English

आजको राशिफल हेर्नुहोस्



१६ चैत २०७८ बुधबार । तद्नुसार मार्च महिनाको ३० तारिक २०२२ । फागुनकृष्णपक्ष त्रयोदशी तिथि । बणिज योग, शतभिषा नक्षत्र, शुभ योग, चन्द्रमा कुम्भ राशिमा रहेको छ । आज विहान सूर्योदय ५:५८ मा भएको छ भने सूर्यास्त ०६:१९ मा हुनेछ । आजको देवता लक्ष्मी र ग्रहदेव सूर्य रहेको छ । बुधबारको दिन घर गृहस्थसम्बन्धी काम र अर्थसम्बन्धी काम गर्न सक्नुहुनेछ । आज मध्यान्ह १२:०९ देखि १:४२ सम्म राहुकाल रहेको छ भने ११:४४ देखि १२:३३ सम्मको समय अभिजित मुहूर्त रहेको छ ।

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) : मेष राशि भएका जातकका लागि हरेक बुधबार मनमा प्रसन्नता छाउने छ । धनलाभ र विजय प्राप्त हुनेछ । शत्रुमाथिको विजय प्राप्ति हुने भए पनि आर्थिक व्यय र हानी हुने देखिन्छ । आजको दिन तपाईंले बजारमा सामान खरिद नगर्दा राम्रो हुन्छ । आजको दिन उत्तम रहेको छ ।  

वृष  (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) : अध्ययन अध्यापनमा रुचि कम र मनमा चिन्ता छाउने छ । यदी आजको दिन यात्रा गर्न खोज्नु भएको छ भने यात्रा कष्टकर हुनेछ । यदी यात्रा गर्नै पर्ने छ भने पूर्व दिशा तर्फ फर्केर यात्रा शुरुवात गर्नुहोला । सकारात्मक सोच, र कसैसँग विवाद हुने काम र कुरा नगर्दा राम्रो हुनेछ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) : आजको दिन मिथुन राशिका जातकले आफ्नो सोचअनुसारको कुनै नयाँ काम गर्न सक्नुहुनेछ । विगतमा रोकिएका र अप्ठारा काम समेत समाधान हुँदैन जानेछन् । अर्थलाभ र अध्ययन अध्यापनमा समेत सफलता मिल्नेछ । कसैसँग वैरभाव नराख्नुहोला । मनमा चिन्ता र भय छ भने त्यो हटदै जानेछ । विहान सूर्योदयको दर्शन गर्नुहोला ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) : तपाईंको लागि आजको दिन अनुकूल देखिन्छ । धनप्राप्तिको योग बनेको छ । नयाँ वस्त्र खरिद गरेर लगाउन सक्नुहुनेछ । आफन्त र मित्रजनबाट साथ सहयोग पाउनुहुनेछ । विगतमा राग राख्ने मित्र समेत तपाईंलाई सम्मानका शब्द प्रयोग गर्नेछन् । कसैलाई दिनुभएको धन फिर्ता हुनेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) : आजको दिन तपाईंले घर परिवार र मित्रहरुसँग अनावश्यक विवाद नगर्नु होला । लामो दुरीको यात्रा पनि नगर्दा वेश हुनेछ । स्वास्थ्यमा प्रतिकूल असर र आर्थिक व्यय हुने संभावना बढी छ । अध्ययन अध्यापनको काममा बाधा उत्पन्न हुनसक्छ । विश्वास गरेको मित्रबाट तपाईंलाई धोका हुनसक्छ । मौन र आफनो काममा मात्र ध्यान दिनुहोला ।  

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) : दाम्पत्य जीवनमा सुख, समृद्धि हुँदै जानेछ । बुधबारका दिन कुनै नयाँ काम शुरुवात र मान सम्मान समेत मिल्नेछ । तपाईंले गरेको कामको मान सम्मान र व्यबसायमा समेत सोचेभन्दा बढी फाइदा हुनेछ । आजको दिन तपाईंले केही कन्यालाई फलफूल उपहार दिनु भयो भने तपाईंको मनमा प्रशन्नता छाउनेछ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते) : आजको दिन समय त्यति अनुकूल देखिदैन । अनावश्यक यात्रा र अनावश्यक खर्च ब्यबभार बढ्ने छ । आफ्नो स्वास्थ्यमा ध्यान दिनुहोला । परिवारका सदस्यमा समेत स्वास्थ्य समस्या हुनसक्छ त्यसैले आजको दिन तुला राशिको जातले कुनै पनि काम गर्दा ध्यान दिनुहोला । सोचअनुसार काम नहुँदा मनमा उल्टो चिन्ता छाउने छ । 

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) : ब्यापार बाट लाभ हुनेछ । स्त्रीजतिको साथ सहयोग मिल्नेछ । घरबाट बाहिर निस्कदा आमा, श्रीमति, छोरीलाई जानकारी दिएर काममा निस्कनु भयो भने आजको दिन तपाईंको कार्य सफलता मिल्नेछ । आजको दिन मित्रसँग भेट गर्दा लाभकारी कार्ययोजना बन्नेछन् । सरकारी काममा अवरोध आएको छ भने आजको दिन जानु भएमा काम छिटो हुनसक्छ । 

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) : गरिरहनु भएको काममा सफलता मिल्नेछ । तपाईंलाई साथ सहयोग दिने कुनै एकजना मित्र र आफन्तलाई आजको दिन भेट गर्नुभयो भने तपाईंलाई सकारात्मक उर्जा भरिने छ । आजको दिन नजिकको मठ मन्दिर वा घरका जेष्ठ सदस्यलाई केही उपहार दिनु राम्रो मानिन्छ।

मकर( भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) : मकर राशिका जातकले आजको दिन अध्यात्मिक कार्य गर्दा मनमा प्रसन्नता छाउने छ । तपाईंले आज आफ्नो बसोबास भएके स्थानमा रहेको मठ मन्दिर वा देवीको मन्दिरको दर्शन गर्दा तपाईंले उत्साह प्राप्त गर्नसक्नुहुन्छ ।  आजको दिन हुनमानको दर्शन र हुनमान चालिसा पाठ गर्ने वा सुन्ने मात्रले पनि तपाईंलाई उर्जा थप हुनेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) : स्वास्थ्यमा ध्यान दिनुपर्ने र यात्रा गर्नुभन्दा पहिले पूवै तयारी गर्नुहोला । आकस्मिक समस्या र मनमा अशान्त छाउने छ । तपाईले सोचअनुसारको काममा कठिनाई हुनेछ । यदी व्यापार ब्यबसायमा हुनुहुन्छ भने धैर्यपूर्वक कार्य गर्नुहोला । आजको दिन तपाईंले बालकलाई भोजन गराउनु भएकामा मनमा शान्ति मिल्नेछ । चन्द्रमाको साथ रहेको छ । सूर्यको दर्शन गर्नुहोला ।   

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची) : दाम्पत्य जीवनमा सुख प्राप्तिका लागि परिवारका सदस्यसँग यात्रा गर्नुहोला । मंगलबारका दिन घरमा गणेश मन्दिरमा गएर लड्डु चढाएर घरका परिवार सदस्यलाई दिनुहोला । त्यसबाट परिवारमा सम्बन्ध सुमधुर हुनेछ । आकस्मिक धनलाभ हुनेछ भने व्यापारबाट नसोचेको  फाइदा मिल्नेछ । शिवालय र देवालय यात्राले मनमा हर्ष छाउने छ ।  

यो पनि…
एकल यात्राका फाइदै फाइदा
हरेक दिन तातो पानी पिउनुहोस्, यी फाइदा हुन्छन्



सम्बन्धित खबरहरु

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ

तमु ट्हो ह्युल हङकङले विविध सांस्कृतिक कार्यक्रमहरुका साथ महान चाँड ल्होछार मनाउने भएको छ । नयाँ वर्षको पहिलो दिन जनवरी

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन