English

पुटिन रहन सक्दैनन् : बाइडेन



अमेरिकी राष्ट्रपति जो बाइडेनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिन ‘सत्तामा रहन नसक्ने’ बताएका छन् ।

युरोप भ्रमणमा रहेका बाइडेनले पोल्यान्डको राजधानी वार्साको एक कार्यक्रममा मन्तव्य राख्दै ‘ईश्वरका लागि पुटिन सत्तामा रहन सक्दैनन्’ भनेका हुन् ।

बीबीसीका अनुसार उनको भनाइमाथि क्रेमलिनले आलोचनात्मक प्रतिक्रिया जनाएको छ । क्रेमलिनले भनेको छ, ‘रूसको राष्ट्रपति रूसीहरूले छनोट गरेकाले पुटिन सत्तामा रहने वा नरहने निर्णय बाइडेनले गर्ने होइन ।’

लगत्तै ह्वाइट हाउसले बाइडेनको भनाइले शासन परिवर्तनको लागि आह्वान नगरेको बताउँदै स्पष्टीकरण दिएको छ । ‘राष्ट्रपतिले पुटिनलाई छिमेकी मुलुक वा कुनै पनि क्षेत्रमाथि शक्ति प्रयोग गर्न दिन नसक्ने बताएका हुन्’ एक अधिकारीले भने ।

रूसले युक्रेनविरुद्ध आक्रमण गरेको सन्दर्भमा यी भनाइहरू आएका हुन् । एक महिनाअघि सुरु भएको आक्रमण अझै जारी छ ।
यो पनि…
रूस-युक्रेन द्वन्द्व : यस्ता छन् पछिल्ला घटना



सम्बन्धित खबरहरु

राइनोज उपनामले चिनिने नेपाल राष्ट्रिय क्रिकेट टोलीले आज अगस्ट १५, शुक्रबार दिउँसो २:१५ बजे एनटी स्ट्राइकसँग खेल्दैछ। यो खेल डार्विनमा

भारतमा भएको एमएफएन म्याट्रिक्स फाइट नाइट १७ को उपाधी नेपालका रवीन्द्र ढाटले भारतीय फाइटर चुंगरेंग कोरेनलाई पराजित गर्दै बान्टमवेट च्याम्पियनसिप

नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को ‘डिजिटल फ्यान इन्गेजमेन्ट अवार्ड’जितेको छ। क्रिकेटका अत्यधिक दर्शक रहेको नेपाल आईसीसीले नेपाली क्रिकेटको डिजिटल

मार्च ४, २०२५ मा विश्व बजारमा लन्च गरिएको नथिङ फोन थ्रि ए सेरिज अन्तर्गतको नथिङ फोन थ्रि ए नेपाली बजारमा

Latest










Popular
Suggested