विवाहको रात जोडीले भुल्न नहुने कुराहरू
विवाहलाई लिएर महिला र पुरुषको फरक–फरक अपेक्षा र विश्वास हुन्छ । अझ जोडीको लागि जीवनको सबैभन्दा विशेष र सुन्दर क्षणहरूमध्ये एक हुन्छ । आज हामी तपाईंलाई यस्ता गल्तीका बारेमा बताउँछौं जुन विवाहको रात जोडीले गर्नु हुँदैन ।
सेक्सको अपेक्षा
विवाहको दिन धेरै थकित महशुस हुनसक्छ । पार्टनरलाई पनि धेरै थकितमा हुन सक्छ । त्यसैले विवाहको रातमा यौनसम्पर्क गर्नुको सट्टा एक अर्कासँग कुरा गर्ने प्रयास गर्नुहोस् र आराम लिनुहोस् ।
शरीरको बारेमा नसोच्नुहोस्
विवाहको दिनमा आफ्नो शरीरको बारेमा धेरै सोच्नु हुँदैन । शरीरमा धेरै ध्यान दिनाले यो विशेष दिन खल्लो हुन सक्छ । साथै, बिहेको रात पार्टनरसँग धेरै नजिक पनि नहुनुहोस् ।
यादगार बनाउनुहोस्
फोटोग्राफर र आफन्तहरूले विवाहको दिनमा तपाईंको हरेक चाल रेकर्ड गर्छन् । यी सबै सम्झनाहरूलाई फोटो र भिडियोको रूपमा जीवनभर राख्नुपर्छ ।
नकारात्मक प्रतिक्रिया नदिनुहोस्
यो वैज्ञानिक रूपमा प्रमाणित भइसकेको छ कि सकारात्मक विचार, शब्द र व्यवहारले पार्टनरसँगको सम्बन्धलाई बलियो बनाउन मद्दत गर्छ । त्यसैले, नकारात्मक प्रतिक्रिया दिनबाट टाढा रहनुहोस् ।
यो पनि…
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?