English

आँखा नभएर के भो ? आत्मविश्वास त छ नि !



बर्दिबास-२ का गणेश श्रेष्ठ २०७३ सालमा वैदेशिक रोजगारमा जाँदा एकदमै तन्दुरुस्त थिए । २०६४ सालमा विवाह गरेका श्रेष्ठ परिवारकै सल्लाहमा पैसा कमाउने उद्देश्यले कतार हानिँदा निकै उत्साहित भए ।

भनेजस्तो काम नभए पनि सन्तोषजनक तलब पाएसँगै श्रेष्ठ र श्रेष्ठको परिवारको खुसी थामिनसक्नुको थियो । तर, त्यो खुसी धेरै दिन टिक्न पाएन ।

एकदिन श्रेष्ठ र उनकाे साथीको विवाद हुँदा दुई पक्षबीच ठूलो झगडा भयो । मुक्का हानाहान मात्र भएन उनकाे साथीले श्रेष्ठलाई टाउकोमा चिर्पटले हान्दा अगाडि आँखाको रेटिना नै गुम्न पुग्यो । काम गरेर रिवारलाई खुसी दिने उद्देश्यले प्रदेशमा संघर्ष गर्न पुगेका श्रेष्ठको संघर्ष त्यसपछि झन् कहालीलाग्दो बन्यो ।

दुवै आँखा गुमाएर श्रेष्ठ करिब डेढ वर्षपछि स्वदेश फर्किए । उनकाे अवस्था देखेपछि छोराको भरोसामा बाँचिरहेका बुबाआमा, श्रीमती निकै भावविह्वल बने । कठिन संघर्षले श्रेष्ठलाई जब सफलताको बाटोमा डोर्‍याउँदै लग्यो, तब उनले म आँखा देख्दिनँ भन्ने बिर्संदै गए ।

श्रेष्ठले जब मैनबत्ती, मुढा, साबुन बनाउने, फिनेल, ह्यारपिक र अगरबत्ती बनाउने तालिम लिए तब आत्मविश्वास यसरी सञ्चार भयो कि उनी आफैँ उत्साहित बने ।

श्रेष्ठले आफूजस्तै दुर्घटना वा जन्मजात आँखा गुमाएकाहरूको सूची तयार गर्दै गए । महोत्तरीमा मात्र पाँच सय जनाभन्दा बढी दृष्टिविहीनहरूलाई प्रत्यक्ष भेटेर आफ्ना अनुभव सुनाए ।

नेत्रहीन संघ महोत्तरीको गठन भएपछि श्रेष्ठलाई दृष्टिविहीनहरूसँग थप काउन्सिलिङ गर्न सहयोग मिल्यो । अहिले संघमा ३५० भन्दा बढी दृष्टिविहीन जोडिएका छन् । श्रेष्ठ अहिले उक्त संस्थाका संयोजक समेत छन् । जिल्लाका धेरैजसो दृष्टिविहीनहरू स्वरोजगार बनेका छन् भने कतिपयले लोकसेवा आयोगबाट सरकारी सेवामा प्रवेश गरेका छन् ।

लोकसेवा आयोगबाट पास गरेर अहिले जिल्लाका करिब १० जना दृष्टिविहीनहरू सरकारी सेवामा कार्यरत छन् भने सयौँ जना मैनबत्ती, अगरबत्ती, साबुन बनाएर स्वरोजगार बनिरहेका छन् ।

श्रेष्ठ आफैँ पनि दिनभरि बजार चहार्छन् र आफैँले बनाएको अगरबत्ती, मैनबत्ती, साबुन बोकेर बेच्ने गर्दछन् । यसैबाट श्रेष्ठलाई आर्थिक उपार्जन गरेर परिवारको आर्थिक समस्या टारिरहेका छन् । एक मात्र रहेका छाेरालाई शिक्षा दीक्षा दिइरहेका छन् ।

अहिले उनकै पहलमा नेत्रहीनहरूका लागि भवन निर्माण कार्य अगाडि बढेको छ । बर्दिबास नगरपालिकाले भवन निर्माणका लागि १५ लाख रुपैयाँ दिएको छ,’ श्रेष्ठले भने । श्रेष्ठको सारथी वीरेन्द्र महतो बनेका छन् । उनी पनि दृष्टिविहीन हुन् । तर, शिक्षक सेवा आयोगबाट नाम निकालेर जिल्लाको रामगोपालपुर नगरपालिकामा उनी शिक्षण पेसामा छन् ।

यो पनि…
मौसमी र बेमौसमी खेतीले थारू महिलामा खुसी भर्दै
धानको समर्थन मूल्य पाएपछि किसा
न दंग



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।