English

द्वन्द्वपीडित भन्छन्- राहत पायौं, न्याय पाएनौं



सशस्त्र द्वन्द्व कालमा खोटाङको जन्तेढुंगा गाउँपालिका-५ चिसापानीका देवबहादुर राई, कैलाश कार्की, थीरबहादुर कार्की र दिपक विष्टको हत्यामा संलग्न सुरक्षाकर्मीलाई कानुनी कारबाही नभएको पीडित परिवारले गुनासो गरेका छन् ।

चार जनालाई भवानी दल गुल्मबाट खटिएका संयुक्त सुरक्षा फौजले १५ भदौ २०६० मा घरबाट गिरफ्तार गरेर १७ भदौ २०६० मा सछितापोखरीको टुवाखोलाको जंगलमा पुर्‍याएर हत्या गरेको परिवारले बताउँदै आएका छन् ।

राष्ट्रिय मानव अधिकार आयोगले भवानी दल गुल्मका संयुक्त सुरक्षाफौजका कमाण्डर सुवास केसी र प्रहरी नायव निरीक्षक मनिष मल्लसमेतबाट घट्नामा संलग्न अन्य व्यक्तिको समेत नाम खुलाउन लगाएर बुझ्नुपर्ने प्रमाण बुझेर प्रचलित कानुन बमोजिम ज्यान मुद्दातर्फ कारबाही गर्न र मृतकका आश्रित परिवारको भरणपोषणका लागि आयोगको क्षतिपूर्ति निर्धारण नियमावली २०५७ को नियम १७ बमोजिम हकवालालाई जनही तीन लाखका दरले उपलब्ध गराउन २८ असार २०६६ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई सिफारिस गरेको थियो ।

कैलाश कार्की

आयोगको १२ भदौ २०६५ को निर्णय अनुसार दोषीमाथि कारबाही गर्न र मृतक परिवारलाई क्षपूर्ति उपलब्ध गराउन सरकारसमक्ष सिफारिस गरिएको भए पनि हालसम्म दोषीमाथि कारबाही नभएको राष्ट्रिय मानव अधिकार आयोग प्रदेश १ शाखा कार्यालय खोटाङका प्रमुख श्यामबाबु काफ्लेले बताए ।

निर्दोष व्यक्तिलाई गिरफ्तार गरेर हत्या गरेको भन्दै घटनाको निष्पक्ष छानबिनका लागि पीडितका पक्षबाट आयोगमा ९ पुस २०६० मा उजुरी परेको थियो । मृतक परिवारले शान्ति तथा पुनर्निर्माण मन्त्रालयबाट सुरुमा एक/एक लाख, दोस्रो र तेस्रोपल्ट दुई/दुई लाख र चौथो पटकमा पाँच/पाँच लाख द्वन्द्व पीडितले पाउने राहत प्राप्त गरेको श्यामसुन्दरले बताए ।

‘राहत पायौं, न्याय पाएनौं,’ उनले भने, ‘दोषी सुरक्षाकर्मीमाथि कारबाही पनि भएन । २०७० सालतिर सत्यनिरुपण तथा मेलमिलाप आयोगमा उजुरी पनि दिएका थियौँ ।’ मारिनेमा कैलाश र थीरबहादुर एकाघरमा दाजुभाइ हुन् ।

सशस्त्र द्वन्द्व कालमा खोटाङको जन्तेढुंगा गाउँपालिका-५ चिसापानीका देवबहादुर राई, कैलाश कार्की, थीरबहादुर कार्की र दिपक विष्टको हत्यामा संलग्न सुरक्षाकर्मीलाई कानुनी कारबाही नभएको पीडित परिवारले गुनासो गरेका छन् ।

कैलाश स्थानीय बालोद्धय आधारभुत विद्यालयका शिक्षक थिए । उनी केही समय तत्कालिन नेकपा माओवादीमा हिँडेको स्थानीय बताउँछन् । थीरबहादुर भने एसएलसी दिएर बसिरहेका थिए । माछा मार्न खोलामा पुगेका साकेला गाउँपालिका-२ रतन्छाका ७ स्थानीयलाई नियन्त्रणमा लिएर गोली हान्ने दोषी सुरक्षाकर्मीमाथि पनि हालसम्म कारबाही भएको छैन ।

दोर्पा, बाँझेच्यानडाँडा र निर्मलीडाँडाको सिमानामा पर्ने लब्से दोभानमा माछा मारिरहेको अवस्थामा १४ वैशाख २०५९ मा नेपाली सेनाको गोलीबाट ज्यान गुमाएका रतन्छा पिनालाखाका ४० वर्षीय रामकुमार राई, ४३ वर्षका हंशराज राई, ३७ वर्षका राजेन्द्र राई, ३० वर्षका गोविन्द राई, १३ वर्षका रोशन राई, ३९ वर्षका नबिनचन्द्र राई र २५ वर्षका मनकुमार राईका परिवार दोषीलाई कारबाही नहुँदा आक्रोशित छन् ।

आफन्त गुमाएपछि दोषीलाई कारबाही भएको खबर सुन्न पाउने आशामा दुई दशक वित्न लागेको मृतक रामकुमारकी श्रीमती सन्देशकुमारी राईले गुनासो गरिन् । मृतक परिवारको हातमा पटक–पटक गरी १०/१० लाखबाहेक न्यायको नाममा केही पर्न सकेको छैन । दोषी भनिएका सुरक्षाकर्मीलाई कारबाही नहुँदा पीडित परिवारले झन् पीडाको महसुस गरिरहेका छन् ।

थीरबहादुर कार्की

दुई सुरक्षाकर्मीलाई कैद
सुतिरहेकाबेला जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयका शिक्षक हरिकुमार भट्टराई, जन्तेढुंगा गाउँपालिका-५ चिसापानी वैरेनीटारका दुर्गाप्रसाद कोइराला र डाकमणी कोइरालालाई गिरफ्तार गरी २० मंसिर २०६० मा डम्बर्खुशिवालयको काभ्रे खोलामा हत्या गर्नमा संलग्न सैनिक हस्तबहादुर कुमाल र तेजबहादुर रोईलालाई भने सैनिक अदालतको फैसलाअनुसार दुई/दुई वर्ष कैद भएको आयोगको शाखा कार्यालय प्रमुख काफ्लेले बताए ।

कोइरालाद्वय भट्टराईको घरमा पाहुनाका रूपमा पुगेका थिए । ‘अन्य दोषी सुरक्षाकर्मीलाई कारबाही भएको आयोगलाई जानकारी छैन,’ काफ्लेले भने, ‘कारबाहीको जानकारी नभएसम्म हामीले कारबाही नभएकै मान्ने हो ।’

यो पनि…
पूर्वलडाकु शोभाको पीडा : पहिले जनयुद्धमा होमियो, अहिले सडकमा छाडिदिए

राजनीतिक दललाई पिरोलेका यी गीतहरू



सम्बन्धित खबरहरु

विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन्

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ

तमु ट्हो ह्युल हङकङले विविध सांस्कृतिक कार्यक्रमहरुका साथ महान चाँड ल्होछार मनाउने भएको छ । नयाँ वर्षको पहिलो दिन जनवरी