English

ओस्कारको मञ्चमा झगडा, उपाधि विजेताले नै कार्यक्रम प्रस्तोतालाई हाने मुक्का



ओस्कार २०२२ मा चर्चित अभिनेताको उपाधि पाएका विल स्मिथले कार्यक्रम प्रस्तोता क्रिस रकलाई मुक्का हानेका छन् ।

जानकारीका अनुसार कार्यक्रम प्रस्तोता क्रिस रकले विल स्मिथकी श्रीमतीको कपालबारे टिप्पणी गरेका थिए जसकारण विल स्मिथ असाध्यै रिसाए । उनी मञ्चमा गए र क्रिसलाई जोडदार तरिकाले मुक्का हाने ।

क्रिसलाई विलले किन हाने ?

क्रिस रकले फिल्म जी.आई.जेनको विषयमा विल स्मिथकी श्रीमती जेडा पिंकेट स्मिथको मजाक उडाएका थिए । उनले जेडाको तालुपनामाथि कमेन्ट गर्दै भनेका थिए, ‘जी.आई. जेन टुको प्रतीक्षा जेडाले गर्न सक्दिनन् किनभने फिल्ममा मुख्य नायिकाको लुक ‘बाल्ड’ थियो ।’

श्रीमतीको यसरी मजाक उडाएको विललाई मन परेन र उनले कार्यक्रम भइरहेकै बेला स्टेजमा गएर क्रिसलाई मुक्का हानेर आफ्नो रिस व्यक्त गरे ।

ट्विटरमा प्रयोगकर्ता चकित

विलको यस्तो व्यवहारले सबैजना चकित परे । क्रिस रक मुक्का खाएको केही बेरसम्म चुप लागे । विलले उनलाई भने, ‘मेरी श्रीमतीको नाम तिम्रो मुखबाट आइन्दा ननिकाल ।’ क्रिसले जवाफ दिए, ‘यस्तो गर्नेछैन ।’

ओस्कर सन् २०२२ मा समावेश व्यक्तित्वका साथै कार्यक्रमलाई टिभीमा हेर्नेहरु पनि जिल खाए । केही मिनेटमै विल स्मिथ र क्रिस रक ट्विटरमा ट्रेन्ड हुन थाले । यी दुईबारे अत्यधिक चर्चा पनि भइरहेका छन् ।

यो पनि…
सलमान खानलाई मन्त्री आलेले के भने ?

किन चर्चामा छ ‘दि कश्मिर फाइल्स’
हलिउड अभिनेता सिल्भियो नेपाल आउँदै



सम्बन्धित खबरहरु

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार २ ’ सार्वजनिक गरिएको छ । गीतमा इन्द्र दाहालको शब्द

गुपचुप रूपमा निर्माण भई सम्पादन समेत पूरा गरेको नयाँ फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले