English

धर्मको आडमा नहोस् बालविवाह



कानुनले अपराध माने पनि समाजले अझै छाडिनसकेको गलत प्रथा बालविवाह अन्त्यका लागि धार्मिक अगुवाहरूको भूमिका कस्तो हुन सक्ला ? कुनै पनि धार्मिक ग्रन्थ वा दर्शनले बालविवाहलाई प्रोत्साहन वा मान्यता नदिएकाले धर्मसमेतका आडका नाममा भइरहेको सामाजिक विकृति बालविवाहको क्रम रोकाउन धार्मिक अगुवाहरू किन अग्रसर नहुने ?

समाजलाई प्रभावित पार्न सक्नेमध्येमा पर्ने धार्मिक समुदायले धर्मका सकारात्मक सन्देशलाई प्रवाह गरी गलत सामाजिक व्यवहार र अभ्यासलाई अन्त्य गराउन उत्प्रेरकको भूमिका खेलेर अवश्य पनि बालअधिकारको रक्षा गर्न सक्छन् ।

हिन्दू धर्मग्रन्थमा मानिस जन्मेपछि २५ वर्षसम्म ब्रह्माचार्य रहनुपर्ने र विवाह गरिँदा ‘स्वयंवर’ गर्नुपर्ने व्यवस्थाले सम्बन्धित बेहुलाबेहुली आफैंले जानीबुझेर ‘स्वयंवर’ गरिनुपर्ने सन्देश दिएको छ । बौद्ध धर्मले मानिसले परिपक्व उमेर पुगेपछि मात्रै विवाह गर्न भनेको छ ।

इस्लाम धर्ममा केटाकेटी दुवै वयस्क भएपछि विवाह गर्न अनुमति दिइएको छ भने जैन धर्मले विवाहका लागि पुरुष ७२ र युवतीहरू ६४ कलाले निपूर्ण हुनुपर्ने उल्लेख गरेको छ । बालविवाह अन्त्यका लागि भएका विभिन्न सरकारी र गैरसरकारी क्षेत्रका प्रयास र सञ्चारमाध्यममा स्थानका बीच पछिल्लो समयमा बालविवाहको सङ्ख्या घटे पनि पूर्णतः मुक्त हुन सकेको छैन । यस स्थितिमा बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले प्लान नेपालको सहकार्य र राष्ट्रिय अन्तरधार्मिक सञ्जाल, नेपालको समन्वयमा धार्मिक अगुवालाई अगाडि सारेर अभियान शुरु गरेको छ ।

अभियानका क्रममा धार्मिक अगुवाहरूले सामूहिकरूपमा बालविवाह नगर्न, नगराउन आह्वानसहित यसबारे जनचेतना विस्तार गर्न प्रतिबद्धता जनाएका छन् । सन् २०१९ को गरिएको राष्ट्रिय बहुसूचक क्षेत्र सर्वेक्षणको तथ्याङ्कअनुसार १५ देखि १९ वर्ष उमेर समूहका १९ प्रतिशत बालबालिकाले बालविवाह गर्ने गरेका छन् ।

स्वास्थ्य सेवा विभागको आर्थिक वर्ष २०७६/७७ को प्रतिवेदनअनुसार १५ देखि १९ वर्ष उमेर समूहका १७ प्रतिशत किशोरीहरू आमा वा गर्भवती भएका छन् । सोही प्रतिवेदनले सुरक्षित गर्भपतन गराउनेमध्ये प्रति १० जनामा एकजना किशोरीहरू हुने जनाएको छ । उक्त आर्थिक वर्षमा ८ हजार ४ सय ७२ किशोरीले गर्भपतन गराएका छन् ।

नेपालको संविधानको धारा, ३९ मा बाल अधिकार रक्षाको व्यवस्था गरिएको छ भने मुलुकी अपराध संहिता, २०७४ को दफा ११ ले २० वर्ष नपुगी गरिने विवाहलाई बालविवाहलाई मानेर कसुरजन्य कार्य भनेको छ ।

बालबालिकासम्बन्धी ऐन, २०७५ को दफा ६६ (२) मा बालविवाह गर्ने-गराउनेलाई रु ७५ हजार जरिवाना र तीन वर्षसम्म कैदको व्यवस्था गरिएको छ । बालबालिका भन्नाले १८ वर्षसम्मका नागरिकलाई बुझिने भएकाले विवाह गर्ने उमेर २० को साटो १८ वर्ष पुगेपछि मान्य हुनेगरी कानुन संशोधन हुनुपर्ने बहस पनि चलिरहेको छ ।

पूर्वीय दर्शनका आचार्य डिल्लीराम गौतमले वैदिक धर्मशास्त्रमा गृहस्थ जीवनको भार बहन गर्ने सक्ने भएपछि मात्रै विवाह गर्नु भनिएको बताउँदै २० वर्षभन्दा कम उमेरहमा पनि विवाह गर्न सकिने मनुस्मृतिका कतिपय श्लोकहरूलाई समाजले व्यवहार र अनुभवका आधारमा परिमार्जन हुँदै गएको जनाए ।

इसाई धर्मका पाश्चर इशुजङ्ग कार्कीले बाइबलमा उमेर, शिक्षा र आर्थिक स्वावलम्बनको स्थितिमा पुगेपछि ‘आदरणीय र पवित्र’ विवाह गरिनुपर्ने धारणा राखे । यस्तै, इस्लामिक महासङ्घका महासचिव मौलाना अब्दुल कालम मियाँ कतिपय मुलुकमा अभिभावकको सहमतिमा कम उमेरमा पनि विवाह गर्न मिल्ने व्यवस्था रहे पनि नेपालको सामाजिक स्थितिबमोजिम २० वर्ष उमेर भएपछि मात्रै विवाह गर्न मिल्ने व्यवस्था आएकाले त्यसको लागू हुनुपर्नेमा जोड दिए ।

अखिल भिक्षु महासङ्घका उपाध्यक्ष भिक्षु धर्ममूर्तिले बुद्ध धर्मग्रन्थमा बालविवाह गर्न हुने वा नहुने भन्नेमा स्पष्ट उल्लेख नभए पनि विवाहका लागि केटाकेटी र अभिभावकले निर्वाह दायित्व उल्लेख हुनुले विवाहलाई सार्थक र सफल बनाउने गरी लाग्नुपर्नेमा जोड रहेको टिप्पणी गरे ।

बाल अधिकारकर्मी तारक धितालले कुनै पनि धर्म ग्रन्थमा बालविवाहलाई मान्यता नदिइएकाले धर्मका आडमा हुने बालविवाह कानुनतः पनि दण्डनीय भएकाले यसबारे व्यापक अभियान सञ्चालन गर्नुपर्ने स्थितिमा धार्मिक अगुवाहरूको सामूहिक प्रतिबद्धता आउनु समसामयिक भएको बताए ।

यो पनि…
कानूनी व्यवस्थाबारे थाहा नहुँदा रोकिएन बालबिवाह
किशोरावस्थामै आमा, पाठेघर खस्ने समस्याबाट पीडित



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।