English

आरआरआर व्यापार : ओपनिङमै रेकर्ड



शुक्रबारबाट मुलुकका एक सय ५० हलमा रिलिज भएको फिल्म ‘आरआरआर’ ले काठमाडौं र मोफसलमा पोखरा, नारायणगढ, बुटवल र नेपालगञ्जजस्ता ठूला सहरमा आक्रामक ओपनिङ गरेको छ ।

शनिबारको कलेक्सन पहिलो दिनको भन्दा उच्च छ । आइतबार पनि मुख्य मल्टिप्लेक्समा कलेक्सन स्थिर देखिएको छ ।

आइतबार बेलुकासम्म क्यूएफएक्ससहितका मुलुकका ठूला मल्टिप्लेक्समा आरआरआरको टिकट अग्रिम बिक्री भइसकेको छ । वितरण स्रोतका अनुसार नेपालमा रामचरण र जुनियर एनटीआर स्टारर फिल्मले दुई दिनमा झण्डै २ करोड ५० लाख रुपैयाँभन्दा बढी ग्रस कमाइ गरेको छ ।

आरआरआरको कलेक्सनलाई कोरोना महामारी सुरु भएयताकै सर्वाधिक ओपनिङ मान्न सकिन्छ । यसले एप्पल इन्टरटेनमेन्टको ‘स्पाइडरम्यान: नो वे होम’को ओपनिङलाई पनि उछिनेको छ । स्पाइडरम्यान मल्टिप्लेक्समा केन्द्रित थियो भने आरआरआर सिंगल स्क्रिनमा पनि आक्रामक छ ।



सम्बन्धित खबरहरु

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

विगत चार वर्षदेखि ‘कला संस्कृतिका सर्जकको सम्मान, हाम्रो एक अभियान’ भन्ने मूला नाराका साथ हुँदै आएको हिमालयन अन्तर्राष्ट्रिय अवार्डको पाँचौं

काठमाडौं । गायक प्रमोद खरेलको स्वरमा रहेको गीत ‘मायाको व्यापार २ ’ सार्वजनिक गरिएको छ । गीतमा इन्द्र दाहालको शब्द

गुपचुप रूपमा निर्माण भई सम्पादन समेत पूरा गरेको नयाँ फिल्म ‘हेल्लो काशिराम’ ले आफ्नो फस्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ

Latest










Popular
Suggested