English

वैद्यनाथ धाममा शिव साधना



वैद्यनाथ धाममा आठौं शिव साधना कार्यक्रम सुरु भएको छ । परम उद्धारकर्ता संकटमोचन स्वरुप गुरु मदनबाबाको सानिध्यतामा चैत १५ गतेदेखि २० गतेसम्म शिव साधना हुने आयोजकको भनाइ छ ।

आठौं शिव साधना कार्यक्रममा १०८ ज्योर्तिलिङ्गको प्राण प्रतिष्ठान, सवा करोड दिप प्रज्ज्वलन र महारुद्रीको समेत आयोजना हुने मदन बाबा भक्ति केन्द्रले जानकारी दिएको छ ।

इतिहासमै एकै पटक चार वटा कार्यक्रम सम्भवत वैद्यनाथ क्षेत्रमा हुने केन्द्रले जानकारी दिएको छ । साधनाको क्रममा साधकहरू प्रार्थना, ध्यान, जप, सत्सङगत र योगमा मदनबाबाले सत्मार्गमा लाग्न जीवन उपयोगी प्रवचन दिइरहेका छन् ।

साधनामा पितृहरूको उद्धार एवम् साधक साधिकामा विद्यमान रोग, दोष, विध्नबाधाबाट मुक्ति प्राप्त गर्न महारुद्री अनुष्ठान सहितको सवा करोड ज्योति प्रज्वलन पनि गरिने मदन वावा भक्ति केन्द्रका कार्यवाहक महासचिव निशा रानाको भनाइ छ ।

शिविरमा सहभागिताका लागि जुनसुकै धर्म, पेशा, जातजाति, भाषा, संस्कृतिका साथै जनुसुकै उमेरका व्यक्तिहरू सहभागी हुन सक्ने आयोजकले जनाएको छ ।

यो पनि….
शिवको तपस्या तोड्न कामदेवले के गरे ?
गौतम बुद्धले संसारलाई दिए यी १० सन्देश



सम्बन्धित खबरहरु

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

शनिवारको दिन नुहाइ धुवाइ गरी टिभी हेर्न बस्नु कुनैबेलाको मेरो नियमित दिनचर्या थियो । किनकी हरेक शनिवार ठिक दुई बजे

प्रा.डा. गुरुप्रसाद सुवेदी भगवान शिव महाश्मशानका देवता हुन् । शिव एउटा तत्व हो । श्मशानघाटमा नै उहाँ बस्नुभएको छ ।

कात्तिक कृष्ण त्रयोदशीदेखि शुल्क द्वितीया तिथिसम्म पाँच दिन तिहार मनाइन्छ । यमराजले यी पाँच दिन आफ्नो बहिनी यमूनासँग उत्सव मनाएको

Latest










Popular
Suggested