English

महाकालीमा ढुंगा निकाल्ने भारतीय जेसीबी नियन्त्रणमा



महाकाली नदीमा ढुंगा निकाल्दै नेपाली क्षेत्रमा पुगेको भारतीय जेसीबीको चाबी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । आइतबार दिउँसो दार्चुलाको महाकाली नगरपालिका वडा नम्बर १ कलोन क्षेत्रमा महाकाली नदीमा ढुंगा निकाल्दै, धार परिवर्तन गर्दै भारतीय जेसिबि नेपाली क्षेत्रमा पुगेपछि सशस्त्र प्रहरीले जेसिबिको चाबी नियन्त्रणमा लिएको हो ।

कलोन क्षेत्रमा भारतीय जेसिबि नेपाली क्षेत्रमा पुगेपछि सशस्त्र प्रहरी बल नेपाल ४४ नम्बर गण दार्चुलाबाट गस्तीमा गएको टोलीले जेसीबीको चाबी नियन्त्रणमा लिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए ।

नेपाली क्षेत्रमा प्रवेश गर्नका लागि भारतले कुनै अनुमति नलिएको उनको भनाइ छ । ‘नेपाली क्षेत्रको बाटो प्रयोग गरेर माथिल्लो क्षेत्र गइरहेको जस्तो देखियो । तर हाम्रो बाटो प्रयोग गर्नका लागि अनुमति लिनुपर्ने हुन्छ,’ प्रमुख जिल्ला अधिकारी उपाध्यायले भने ।

दार्चुला सदरमुकाम खलंगाको पारिपट्टी देखि कलोन क्षेत्रसम्म महाकाली नदी किनारमा भारतले तटबन्ध निर्माण गरिरहेको छ । महाकाली नदीको बहाव नेपालतर्फ फर्काउने गरी तटबन्ध निर्माण भइरहेको भन्दै स्थानीयले विरोध गरिरहेका छन् ।

चाबी नियन्त्रणमा लिएको भए पनि भारतीय जेसिबि फिर्ता भएको छ । दार्चुला सदरमुकाम खलंगाको पारिपट्टी देखि कलोन क्षेत्रसम्म महाकाली नदी किनारमा भारतले तटबन्ध निर्माण गरिरहेको छ । महाकाली नदीको बहाव नेपालतर्फ फर्काउने गरी तटबन्ध निर्माण भइरहेको भन्दै स्थानीयले विरोध गरिरहेका छन् ।

भारतले हाल आफ्नो पुरानो तटबन्धभन्दा करिब १० मिटर वर नयाँ तटबन्ध निर्माण गरिरहेको छ । महाकाली नदीको बहाव नेपालतर्फ धकेल्ने गरी काम भइहरेको भन्दै दार्चुलाबाट निर्वाचित संघीय सांसद एवं पूर्वमन्त्री गणेश सिंह ठगुन्नाले भारतीय तटबन्ध निर्माणको काम रोकिनुपर्ने बताएका छन् ।

भारतले निर्माण गरिरहेको तटबन्धको सन्दर्भमा हालै नेपाली स्थानीय प्रशासन र भारतीय स्थानीय प्रशासनबीच छलफल भएको छ । आफूले निर्माण गरिरहेको तटबन्धको डिजायन तथा संरचना बारे भारतले नेपाली पक्षलाई जानकारी गराएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए ।

भारतीय तटबन्धको डिजायनबारे माथिल्लो निकायलाई जानकारी गराइएको र तटबन्ध बारे विस्तृत अध्ययनका लागि विज्ञटोली पठाउन अनुरोध गरेको उनले बताए ।

नेपालले बनाइरहेको तटबन्धको काम ठप्प

दार्चुला सदरमुकाम नजिकैको क्षेत्र महाकाली नगरपालिका वडा नम्बर १ कलोनमा निर्माण भइरहेको तटबन्धको काम रोकिएको छ । काम सुचारु गर्न भन्दै स्थानीयले आइतबार जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण गराएका छन् ।

भारतले आफ्नो तटबन्ध बनाउँदा नेपाली क्षेत्रमा पुगी ढुंगा लगिरहेकाले वर्षायाममा नदीको धार नेपालतर्फ फर्किने जोखिम बढेको कलोनका स्थानीय सुरेन्द्रराज जोशीको भनाइ छ ।

भारतले आफ्नो तटबन्ध बनाउँदा नेपाली क्षेत्रमा पुगी ढुंगा लगिरहेकाले वर्षायाममा नदीको धार नेपालतर्फ फर्किने जोखिम बढेको कलोनका स्थानीय सुरेन्द्रराज जोशीको भनाई छ ।

कलोन क्षेत्रको महाकाली नदी किनारमा ग्याबिन जालीको तटबन्ध निर्माण गरिएको भए पनि गत वर्षादमा नदीले बगाएको छ ।

यो पनि…
तातोपानी र रसुवागढी नाकाबाट आयात अर्बौंको निर्यात शून्य
रसुवागढी नाकाबाट आयात बढाउन चीननेपाल सहमत



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।