English

टी-२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालको विजयी शुरूवात



नेपाल, पपुवा न्युगिनी (पीएनजी) र मलेसियाबीच त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालको विजय भएको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय मैदानमा नेपालले पीएनजीलाई १५ रनले पराजित गरेको हो।

नेपालले दिएको १८४ रनको लक्ष्य पछ्याएको पिएनजी चार बल खेल्न बाँकी छँदा १६८ रनमा अलआउट भयो।

अन्तिम ओभरमा पिएनजीलाई १७ रन चाहिएको थियो भने उसको एक विकेट बाँकी थियो। जसमा नेपालले दोस्रो बलमा रनआउटमार्फत पिएनजीको अन्तिम विकेट लियो।

पीएनजीका लागि नोर्मान भानुआले अर्धशतक प्रहार गरे । ५२ रन बनाएर खेलिरहँदा उनी १९औं ओभरको पाँचौं बलमा करण केसीले एलबिडब्लूको धरापमा पारेका थिए। छैटौं बलमा सिमोन अताइ शून्यमा आउट भएपछि नेपाल सहज स्थितिमा पुगेको थियो।

चार्ल्स अमिनीलाई अबिनास बोहराले २२ रनमा बोल्ड गरे। सेसे बाउ पनि ३० रन बनाएर खेलिरहदा नेपालका कप्तान सन्दीप लामिछानेको एलबिडब्लूको धरापमा परे। रिले हेकुरे ३ रन र जासन किला शून्यमा आउट भए।

बलिङमा नेपालका करण केसीले ३ विकेट लिए। उनले ४ ओभरमा ४४ दिएका थिए। कप्तान सन्दीप लामिछानेले पनि ३ विकेट हात पारे। उनले ४ ओभरमा २२ रन खर्चिए। अबिनास बोहराले २ विकेट लिए उनले ४ ओभरमा २९ रन दिए। सोमपाल कामीले १ विकेट लिए।

त्यसअघि पिएनजीले टस जितेर बलिङ रोजेपछि पहिले ब्याटिङको निम्तो पाएको नेपालले ९ विकेटको क्षतिमा १८३ रन जोड्यो।

नेपालका लागि ओपनिङ ब्याट्सम्यान आसिफ शेखले ४३ रन जोडे। उनले ३५ बलमा ५ चौका र १ छक्का प्रहार गरे। त्यसअघि ओपनर कुशल भुर्तेल २० रनमा रनआउटको सिकार बनेका थिए। उनले ११ बलमा ३ चौका र १ छक्का प्रहार गरे।

रोहितकुमार पौडेलले २६ बलमा ३४ रन जोडे। उनले २ चौका र १ छक्का प्रहार गरे। दीपेन्द्रसिंह ऐरी ४ रन, कुशल मल्ल ११ रन र लोकेश बम ५ रन मा आउट भए।

अन्तिम ओभरमा आरिफ शेख २२ बलमा ३१ रन जोडेर आउट भए। बलिङमा पिएनजीका अलेइ नाओ, चाड सोपर र चार्ल्स अमिनीले २-२ विकेट लिए। सिरिजमा भोलि मलेसिया र पपुव न्युगिनीबीच खेल हुनेछ।

यो पनि
नेपालले दियो १८४ रनको लक्ष
पिएनजीविरूद्ध दीपेन्द्रको अर्धशतक




सम्बन्धित खबरहरु

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ

तमु ट्हो ह्युल हङकङले विविध सांस्कृतिक कार्यक्रमहरुका साथ महान चाँड ल्होछार मनाउने भएको छ । नयाँ वर्षको पहिलो दिन जनवरी

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन