English

…त्यसपछि उनी आमालाई मारेर मस्त सुते



झमक्क साँझ परिसकेको थियो । चरिमाया बलामी घर आइनन् । करिब दुई किलोमिटर दूरीमा रहेको गोठमा गएकी थिइन् । अरुबेला छिट्टै आउँथिइन् । तर, २८ फागुनमा आइनन् । उनको घर नुवाकोटको ककनी नगरपालिका–१, नयाँबस्ती हो ।

पर्खिँदा पनि आमा नआएपछि श्रीराम बलामी आत्तिए । उनी चरिमायाका छोरा हुन् । चरिमायाका कान्छा छोरा चाहिँ भीमबहादुर बलामी हुन् । उनी पनि घरमा देखिएनन् ।

रात छिप्पिँदै गयो । न घरमा आमा आउँछिन् न भीमबहादुर नै ।

अघिल्लो दिन २७ फागुनमा भीमबहादुरसँग श्रीरामको झगडा पनि परेको थियो । कुटाकुट हुँदा भीमबहादुरको अनुहारमा चोट लागेको थियो ।

२८ गते बिहानैदेखि उनी घरमा थिइन् । तर, साँझ गोठ गएकी आमा नआएपछि श्रीरामले प्रशान्त बलामीकहाँ पुगे र भने ‘यति राति भइसक्यो । आमा आउनुभएन र खोज्न जाऔँ ।’

कतै लडिन् कि भनेर उनीहरू सीधै गोठतिर खोज्न गए । गोठ सिमेन्ट र इँटाले बनेको दुई तले छ । माथिल्लो तलामा एउटा खाट छ । श्रीराम र प्रशान्तले त्यही खाटमा सुतिरहेका देखे–भीमबहादुरलाई । जो श्रीरामसँगै अघिल्लो रात झगडापछि घरमा थिएनन् । र, श्रीरामले सोधे, ‘आमा देखिस् ?’

भीमबहादुरले जवाफ दिए, ‘मलाई थाहा छैन । मलाई मेरो घरको कोही पनि चाहिँदैन ।’

भीमबहादुरको जवाफले श्रीरामको मनमा चिसो पस्यो । झरे गोठको तल्लो तलामा । त्यहाँ अस्वाभाविक घाँस, पराल र पत्करको थुप्रो देखे ।

राम्ररी हेर्दा त खुट्टा पो देखे । पत्कर पन्छाएर हेर्दा आमा चरिमाया देखिइन्, मृत अवस्थामा । श्रीरामका अनुसार त्यसबेला आमाको टाउको, नाक र कानदेखि रगत बगिरहेको थियो ।

लगत्तै प्रहरी चौकी ओखरपौवा र प्रहरी चौकी ककनीमा खबर गरे । दुवै प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल आइपुगे । र, भीमबहादुरलाई नियन्त्रणमा लिए । शवको प्रकृति मुचुल्का तयार गरे । परीक्षण गर्न शव सदरमुकाम विदुर ल्याए ।

परीक्षण प्रतिवेदनले टाउकोमा गम्भीर चोट पर्दा मृत्यु हुन पुगेको उल्लेख गर्‍यो । अर्कोतिर, भीमबहादुरले घटनाको संलग्नता स्वीकारेका थिए ।

जिल्ला सरकारी वकिल कार्यालय नुवाकोटले प्रहरीले अनुसन्धानपछि तयार गरेको प्रतिवेदनअनुसार आइतबार जिल्ला अदालतमा उनीविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दामा अभियोजन गरेको छ ।

खान मन लागे पकाएर खा, मन नलागे नखा, तँ मेरो घरमा बस्नुपर्दैन । घरबाट निस्केर जा ।

वकिल कार्यालयले तयार गरेको अभियोग पत्रमा उल्लेखित भीमबहादुरको बयानअनुसार २८ फागुनको राति ८/९ बजेतिर आमा चरिमाया गोठमा गाई-भैंसीलाई घाँस काट्न आएको देखे ।

आमालाई भने, ‘मलाई भोक लाग्यो । २/३ दिन भइसक्यो खाना नखा’को ।

भीमबहादुर खाली झगडा गर्ने र कहिलेकाहीँ पैसा माग्दा नदिए कुटपिट पनि गर्ने हुनाले आमा चरिमायाले भनिन्, ‘खान मन लागे पकाएर खा, मन नलागे नखा, तँ मेरो घरमा बस्नुपर्दैन । घरबाट निस्केर जा ।’

यसपछि सम्झाइबुझाइ गर्दा झन गाली गरेको र झापड पनि हानेकीले कोदालो टिपेर टाउको र अनुहारमा हानेर आमा चरिमायालाई हत्या गरेको बयान भीमबहादुरको छ ।

प्रहरीका अनुसार अनुसन्धानको क्रममा भीमबहादुर जहिल्यै मातेर आमा चरिमायालाई पैसा माग्ने गरेको खुलेको छ ।

यो पनि…
मिर्गौला झिक्नका लागि जब होटलमा राखियो…
बेमौसमी पहिरोले त्रसित बस्ती



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।