English

अबको केही दिन मेघगर्जन र चट्याङसहित वर्षा



पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण अबको केही दिन देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ । केही स्थानमा मेघगर्जन तथा चट्याङसहित सामान्य वर्षा हुने छ ।

केही दिन देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागमा सामान्य वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज राति प्रदेश नं १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । प्रदेश १ को पहाडी भूभागका केही स्थानमा सामान्य वर्षाको सम्भावना रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १५ दशमलव पाँच डिग्री तथा अधिकतम तापक्रम २९ दशमलव शून्य डिग्री सेल्सियस छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम आठ दशमलव सात डिग्री र सबैभन्दा बढी र नेपालगञ्जको अधिकतम तापक्रम ३४ दशमलव ६ डिग्री सेल्सियस रहेको छ ।

यो पनि…
पहाडी भू-भागको मौसम सामान्य बदली
आज कहाँ-कहाँ हुन्छ भारी वर्षा ? पहाडी भेगमा हिमपातको सम्भावना



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।

विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन्

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार