English

‘अर्घा भगवती मन्दिरलाई संसारले चिन्नेछ’



अर्घाखाँचीको धार्मिक पर्यटकीय स्थल अर्घा भगवती मन्दिरमा भगवतीको विशाल शालिक निर्माण हुने भएको छ । सन्धिखर्क नगरपालिकाको आर्थिक सहयोगमा निर्माण गर्न लागेको ३३ फुट अग्लो मूर्ति अन्तिम चरणमा पुगेको हो ।

करिब २ करोड लागतमा मुना निर्माण सेवाले निर्माण गर्दै गरेको मूर्ति निर्माणपछि आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा मेयर कमलप्रसाद भुसालको विश्वास छ ।

‘धार्मिक, ऐतिहासिक तथा पर्यटकीय विकासका लागि शालिक निर्माण थालिएको हो,’ भुसालले भने, ‘यो काम सम्पन्न भएसँगै मन्दिरको थप गरिमा बढ्नेछ, अर्घा भगवती मन्दिरलाई संसारले चिन्नेछ ।’

चैते दशैंसम्म निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको मूर्ति करिब ४२ क्विन्टलको रहेको नगपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण अर्यालले जानकारी दिए ।

सन्धिखर्क बजारबाट ७ किलोमिटरको दूरीमा रहेको मन्दिरबाट अर्घाखाँचीसहित छिमेकी जिल्ला गुल्मी तथा पाल्लाको केही भागको रमणीय दृश्य अवलोकन गर्न सकिन्छ ।

यो पनि…
गर्मीमा के-के खाने ?
जानौं ध्यानका लागि हात मुद्राहरू
ध्यान गर्दा नियम पालना गरौं
यी चिज खाएर गर्नुहोस् दिनको सुरुवात



सम्बन्धित खबरहरु

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

शनिवारको दिन नुहाइ धुवाइ गरी टिभी हेर्न बस्नु कुनैबेलाको मेरो नियमित दिनचर्या थियो । किनकी हरेक शनिवार ठिक दुई बजे

प्रा.डा. गुरुप्रसाद सुवेदी भगवान शिव महाश्मशानका देवता हुन् । शिव एउटा तत्व हो । श्मशानघाटमा नै उहाँ बस्नुभएको छ ।

कात्तिक कृष्ण त्रयोदशीदेखि शुल्क द्वितीया तिथिसम्म पाँच दिन तिहार मनाइन्छ । यमराजले यी पाँच दिन आफ्नो बहिनी यमूनासँग उत्सव मनाएको

Latest










Popular
Suggested