English

किसानका लागि छुट्याइएको स्टल सुनसान, के भन्छ बजार विकास समिति ?



किसानले उत्पादन गरेको तरकारी आफै बेच्न पाउने भनेर ल्याइएको ‘होल्डिङ /अक्सन यार्ड’ योजनामा किसानको न्यून सहभागिता देखिएको छ ।

किसानको लागि ल्याइएको योजनामा साँझ ७ बजेदेखि विहानको ४ बजेसम्म तरकारी बेच्ने समय तोकिएको छ । मेरोलाइफ स्टाइलको टिम मंगलबार साँझ ७ बजे कालिमाटी फलफूलले छुट्ट्याइएको स्थलमा अवलोकन गर्न पुगेको थियो । तर, किसानको उपस्थिति देखिएन । कालिमाटी तरकारी तथा फलफूल समितिका छुट्याइएको १२ वटा स्टल पुरै सुनसान थियो ।

कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिका वरिष्ठ अधिकृत मनोज धितालले योजनाबारे किसानले सूचना पाउन नसकेकाले र आन्तरिक उत्पादन घटेकाले किसानहरूको न्यून सहभागिता देखिएको बताए । उनले भने, ‘हामी यो योजना लिएर परीक्षणमै छौं, अहिलेसम्म ९ जना किसानहरू आफ्नो उत्पादन ल्याएर बिक्री गरिसकेका छन् । थप योजनाबारे कृषि ज्ञान केन्द्रमा जानकारी गराएका छौं ।’

विचौलिया विना किसानले सिधै तरकारी बेच्न पाउने यो योजनाबारे चितवन, धादिङ, मकवानपुरका कृषि ज्ञान केन्द्रलाई जानकारी गराइएको अधिकृत धितालले बताए । उनका अनुसार ९ जना सहभागी भएका किसान उपत्यकाका भक्तपुर र ललितपुरका रहेका छन् ।

बजार विकास समितिले किसानका लागि छुट्याएको स्टलमा किसानको नामका लागि मात्र रहेको बताउँछन् प्रत्यक्षदर्शी व्यापारी । कतिपय किसानहरू तरकारी ल्याएर स्टलमा तरकारी नराखी बाहिर नै बिक्री गरी फर्किने बताउँछन् उनीहरू ।

उनीहरूका अनुसार दिनभर थाकेका किसानलाई रातिको लागि छुट्याइएको समय उपर्युक्त नभएकाले सहभागिता न्यून भएको हो । यसका साथै किसानले आफूले उत्पादन गरेको तरकारी बेच्नका लागि कम्तीमा २ टन हुनैपर्ने भएकाले पनि किसानहरूको यसमा न्यून उपस्थिति रहेको उनीहरूको बुझाई छ । किनभने एक पटकमा दुई टन तरकारी उत्पादन गरेर बेच्ने हैसियत भएका किसानको संख्या काठमाडौंमा न्यून छ ।

समितिले गत साता ल्याएको यस योजनामा किसानले तरकारी कम्तिमा २ टन ल्याउनु पर्नेछ । प्रति टन २ सय रुपैयाँको दरले समितिलाई शुल्क तिर्नुपर्ने नियम तोकिएको छ । सो भन्दा बढी तरकारी ल्याएमा २० पैसाको प्रतिकिलोका दरले समितिलाई शुल्क बुझाउनु पर्नेछ । यसरी ल्याएको तरकारी थोकमै बेच्नु पर्नेछ ।

यो पनि पढ्नुहोस् ।

पाउलान् त किसानले तरकारीको सही मोल ?



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।