English

ढाड दुखाइबाट छुटकारा पाउने यस्ता छन् उपाय



कोरोना महामारी आएदेखि यो खतरनाक भाइरसको संक्रमणबाट बच्न अधिकांश कार्यालयले घरबाटै काम गर्ने (वर्क फ्रम होम) को व्यवस्था गरे ।

घरबाट काम गर्दा संक्रमणको जोखिम त कम भयो । तर यसले मानिसको शारीरिक गतिविधि घटेको छ । कसरत कम हुन थालेको छ, हिँडडुल एकदमै कम भएको छ ।

दिनभर कम्प्युटर, ल्यापटप अगाडि बसेर काम गर्नुपर्छ । जसले गर्दा ढाड काँधमा दुख्ने समस्याले धेरैलाई सताउन थालेको छ । अधिकांश मानिसहरू ढाड दुख्ने समस्या लिएर चिकित्सककहाँ पुग्छन् ।

तर केही कुराको ख्याल राखे ढाड र ढाड दुख्ने समस्यालाई सजिलै हटाउन सकिन्छ । केही सजिलो घरेलु उपाय अपनाएर ढाड दुख्ने समस्यालाई कम गर्न सकिन्छ ।

घरेलु उपाय
-लगातार बसेर काम गर्दा ढाड दुख्न थाल्छ भने बीचमा पाँच मिनेट ब्रेक लिनुपर्छ । शरीरका मांसपेशीहरूलाई पनि आराम चाहिन्छ । उभिने र पछाडि झुक्ने जस्ता व्यायाम गर्नुहोस् । यसले स्ट्रेचिङ एक्सरसाइजले पनि दुखाइ कम गर्छ, मांसपेसी आराम दिन्छ ।

-काम सकिएपछि राति सुत्नुअघि तोरीको तेलले कम्मर र ढाडमा मालिस गर्नुहोस् । तोरीको तेलमा एउटा लसुन मिसाएर तताएर यस तेलले शरीरमा मालिस गर्नुहोस् । तपाईंको दुखाइ कम हुनेछ, मांसपेसी आराम हुनेछ र राम्ररी निद्रा पनि लाग्नेछ ।

-शरीरको दुखाइबाट राहत पाउनको लागि सबैभन्दा सजिलो घरेलु उपाय भनेको बेसार र दूध सेवन गर्नु हो । बेसार दूध पिउनाले रुघाखोकी र इन्फेक्सनमा मात्र राहत मिल्दैन, यसले मांसपेशीलाई पनि आराम दिन्छ ।

-ढाड दुख्ने समस्या भए पनि राति सुत्नुअघि एक गिलास मनतातो दूधमा एक चम्चा बेसार मिसाएर पिउनुहोस् । बेसारमा पाइने एन्टिसेप्टिक, एन्टिब्याक्टेरियल तत्त्वले दुखाइ कम गर्दछ । यसमा पाइने कर्क्युमिन तत्त्वले धेरै समस्यालाई हटाउँछ ।

-ढाड दुख्ने समस्या छ भने अदुवाको सानो टुक्रा चपाउनुपर्छ । अदुवाले शरीरको दुखाइ कम गर्छ । अदुवाको चिया वा अदुवाको रस पिउनाले पनि दुखाइमा आराम मिल्छ ।

-लगातार बस्ने, एकै ठाउँमा बसेर लगातार काम र शारीरिक गतिविधिको कमीले वजन बढ्छ । धेरै तौल पनि ढाड दुख्ने कारण हुन सक्छ । यस्तो अवस्थामा तौल नियन्त्रणमा राख्न स्वस्थ आहार खानुहोस् ।

यो पनि…
हरेक दिन तातो पानी पिउनुहोस्, यी फाइदा हुन्छन्

बिहानको यी बानीले दिनभर ताजा राख्छ
यी चिज खाएर गर्नुहोस् दिनको सुरुवात



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।