English

केरामा आत्मनिर्भर हुन खोज्दा बाधक बन्यो ‘पानामा’



चितवनको रैथाने जातको रूपमा रहेको मालभोग जातको केरामा पानामा रोग देखिन थालेको छ । उक्त रोगका कारण किसानले केराको प्रजाति नै परिवर्तन गर्न सुरु गरेका छन् ।

रत्ननगर नगरपालिका–१२ का ठाकुर सापकोटाले २५ बिघा जमिनमा केराखेती गर्दै आएका छन् । दश वर्षदेखि केराखेती गर्दै आएका उनलाई पछिल्लो समय मालभोग केरामा लागेको पानामा रोगले सताउन थालेको हो ।

‘हरियो जातको केरा १५ र मालभोग जातको केरा १० बिघामा छ । मालभोगका लागि शत्रू बनेर पानामा रोग आएको छ’, सापकोटा भने, ‘विगत छ वर्षदेखि यसको उपचार गर्न नै सकिएको छैन ।’

चितवनका अधिकांश केरा किसान आफ्नो केराखेतीमा देखिएको पानामा रोगका कारण चिन्तित भएका छन् । उक्त जातको केराको बोट ओइलाउने, गुभो कुहिँदै जाने, बोट मर्ने, जरामा गिर्खापर्ने समस्या देखिएको छ । पछिल्लो छ वर्षयता यो समस्याले केराखेती गर्ने अन्य किसानलाई समस्या पार्दै आएको छ ।

केरा लगाएको पहिलो वर्ष रोग नदेखिए पनि दोस्रो वर्षबाट देखिने गरेको रत्ननगर–१२ का किसान नारायणदत्त पन्त बताउँछन् ।

‘करिव पाँच बिघा जमिनमा केराखेती छ । मालभोग जातको केरा जहाँ लगाए पनि एक वर्षबाट नै समस्या देखिन्छ’, आठ वर्षदेखि केराखेती गर्दै आएका उनी भन्छन्, ‘पहिलो वर्ष सामान्य असर देखिए पनि दोस्रो वर्ष ४० प्रतिशत र तेस्रो वर्ष ७० प्रतिशतसम्म रोग फैलिने गरेको छ । चौँथो वर्षदेखि केरा नै नाश गर्नुपर्ने अवस्था आएको छ ।’

चितवनमा दुई हजार १०० हेक्टर जमिनमा केराखेती रहेको अनुमान छ । त्यसमध्ये ३० प्रतिशतको हाराहारीमा पानामा रोग देखिएको केरा उत्पादक सङ्घ जिल्ला शाखाका महासचिव जनक पन्त बताउँछन् ।

‘हामी केरामा आत्मनिर्भर हुन खोजेका छौँ तर मालभोग जातको केरामा रोग देखिएपछि उद्देश्य पूरा हुनसकेको छैन’, उनी भन्छन्, ‘रोग बढ्ने क्रम जारी रहेकाले किसान अहिले आत्तिएका छन् ।’ अहिले केराको जोन क्षेत्र रहेका कालिका, खैरहनी, रत्ननगरमा पानामा रोग देखिएको छ ।

चितवनका किसान आफ्नो केराखेतीमा देखिएको पानामा रोगका कारण चिन्तित छन् । केराको बोट ओइलाउने, गुभो कुहिँदै जाने, बोट मर्ने, जरामा गिर्खापर्ने समस्या देखिएको छ । पछिल्लो छ वर्षयता यो समस्याले केराखेती गर्ने किसानलाई समस्या पार्दै आएको छ ।

यसबारे किसानले सरकारी निकायसँग पहल गरिदिन आग्रह गरे पनि सार्थक हुन सकेको छैन । ‘प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि ज्ञान केन्द्र र प्रदेश सरकारसँग रोग निदान गरिदिन अनुरोध गरेका थियौँ तर हालसम्म कुनै पहल भएको छैन’ महासचिव पन्त भन्छन् ।

भारतबाट भित्रियो रोग
नेपालमा पानामा रोग १३ वर्षअघि भारतबाट भित्रिएको अनुमान गरिएको छ । चितवनमा भने छ वर्षदेखि व्यापक रुपमा फैलिँदै गएको हो । मालभोग जातमा देखिएको रोगलाई निराकरण गर्न समस्या रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका कृषि अधिकृत इन्द्र शर्मा ढुङ्गाना बताउँछन् ।

‘केरामा छ वर्षदेखि ढुसीजन्य रोग देखिएको थियो । यसलाई निराकरण गर्न सकिँदैन भन्ने विश्वको अभ्यासबाट देखिएको छ’, उनी भन्छन्, ‘हाम्रो प्रयासले नसकेपछि नार्कको टोलीलाई बोलाएर अनुसन्धान गर्न लगायौँ तर सकिएन । त्यसपछि चीनबाट वैज्ञानिक बोलाएर निरुपण गर्ने प्रयास गर्दा पनि भएन ।’

निर्मुल गर्न नसकिए पनि पानामा रोगलाई कम गर्न सकिने महासचिव पन्त भन्छन् । ‘मालभोग जातको केरा लगाउँदा प्रशस्त गोबर मल प्रयोग गर्न र एक पटक पनि केराखेती नभएको माटो भयो भने रोग कम गर्न सकिन्छ’ उनी भन्छन् ।

जिल्लामा ७५० कृषकले व्यवसायिक रूपमा केराखेती गरेको अनुमान छ । मालभोग केराको स्वाद मिठो र उत्पादन बढी हुने भएकाले अधिकांश कृषकको रोजाइमा मालभोग जात नै पर्ने गरेको कृषि अधिकृत ढुङ्गाना बताउँछन् ।

पानामा रोगबाट बच्न पानामा रोग नलाग्ने जातका केरा छनोट गर्न उनको सुझाव छ । मालभोग केराको विकल्पमा यहाँका किसानले ‘जिनाइन’ प्रजातिको केरा लगाउन थालेका छन् । चितवन केरा उत्पादन बढी हुने जिल्ला मानिन्छ ।

यहाँ वार्षिक ८० हजार मेक्ट्रिकटन केरा उत्पादन हुने गरेको सरकारी तथ्याङ्क छ । देशभरको उत्पादनको करिब ४० प्रतिशत केरा यहाँ उत्पादन हुन्छ तर नेपालमा अझै पनि कूल मागको ६० प्रतिशत केरा भारतबाट आउने व्यवसायीको भनाइ छ ।

यो पनि…
मगमगिँदै आँप बगैँचा, किसान खुसी

मौरी पालनमा आकर्षण बढ्यो, चरन क्षेत्र घट्यो
अब ढाकाको राजधानी पाल्पा
क्षमता बढाउनदेखि विभिन्न समस्यामा उपयुक्त मह



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।