तरकारीको मूल्य सार्वजनिक [सूची]
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले फलफूल तथा तरकारीको दैनिक थोक तथा खुद्रा मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार आज चैत १७ गते बिहीबार एक किलोग्राम कागतीको मूल्य ३७५ रूपैयाँ तोकिएको छ । त्यसैगरी एक किलोग्राम गोलभेंडाको मूल्य ५५ रूपैयाँ तोकिएको छ ।
एक किलोग्राम रातो आलुको मूल्य २७ रूपैयाँ तोकिएको छ भने सुकेको प्याज ३६ रूपैयाँ छ । त्यसैगरी एक किलोग्राम गाँजरको मूल्य ३५ रूपैयाँ तोकिएको समितिले जनाएको छ । एक किलोग्राम काउलीको मूल्य ३० रूपैयाँ, रातो मूला ४६ रूपैयाँ ६७ पैसा, सेतो मूला १७ रूपैयाँ ५० पैसा, भन्टा ३५ रूपैयाँ, मटरकोशा ४५ रूपैयाँ तोकिएको छ ।
त्यसैगरी समितिले एक किलोग्राम स्याउको मूल्य २४० रूपैयाँ तोकेको छ । एक किलोग्राम सुन्तलाको मूल्य १५५ रूपैयाँ तोकिएको छ । एक किलोग्राम कालो अंगुरको मूल्य २१० रूपैयाँ तोक्दा हरियो अंगुरको मूल्य ११० रूपैयाँ तोकिएको छ ।


