नेपालका प्रधानमन्त्रीले भारत भ्रमण गर्न सकिरहेको अवस्था थिएन । तर पाँच पटक प्रधानमन्त्री हुनुभएको देउवाको भारत भ्रमण महत्त्वपूर्ण छ,’ उनले भने ।

उनले भौगोलिक ‘जिओपोलिटिक्स’ र राजनीतिक दृष्टिकोणले समेत देउवाको भारत भ्रमण महत्त्वपूर्ण हुने दाबी गरेका छन् । दुई देशको आर्थिक सम्वृद्धिमा समेत यो भ्रमण मत्त्वपूर्ण हुने आफूले बुझेको मेहताले बताए ।

कांग्रेसका तीन निर्णय

नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति बैठकले प्रदेश लगायत विभिन्न तहका सभापतिहरूको संयोजकत्त्वमा स्थानीय तह निर्वाचन परिचालन समिति अबिलम्ब गठन गर्ने निर्णय गरेको छ ।

कांग्रेसका उपसभापति एवं समितिका संयोजक पूर्णबहादुर खड्काको संयोजकत्वमा पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज बसेको बैठकले विभिन्न तहमा विधानमा गरिएको व्यवस्था बमोजिम संसदीय समिति, कार्यसम्पादन समिति, अनुशासन समिति गठन गर्न बाँकी रहेको भए अविलम्व गठन गर्न निर्णय गरेको छ ।

त्यस्तै आवश्यक जिम्मेवारी बाँडफाँड गरेर दृढ एकताका साथ निर्वाचन परिचालन अभियानमा सम्पूर्ण समय क्रियाशील हुने निर्णय गरेको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

बैठकमा सदस्यहरू- डा.प्रकाशशरण महत (पार्टी प्रवक्ता), सुरेन्द्रराज पाण्डे, शंकर भण्डारी, सीता गुरुङ, चिनकाजी श्रेष्ठ, लक्ष्मी परियार, योगेन्द्र चौधरी, सञ्जयकुमार गौतम, मधु आचार्य, जितजंग बस्नेत, नैनसिंह महर, दिलमान पाख्रिन, रामहरि खतिवडा, अञ्जनी श्रेष्ठ, रंगमती शाही, मञ्जुकुमारी यादव, सरस्वती अर्याल तिवारी, प्रतिमा गौतम, कुन्दनराज काफ्ले, हरिशरण नेपाली, नानु बाँस्तोला र जीवन रानाले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।

यो पनि….
प्रधानमन्त्रीको भारत भ्रमणले निर्वाचनलाई कुनै असर गर्दैन : प्रा. लोकराज बराल

स्थानीय चुनावका लागि के–के तयारी गर्दैछ निर्वाचन आयोग ?
स्थानीय तह निर्वाचनको इतिहासलाई नियाल्दा



सम्बन्धित खबरहरु

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ

तमु ट्हो ह्युल हङकङले विविध सांस्कृतिक कार्यक्रमहरुका साथ महान चाँड ल्होछार मनाउने भएको छ । नयाँ वर्षको पहिलो दिन जनवरी

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन