English

विश्वकै महँगो ऊँट, बिक्यो २३ करोडमा



साउदी अरबका मानिसको जीवन ऊँटसँग संलग्न छ । यहाँ उँटको सुन्दरी प्रतियोगिता लगायत विभिन्न क्रियाकलाप गरिन्छ । विश्वकै महँगो ऊँट पनि यही नि बिक्री गरिएको छ । सुन्दा अचम्म लाग्न सक्छ तर ऊँटका लागि ७० लाख साउदी रियाल अर्थात् करिब २३ करोड रुपैयाँको बोलकबोल गरिएको थियो । ‘गल्फ न्युज’ का अनुसार साउदी अरबमा यो ऊँटको सार्वजनिक लिलामीको आयोजना गरिएको थियो ।

ऊँटको प्रारम्भिक बोली ५० लाख साउदी रियल अर्थात् करिब १६ करोड २५ लाख राखिएको थियो । यसपछि उनको बोली ७० लाख साउदी रियालको बोलिला फाइनल भयो । तर यति उच्च बोली लगाएर ऊँट कसले किनेको भन्ने खुलाइएको छैन ।

के छ ऊँटको विशेषता ?

साउदी अरबमा यति महँगो मूल्यमा लिलामी भएको ऊँटलाई विश्वकै दुर्लभ ऊँटमध्ये एक मानिन्छ । यो ऊँट विशेष सौन्दर्य र विशिष्टताका लागि विश्वभर प्रसिद्ध छ । संसारमा यस प्रजातिका ऊँटहरू थोरै मात्रमा पाइन्छ । साउदी अरबमा इदको दिन ऊँटको बलि दिइन्छ । र विश्वको सबैभन्दा ठुलो ऊँट मेला पनि साउदी अरेबियामा हुन्छ ।
यो पनि…
विश्वभर एलियन जहाजको चर्चा
यी दुई धनाढ्य, जसले किनिदिए पूरै देश

समुद्री लुटेराले किन बाँध्छन एक आँखामा पट्टि ?



सम्बन्धित खबरहरु

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन

प्रकृतिको सुन्दर प्राणी मध्येको एक बाघको संरक्षण र यसको महत्त्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ का दिनलाई ‘बाघ

मोटरसाइकल किन्दा बढी माइलेज दिने, धेरै सुरक्षा फिचर भएको, आकर्षक, आरामदायी लगायतका विविध सेवा सुविधा र विशेषता भएको नै छनोट

नेपालका जंगलमा विरलै मात्र पाइने मकुना (दाह्रा नभएका हात्ती) पहिलोपटक चितवनको सौराहामा भेटिएको छ । भाले भए पनि दाह्रा नभएको