English

ग्ल्यामर मुडमा दुई चर्चित गायक–गायिका (भिडियोसहित)



चक्र बम र सिर्जना खत्री युवापुस्तामा चर्चित गायक–गायिका मानिन्छन् । उनीहरू दुवैका अलग–अलग गीतले अहिले चर्चा बटुलिरहेको छ । गीतले चर्चा पाएपनि अझैसम्म उनीहरूले एकैसाथ काम गर्ने मौका भने पाएका छैनन् ।

सुदूर पश्चिमको कैलालीमा जन्मिएका बमको मोडलिङप्रति सानै देखि रुचि थियो । बम साथीहरूलाई गीत समेत गाएर सुनाउँथे । उनको मोडलिङले भन्दा स्वरले साथीहरूबाट तारिफ पाउँथ्यो । मोडलिङको सपना बोकेका बमलाई साथीहरूले गायन क्षेत्रमै लाग्न हौंसाएपछि उनले गायनमै पाइला बढाए । उनका केही गीतहरू चर्चित भएपछि, अहिले साथीहरूको हौंसलाले नै यो ठाउँमा आफूलाई पुर्‍यायो, उनी भन्छन् ।

२०७० मा बमले पहिलो पटक ‘मोटा चामल’ बोलको देउडा गीत गाए । यो गीतले खासै सफलता भने पाएन । २०७३ मा उनले ‘नाच मेरी झुमा’ बोलको गीत गाए । पृथक् शैलीको यो गीतले सुदूर पश्चिम र कर्णाली प्रदेशमा निकै चर्चा बटुल्यो । ४० भन्दा बढी गीत गाइसकेका बमको दर्जन गीत हिटको सूचीमा छन् । ओइ काजल, पश्चिमेली चेलो, दारु सड्काउने, विद्यानास, बम्बई गइजाने उनका हिट गीतहरू हुन् । गायनका साथै बमले ३ सय भन्दा बढी गीतको मोडलिङ समेत गरिसकेका छन् ।

सिन्धुपाल्चोकमा जन्मिएकी गायिका सिर्जना खत्रीको ‘हाउडे माया’ युवापुस्ताको रोजाइमा परेको छ । ९ वर्ष अघि आफ्नै दाजु नवराज खत्रीले ‘रुन्छ यो मन’ बोलको गीत सार्वजनिक गरेपछि उनलाई पनि गीत गाउने हुटहुटी चल्यो । सन् २०१६ को फेब्रुअरीमा उनले हाउडे माया बोलको गीत पहिलो पटक रेकर्ड गरिन् । यो गीतले अपेक्षाकृत सफलता पाउन सकेन । तैपनि टेलिभिजनहरूमा यो गीतले राम्रै स्थान पायो । त्यसपछि उनले लाहुरे माया बोलको गीत सार्वजनिक गरिन् । यही गीतले उनलाई एकाएक चर्चामा ल्यायो ।

आफैँ शब्द सिर्जना गरेर गाउन रुचाउने खत्रीको पछिल्लो पटक एक्सको छम्मा चर्चामा आएको छ । युट्युबमा १ करोड भन्दा बढी पटक हेरिसकिएको यो गीतको अलावा नौटङ्की माया, डबल माया लगायतका गीत हिट रहेका छन् ।

लाजिम्पाटस्थित साङ्ग्रिला होटेलमा मेरो लाइफस्टाइलले यी दुई चल्तीका गायक–गायिकाको पहिलो पटक डुएट फोटोसुट गर्‍यो । खत्री र बमले एमकेएम फेसन हाउसकी फेसन डिजाइनर दिलमाया मगरले तयार पारेको तीन भिन्न ड्रेसमा फोटोसुट गरेका थिए । गीतसङ्गीतमा साथै काम नगरेको भए पनि मोडलिङ फोटोसुटमा भने दुवै निकै खुले ।

फोटोसुटको भिडियो हेर्नतलको लिंकमा जानसक्नुहुन्छ ।

फोटो : महेश प्रधान / भिडियो : नवीन श्रेष्ठ / लोकेशन : होटल सांग्रिला / मेकअप : ल्यासेस मेकअप स्टुडियो, लाजिम्पाट / पहिरन : एम के एम फेसन हाउस, डिल्लिबजार / सम्पादन : राजकुमार श्रेष्ठ



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।