संसारकै सबैभन्दा लामो नङ बनाएकी महिलाले काटिन् नङ !
अधिकांशको सोख नङ पाल्ने हुन्छ । तर तपाईले संसारमै लामो नङ पालेर विश्व रेकर्ड कायम गरेकी महिलाको नाम त सुन्नुभएको होला । उनको नाम अयाना विलियम रहेको छ । उनी अमेरिकाको टेक्सासमा बस्छिन् ।

अयाना २०१७ मा आफ्नो नङलाई लिएर चर्चामा थिइन् । २०१७ मा उनले सबैभन्दा लामो नङ पालेर गिनिज बुक अफ दी वर्ल्ड रेकर्डमा दर्ता गराएकी थिइन् । त्यो बेला उनको नङको लम्बाई १९ फिट थियो ।

अहिले फेरि उनी चर्चामा छिन् । उनले नङ काटेको भिडियो शेयर गरेकी छन् । उनले लगभग ३० वर्षपछि नङ काटेकी हुन् । अहिले उनको नङको लम्बाई लगभग २४ फिट रहेको थियो ।

उनलाई खाना खान, सामान मिलाउन सबै कुरामा समस्या हुने गर्दथ्यो ।
