सम्भोगका बेला हुने माया र स्नेहले पनि बढाउँछ सौन्दर्य
छालाको हेरचाहले मात्र होइन, माया र स्नेहबाट पनि सौन्दर्य बढ्छ । साथै, सेक्सका अन्य धेरै फाइदाहरू छन्, जानौँ ।
छाला र कपालको लागि राम्रो
जर्नल अफ सेक्सुअल मेडिसिनमा प्रकाशित रिपोर्टका अनुसार चरम उत्तेजितका कारण शरीरमा एस्ट्रोजनको स्तर बढ्छ, जसका कारण हाम्रो छाला र कपाल स्वस्थ रहन्छ । छाला मोइस्चराइज र चाउरीपन पनि मुक्त हुन्छ । साथै, छाला नरम र चिल्लो रहन्छ ।
अनुहारमा चमक ल्याउँछ
सेक्सका कारण मुटुको धड्कन र रगतको प्रवाह बढ्छ, जसका कारण शरीरमा अक्सिजनको मात्रा पनि बढ्छ । अक्सिजनको राम्रो आपूर्तिले अनुहारको चमक बढाउँछ ।
अर्गाज्मले मुडमा सुधार ल्याउँछ
सेक्सले खुसी र ऊर्जावान् राख्छ । यसले तपाईको रोग प्रतिरोधात्मक क्षमता पनि बढाउनुका साथै मुडमा पनि सुधार गर्छ ।
सेक्सले सकारात्मक महशुस गराउँछ
कामोत्तेजनाका कारण शरीरबाट डोपामाइन हर्माेन र अक्सिटोसिन निस्कन्छ । अक्सिटोसिनले आराम दिनुका साथै राम्रो महशुस गराउँछ ।
आत्मविश्वास बढ्छ
सेक्स र ध्यानले मस्तिष्कको एउटै भागलाई असर गर्छ । ध्यानले हाम्रो मनमा जुन प्रभाव पार्छ, त्यही प्रभाव यौनसम्पर्कले पनि पार्छ । तपाईंको आत्मविश्वास बढ्छ, साथै समस्याहरू राम्रोसँग समाधान गर्न सक्षम हुनुहुनेछ ।
यो पनि…
पहिलोपटक यौनसम्पर्क गर्दा यी कुरामा दिनुहोस् ध्यान
महिलाले सेक्सबारे दिनमा कतिपटक सोच्लान् ?