English

टाइफाइडको उपचार समय मै नगरे के हुन्छ ?



टाइफाइड ज्वरो साल्मोनेला टाइफी ब्याक्टेरियाको कारणले हुन्छ । टाइफाइडले मुख्यतया उच्च ज्वरो निम्त्याउँछ । दूषित पानी तथा दूषित खानाको सेवनबाट टाइफाइडको ब्याक्टेरिया शरीरमा प्रवेश गर्छ, जसले टाइफाइड निम्त्याउँछ ।

साल्मोनेला टाइफी पेटमा प्रवेश गरेपछि, यो आन्द्रामा एकदेखि तीन हप्ताबाट यस्को लक्षण देखि थाल्छ । यहाँबाट यो शरीरका धेरै अङ्गहरूमा पनि जान्छ र रोग प्रतिरोधात्मक क्षमतालाई पनि असर गर्न थाल्छ । त्यसैले, समयमै टाइफाइडको उपचार गर्नु धेरै महत्त्वपूर्ण हुन्छ ।

लक्षण
लगातार ज्वरो आउनु, बान्ता हुनु, पेट दुख्नु, थकान तथा टाउको दुखाइ, डायरिया तथा कब्जियतको समस्या र कमजोर महसुस हुनु आदि टाइफाइडको लक्षण हुन् ।

ध्यान दिनुपर्ने कुरा
पानीलाई राम्ररी उमालेर, सफा र शुद्ध पानी मात्र पिउने गर्नुपर्छ । ज्वरो आएमा औषधि खाँदा छिटो पसिना आउँछ । पानीले शरीरलाई हाइड्रेटेड राख्न सहयोग गर्छ । पानी र झोलिलो पदार्थको सेवनले शरीरलाई ऊर्जा दिन्छ ।

यस्तै शौचालय गएपछि र खाना खानुअघि साबुन पानीले राम्ररी मिचीमिची हात धुने गर्नुुपर्छ । पानीको स्रोत र घर वरपरको सरसफाइमा विशेष ध्यान दिने । टाइफाइडग्रस्त मानिससँग संसर्ग गर्नु हुँदैन ।

जतिसक्दो ताजा र पौष्टिक आहारा खानुपर्छ । धेरै चिल्लो र मसलादार खानेकुरा नखानुहोस् । टाइफाइडको कारण पाचन प्रणाली पनि प्रभावित भई पेटको शक्ति कमजोर हुन्छ . यसले धेरै तेल र मसला भएको चीजको सेवनले पाचन शक्तिमा असर पर्छ ।

यो पनि…
जीवन मन्त्र : आफ्नो कमाइको केही अंशले अरूलाई मद्दत गर्नुहोस्
बिहानको यी बानीले दिनभर ताजा राख्छ



सम्बन्धित खबरहरु

वैशाख २९ गते बौद्ध पिपलबोट हुँदै चाबहिलको चुच्चेपाटीसम्म पौराणिक बुद्ध मूर्तिसहित ¥याली निकालिने श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठीले जनाएको

नेपालमा नै पहिलो पटक रिभर ट्यूबिङ्ग सुरु गरिएको छ । काभ्रेको सुनकोशी नदीको दोलालघाटदेखि पचुवारघाट्सम्म विस्तार गरिएको यो सेवा साहसिक

चर्चित गायिका शान्ती श्री परियार विक्रमवाबु विश्वकर्मा र विवेक खत्रीको आवाजमा वनको तरुल गीत सार्वजनिक भएको छ ।। मौलिकता हराउँदै

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

Latest










Popular
Suggested