English

‘ठगराज’ को गीतमा क-कसको स्वर ?



चलचित्र ‘ठगराज’ को पहिलो गीत रेकर्डिङ गरिएको छ । चलचित्र पत्रकार तथा लेखक, निर्देशक लक्ष्मण सुवेदीको लेखन, निर्माण तथा निर्देशनमा बन्न लागेको चलचित्रको गीतमा दीपक शर्माको संगीत रहेको छ ।

‘माया बसेको रैछ’ बोलको गीतको शब्द सुवेदीले नै लेखेका हुन् । गीतको एरेन्ज शिवराम रसाइलीले गरेका हुन् । माया प्रेमको गीतमा प्रताप र दीपाको स्वर रहेको छ ।

गोल्डेन स्टेट मूभि मेकर्स एलएलसी क्यालिफोर्नियासँगको सहकार्यमा दिलासा क्रिएसनको ब्यानरमा निर्माण हुने चलचित्र जेठमा छायाँकन गर्ने तयारी रहेको छ ।

सामाजिक कथावस्तुमा निर्माण हुने चलचित्रको कलाकार तथा प्राविधिक टिम छनोट कार्य भइरहेको निर्देशक सुवेदीले बताए ।

सुवेदीले सामाजिक कथा, जीवनको यथार्थसँग नजिकसँगै कमेडी, लभ र सेन्टिमेन्टको संयोजन चलचित्रमा हुने दाबी गरे । चलचित्रको वितरण आरआर फिल्मसले गर्नेछ ।

यो पनि…
‘कलाकारिताले समाजमा पारेको प्रभावलाई सम्मान गर्नुपर्छ’– बिनिता बुद्धाचार्य (भिडियाे पनि)



सम्बन्धित खबरहरु

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार २ ’ सार्वजनिक गरिएको छ । गीतमा इन्द्र दाहालको शब्द

गुपचुप रूपमा निर्माण भई सम्पादन समेत पूरा गरेको नयाँ फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले