English

केयूमा अनलाइन कक्षा सुरु, टियूमा छैन सुरसार

कोरोना प्रभाव


काठमाडौं विश्वविद्यालयले एक महिनाको लागि प्रत्यक्ष पठनपाठन बन्द गरेको छ । स्कुल अफ साइन्सका डिन प्राडा कन्हैया झा र स्कुल अफ इन्जिनियरिङका डिन प्राडा मनीष पोखरेलले संयुक्त रूपमा निकालेको सूचनामा चैत २६ देखि २०७८ वैशाख मसान्तसम्म अनलाइन माध्यमबाट पढाइ हुने उल्लेख छ ।

कोभिड १९ को नयाँ संस्करण फेला पर्न थालेसँगै सरकारले भीडभाड हुने स्थानहरूमा आवश्यक मापदण्ड अपनाउन निर्देशन दिए पनि शैक्षिक संस्थाहरूको हकमा भने हाललाई अनलाइन कक्षा सञ्चालनमा ल्याउने निर्देशन दिइसकेको छैन ।

यद्यपि काठमाडौं विश्वविद्यालयको धुलिखेलस्थित स्कुल अफ साइन्स र स्कुल अफ इन्जिनियरिङमा भने अनलाइन कक्षा सञ्चालन हुने भएको छ । अर्थात त्यहाँ प्रत्यक्ष पठन पाठन कार्य रोकिएको छ ।

केयूले प्रत्यक्ष पठन पाठन किन रोक्यो त ? काठमाडौं विश्वविद्यालयका प्रवक्ता एकुमाया पुनका अनुसार केही विद्यार्थीमा कोरोना संक्रमण देखिएकोले सावधानी स्वरुप अनलाइन कक्षा सञ्चालन गर्न लागिएको हो ।

काठमाडौं विश्वविद्यालयका प्रवक्ता एकुमाया पुनका अनुसार केही विद्यार्थीमा कोरोना संक्रमण देखिएकोले सावधानी स्वरुप अनलाइन कक्षा सञ्चालन गर्न लागिएको हो ।

गत बर्षको लकडाउनको समयमा प्रायः सबैजसो शैक्षिक संस्थाले अनलाइन कक्षा सञ्चालन गरेका थिए । काठमाडौं विश्वविद्यालयको काठमाडौंस्थित केही कलेजहरूमा अझै पनि अनलाइन कक्षा सञ्चालनमै छन् । स्नातक तहमा भौतिक उपस्थितिमा कक्षा भएपनि स्नातकोत्तर तहमा भने अनलाइन कक्षा सञ्चालनमै रहेको काठमाडौं विश्वविद्यालयका प्रवक्ता पुनले जानकारी दिइन् ।

विद्यार्थीमा संक्रमण देखिएकै कारण विश्वविद्यालयले २५ जना भन्दा बढी भेला नहुने, भीडभाड नगर्ने र आवश्यक सावधानी अपनाउने सरकारी निर्देशनकै आधारमा अनलाइन कक्षा सञ्चालन गर्न लागेको प्रवक्ता पुनको दावी रहेको छ ।

के गर्दैछ त्रिविले ?

कोभिड १९ को दोस्रो लहरको त्राससँगै विद्यार्थी संक्रमित हुन थालेपछि शैक्षिक संस्थाहरु होसियार हुनुलाई अन्यथा मान्न सकिदैन । यद्यपी सबैभन्दा बढी विद्यार्थी सङ्ख्या भएको त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा भने अनलाइन कक्षाको सुरसार छैन । जबकि त्रिवि अन्तर्गतका कलेजहरूमा अत्याधिक विद्यार्थी पठन–पाठन गर्दछन् । त्रिविका आंगिक क्याम्पस ६१ वटा छन् भने करिब ११ सय क्याम्पसले सम्बन्धन प्राप्त गरेका छन् । केयूसंग सम्बद्ध १६ वटा क्याम्पस छन् ।

अनलाइन कक्षा सञ्चालन गर्ने सम्बन्धमा त्रिविका सूचना अधिकारी योगेन्द्र प्रसाद दाहाल भन्छन्, ‘यसबारेमा त्यस्तो निर्णय गरिहाल्ने स्थिति देखेका छैनौं ।’



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।