English

युक्रेन र रूसबीच मंगलबार टर्कीमा वार्ता हुने



युक्रेन र रूसबीच टर्कीमा वार्ता हुने भएको छ । भौतिक रूपमै दुई देशका अधिकारीहरूबीच मंगलबार वार्ता हुने भएको हो । टर्कीको राष्ट्रपति कार्यालयले दिएको जानकारीअनुसार राजधानी स्तानबुलमा वार्ता हुनेछ ।

आइतबार टर्किस राष्ट्रपति रिपेप तैयप एर्डोगान र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भएको टेलिफोन संवादमा स्तानबुलमा वार्ता गर्ने सहमति भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाए । स्तानबुलमा युक्रेन र रूसका वार्ता टोलीबीच हुने कुराकानीलाई महत्त्वका साथ हेरिएको छ ।

युद्ध अन्त्यका लागि आफूहरू तटस्थ हैसियतका सम्बन्धमा छलफल गर्न तयार रहेको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएको परिवेशमा वार्ता हुन लागेको हो । रूस र युक्रेनबीच यसअघि पनि वार्ता भएको थियो ।

यो पनि…
पुटिन रहन सक्दैनन् : बाइडेन

रूस-युक्रेन द्वन्द्व : यस्ता छन् पछिल्ला घटना



सम्बन्धित खबरहरु

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंग प्रा.लि. ले पन्च इभी नेपाली बजारमा सार्वजनिक गरेको छ । राजधानीको भृकुटी मण्डपमा

हरेक वर्ष अगष्ट १२ तारिखलाई विश्व हात्ती दिवसका रुपमा मनाईन्छ । सन् २०१२ देखि यो दिवस मनाउन थालिएको हो ।

मानिस र समुदायको सुरक्षा गर्दै यसैलाई केन्द्रमा राखेर संरक्षणको काम गर्नु संस्थाको मुख्य प्राथमिकता रहेको डब्लुडब्लुएफ नेपालका कन्ट्री रिप्रिजेन्टेटिभ घनश्याम

Latest










Popular
Suggested