English

सेयर बजार आज पनि ओरालो, कुन समूहमा कति घाटा ?



नेप्से परिसूचक निरन्तर पाँचौँ कारोबार दिन ओरालो लागेको छ। गत साताको बुधबारदेखि ओरालो लागेको नेप्से, यस दिन पनि घटेर बन्द भएको छ।

यी पाँच कारोबार दिनमा नेप्से परिसूचक १२३.१५ अंक घटेको छ। नेप्से परिसूचक यस दिन १४.२६ अंक घटेर २५२७.५८ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स २.१५ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.०३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८० अंक घटेको छ।

अघिल्लो कारोबार दिन साढे २ अर्बको शेयर कारोबार भएको नेप्सेमा यस दिन २२५ कम्पनीको ३१ हजार ४३१ पटकको कारोबारमा १ अर्ब ७५ करोड ६ लाख २८ हजार रुपैयाँ बराबरको ३८ लाख ९० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्सेसँगै यस दिन कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन साढे २ अर्बको शेयर कारोबार भएको नेप्सेमा यस दिन २२५ कम्पनीको ३१ हजार ४३१ पटकको कारोबारमा १ अर्ब ७५ करोड ६ लाख २८ हजार रुपैयाँ बराबरको ३८ लाख ९० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

नेप्से ओरालो लागेपनि यस दिन तीन स्टकको शेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन इमर्जिङ्ग नेपाल र नेष्डो समृद्ध लघुवित्त र राष्ट्र उत्थान लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।

यस दिन एनआईबिएल समृद्धि फण्ड २ को मूल्य सर्वाधिक ४.७३ प्रतिशत घटेको छ भने मिर्मिरे माइक्रोफाइनान्स, नेपाल लाइफ इन्स्योरेन्स, जीवन विकास लघुवित्त, आशा लघुवित्त, शिवश्री हाइड्रोपावर, एशियन लाइफ इन्स्योरेन्स र विशाल बजार कम्पनीको सेयरमूल्य ३ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन करिब ८ करोडको सेयर कारोबार भएको छ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन करिब ८ करोडको सेयर कारोबार भएको छ।

त्यसैगरी, यस दिन ग्लोबल आइएमई बैंकको ७ करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको छ भने नेपाल लाइफ इन्स्योरेन्सको साढे ६ करोडको शेयर किनबेच भएको छ।

मंगलबार १३ उपसमूहमध्ये होटल तथा पर्यटन उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक ०.८३ प्रतिशत बढेको छ भने जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक १.५२ प्रतिशत घटेको छ।

यो पनि
सरकारलाई निगमको पत्र : दुई दिन बिदा गराैँ, कर घटाऔँ
दोहोरो अंकले घट्यो सेयर



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।