English

जहाँ आफैं शङ्खघण्ट बज्ने विश्वास गरिन्छ

मन्दिर आसपासमा अत्यावश्यकीय पूर्वाधार विकास गर्न सके यो स्थल धार्मिक पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुनेछ


तनहुँको म्याग्दे गाउँपालिका–३, किलचोकस्थित अकला मन्दिर यस क्षेत्रका प्रसिद्ध तीर्थस्थल मध्येको एक हो । देवीका प्राकृति रूपमा नै शिलामा कुँदिएका मूर्तिसँगै सिंह र नन्दी एवं विभिन्न देवी देवताका मूर्तिका आकृतिले यहाँ आउने जो कोही दङ्ग पर्छन् ।

मन्दिरभित्रको विशाल शिलालाई परापूर्वकालदेखि नै अकलादेवीका रूपमा पूजाआजा गर्ने गरिएको स्थानीयवासी बताउँछन् । मनले चिताएको पुग्ने विश्वासका कारण तनहुँसहित कास्की, स्याङ्जा, लमजुङ गोर्खालगायतका स्थानबाट दर्शनार्थी आउने गरेको स्थानीयवासी पोष्टमान श्रेष्ठले जानकारी दिए ।

मन्दिरको महिमा र गरिमालाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ २०५५ मा योगी नरहरिनाथले ८५औं कोटीहोम लगाएका थिए । समय–समयमा अकला मन्दिरमा आउने साधुसन्तले यस तीर्थस्थलको विशिष्ट महत्त्व रहेको बताउने गरेको स्थानीयवासी बताउँछन् ।

गत चैत १२ गते पुर्ननिर्मित अकला मन्दिरको उद्घाटन समारोहमा भारतको काशीदेखि आएका जगद्गुरु शङ्कराचार्य अनन्त श्रीविभूषित स्वामीनरेन्द्रनन्द सरस्वतीले यस तीर्थस्थलको विशिष्ट महिमा रहेको बताए । मन्दिरको महत्त्वसँगै यस आसपासको क्षेत्रलाई शिक्षा, योग, आयुर्वेद आदिको केन्द्रका रूपमा स्थापित गर्नुपर्नेमा उनले जोड दिए ।

नवनिर्मित मन्दिरको गण्डकी प्रदेशका मुख्यमनत्री कृष्णचन्द्र नेपाली पोखरेल र जगद्गुरु शङ्कराचार्य अनन्त श्रीविभूषित स्वामीनरेन्द्रनन्द सरस्वतीले संयुक्त रूपमा उद्घाटन गरेका थिए । मुख्यमन्त्री पोखरेलले यस क्षेत्रको धार्मिक पर्यटकीय महत्त्वलाई उजागर गर्न सरकारका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै त्यसका लागि स्थानीय जागरुकता आवश्यक भएकोमा जोड दिए ।

अकला मन्दिरमा रातिको समयमा मन्दिर परिसरमा शङ्खघण्ट बज्ने गरेको विश्वासका कारण पनि महत्त्व चुलिएको स्थानीयवासी चिरञ्जीवी वाग्लेले बताए । २०४८ सालमा मन्दिरमा पाठपरायण गर्दै गर्दा मन्दिरको घण्टा झण्डै ४५ मिनेटसम्म आफैं हल्लिएको प्रत्यक्ष देखेको उनको भनाइ छ ।

उनका अनुसार मन्दिर परिसरमा रहेको कटहरको बोटमा बाह्रैमहिना कटहर फल्नुलाई पनि यहाँको शक्तिका रूपमा लिने गरिएको छ । त्यस्तै मन्दिरको पारी रहेको रुद्रदेवी मन्दिरको विशाल शीलाखण्ड जो कोहीले पनि हल्लाउन सक्नुलाई पनि दैवी शक्तिका रूपमा लिने गरिएको उनले बताए ।

रातिको समयमा मन्दिर परिसरमा शङ्खघण्ट बज्ने गरेको विश्वासका कारण महत्त्व चुलिएको स्थानीयवासी चिरञ्जीवी वाग्लेले बताए । २०४८ सालमा मन्दिरमा पाठपरायण गर्दै गर्दा मन्दिरको घण्टा झण्डै ४५ मिनेटसम्म आफैं हल्लिएको प्रत्यक्ष देखेको उनको भनाइ छ ।

मन्दिरको दर्शन गरेमा मनले चिताएको पुग्ने जनविश्वासका कारण तनहुँसहित आसपासका कास्की, स्याङ्जा, लमजुङलगायतका स्थानबाट दर्शनार्थी भाकलसहित पूजाआजा गर्न आउने गरेका छन् । मन्दिरको महिमा र गरिमा उँचो बनाउँदै यहाँको धार्मिक पर्यटकीय विकास एवं अकलादेवी र रुद्रदेवी मन्दिरको स्तरोन्नति गर्न २०७४ चैत २५ गतेबाट २०७५ वैशाख ३ गतेसम्म श्रीमद् देवीभागवत विराट धनधान्याचल ज्ञान महायज्ञ गरिएको थियो ।

रुद्रभिषेक, सप्तशति पाठपरायण, हवन, तुलादान, विषुशान्ति तथा ज्ञानमहायज्ञमा कथावाचक व्यास पण्डित पुरुषोत्तम वस्यालको प्रमुख वाचकत्वमा भएको थियो उक्त महायज्ञमा ८७ लाख ५३ हजार ८४ रुपयाँ चौसठ्ठी पैसा सङ्कलन भएको मन्दिर निर्माण समितिका सदस्य जानकी थापाले जानकारी दिइन् ।

मन्दिरसहित शिवालय, सत्तल आदि निर्माणमा हालसम्म झण्डै दुई करोड खर्च भएको जानकारी दिँदै उनले महायज्ञमा सङ्कलित रकमसहित गण्डकी प्रदेश सरकारबाट ४० लाख एवं गाउँपालिका तथा वडा कार्यलयबाट सहयोग प्राप्त भएको बताइन् ।

‘मन्दिरको प्रवर्द्धन गर्दै यहाँको धार्मिक पर्यटकीय महत्त्वलाई प्रचारप्रसार गर्न जरुरी देखिएको छ’, उनले भनिन्, ‘मन्दिरसम्म आउने सडकमार्गलाई व्यवस्थित गर्दै मन्दिर आसपासमा अत्यावश्यकीय पूर्वाधार विकास गर्न सके यो स्थल धार्मिक पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुने पक्का छ ।’

परापूर्व कालदेखि व्यक्तिगत वा पारिवारिक जस्तोसुकै समस्यामा पनि अकलादेवीलाई सम्झेपछि समस्या समाधान हुने, बोली आउन नसकेका बालबालिकाको बोली आउने आदि विश्वासका कारण पनि यस तीर्थस्थलप्रतिको आस्था एवं विश्वास निरन्तर रहँदै आएको स्थानीयवासी बताउँछन् ।

पूर्वाधार विकाससँगै आवश्यक प्रचारप्रसार गरी यस तीर्थस्थललाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्दै यससँग उत्पादनलाई पनि जोड्न सकिने उनीहरूको तर्क छ ।


यो पनि….
जीवन मन्त्र : जुनसुकै काम इमान्दारी र पूर्ण समर्पणका साथ गर्नुहोस्

वसन्तलाई ऋतुको राजा भन्नुको अर्थ
आफ्नो ज्ञानमा विश्वास राख्नुहोस्



सम्बन्धित खबरहरु

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।