English

चिनियाँ विदेशमन्त्रीलाई कुन नेताले के भने ? (फोटो फिचर)

चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी गत शुक्रबार नेपाल आए । कोरोना महामारीपछि चीनको विदेश भ्रमण पहिलो हो यो । उनी भारत भ्रमण गर्दै नेपाल आएका हुन् । तीनदिने नेपाल भ्रमणमा आएका उनले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको सांकेतिक चाबी हस्तान्तरणदेखि विभिन्न राजनीतिक दलका शीर्षनेताहरूसँग पनि भेट गरे । यस्तो रह्यो उनको भेटघाट कार्यक्रम ।

राष्ट्रपति भण्डारीसँग भयो शिष्टाचार भेट 

नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेका छन् । नेपाल भ्रमणको अन्तिम दिन आइतबार बिहान शितल निवास पुगी उनले राष्ट्रपतिसँग भेट गरेका हुन् । 

‘भेटवार्तामा राष्ट्रपतिज्यूले एक चीन नीतिप्रति नेपाल प्रतिबद्ध रहेको बताए,’ राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले भने, ‘उच्चस्तरीय भ्रमणले दुई देशबीचको सम्बन्ध थप मजबुत हुने समेत उहाँले बताउनुभयो ।’ 

राष्ट्रपति विद्यादेवी भण्डारीसँग उनको कार्यकक्ष शीतल निवासमा आइतबार शिष्टाचार भेट गर्दै नेपालको तीनदिने भ्रमणमा रहनुभएका चीनको राज्यपरिषद्का सदस्य एवम् विदेशमन्त्री वाङ यी ।

कोरोना महामारी नियन्त्रण गर्न चीनले गरेको सहयोगप्रति उनले विदेशमन्त्री वाङलाई धन्यवाद दिएकी थिइन् । नेपाल र चीनबीच रहेका सेता हिमाल र पहाडले दुई देशको सम्बन्धलाई नछेक्ने बरु जोड्ने काम गरेको उनले बताएकी थिइन् ।

 प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट

तीनदिने नेपाल भ्रमणमा रहेका विदेशमन्त्री वाङले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटार पुगी उनले प्रधानमन्त्री देउवासँग शिष्टाचार भेटवार्ता गरेका हुन् । 

४. प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थिति परराष्ट्रमन्त्री डा. नारायण खडकालाई शनिबार पोखरा विमानस्थलको साँचो हस्तान्तरण गर्दै चीनका राज्यपरिषद्का सदस्य एवं विदेशमन्त्री वाङ यी ।

भेटमा उनीहरुबीच नेपाल–चीन द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयमा छलफल भएको थियो । 

प्रधानमन्त्री शेरबहादुर देउवासँग शनिबार पोखरा विमानस्थलको साँचो हस्तान्तरणपछि चीनका राज्यपरिषद्का सदस्य एवं विदेशमन्त्री वाङ यी भेट हुँदै ।

भेटवार्ताकै क्रममा चिनियाँ विदेशमन्त्री वाङले चीनको सहयोगमा निर्मित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको भर्चुअल समापन गरेका थिए, जसको अवलोकन प्रधानमन्त्री देउवाले गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यसपछि उक्त विमानस्थल प्रधानमन्त्री देउवाको उपस्थितीमा चिनियाँ विदेशमन्त्रीले नेपाललाई हस्तान्तरण गरेका थिए ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग शनिबार बालुवाटारमा चीनका राज्यपरिषद्का सदस्य एवं विदेशमन्त्री वाङ यीबीच भेट हुँदै ।

नेपाल र चीनको विदेशमन्त्री स्तरीय बैठकमा नेपाल र चीनबीच विभिन्न ९ वटा समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर भएको थियो । त्यसपछि चिनियाँ विदेशमन्त्री वाङ प्रधानमन्त्रीलाई भेट्न बालुवाटार गएका थिए । 

अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेट

विदेशमन्त्री वाङ यीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि शिष्टाचार भेट गरेका छन् । स्वदेश फर्कनुअघि उनले नक्सालस्थित होटल मेरियटमा ओलीसँग भेटवार्ता गरेका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र चीनको राज्यपरिषद् सदस्य एवम् विदेशमन्त्री वाङ यी आइतबार शिष्टाचार भेटका क्रममा ।

भेटमा पछिल्लो समयमा खासगरी विआरआई (बेल्ट एण्ड रोड इनिसिएटिभ्स)सँग जोडिएर जुन आयोजनाहरु हामीले अघि बढाउन सहमति राखे । यस्तै, नेपालले फाइदा लिनसक्ने सडक, रेल, सिँचाइ, जलविद्युत उत्पादन, नाकाहरू निर्माण, स्वास्थ्य तथा शिक्षाका आयोजनाहरू छिटो अघि बढाउनुपर्ने तथा बन्द नाका खुलाउन आग्रह थियो ।

जवाफमा चिनियाँ विदेशमन्त्री वाङले सहमति छिटो कार्यान्वयन तर्फ लैजाने प्रतिवद्धता दोहोर्याएका थिए । उनले ठूलो र सानो राष्ट्रको सम्बन्ध कस्तो हुनुपर्छ भन्ने चीन र नेपालले देखाएको समेत बताए ।

प्रचण्डसँग विदेशमन्त्रीको भेटवार्ता

चिनियाँ विदेशमन्त्री वाङ यी र माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच पनि भेटवार्ता भएको छ । 

भेटमा बिआरआईसँग जोडिएका आयोजनाहरू अघि बढाउन र चीन र नेपाल दुवैले फाइदा लिनसक्ने सडक, रेल, सिँचाइ, जलविद्युत उत्पादन, नाकाहरू निर्माण, स्वास्थ्य तथा शिक्षाका आयोजनाहरू छिटो अघि बढाउनुपर्ने तथा बन्द नाका खुलाउन आग्रह गरेका थिए ।

उच्चस्तरीय राजनीतिक भेटवार्तापछि आइतबार नै चिनियाँ विदेशमन्त्री यी स्वदेश फर्कने कार्यक्रम छ । उनी अफगानिस्तान, भारत हुँदै नेपाल आएका थिए ।

चीनको राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ यी शुक्रबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अभिवादन गर्दै ।
चीनको राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ यीलाई शुक्रबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल, नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीलगायतले स्वागत गर्दै ।
प्रधानमन्त्री शेरबहादुर देउवासँग शनिबार बालुवाटारमा चीनका राज्यपरिषद्का सदस्य एवं विदेशमन्त्री वाङ यीबीच भेटकाक्रममा ।
प्रधानमन्त्री शेरबहादुर देउवासँग शनिबार बालुवाटारमा चीनका राज्यपरिषद्का सदस्य एवं विदेशमन्त्री वाङ यीबीच भेट हुँदै ।
परराष्ट्रमन्त्री डा नारायण खड्का र चीनको राज्यपरिषद्का सदस्य एवं विदेशमन्त्री वाङ यीको उपस्थितिमा शनिबार सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा द्विपक्षीय विकास निर्माणका सम्झौतामा हस्ताक्षरपछि आदानप्रदानका क्रममा नेपाल र चीनका प्रतिनिधि ।
९.परराष्ट्रमन्त्री डा नारायण खड्का र चीनको राज्यपरिषद्का सदस्य एवं विदेशमन्त्री वाङ यीको उपस्थितिमा शनिबार सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा द्विपक्षीय विकास निर्माणका सम्झौतामा हस्ताक्षरपछि आदानप्रदानका क्रममा नेपाल र चीनका प्रतिनिधि ।

परराष्ट्रमन्त्री डा नारायण खड्का र चीनको राज्यपरिषद्का सदस्य एवं विदेशमन्त्री वाङ यी बीच शनिबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको दुईपक्षीय छलफलमा सहभागीहरु ।

परराष्ट्रमन्त्री डा नारायण खड्का र चीनको राज्यपरिषद्का सदस्य एवं विदेशमन्त्री वाङ यीको उपस्थितिमा शनिबार सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव निरु दाहाल र नेपालका लागि चीनका राजदूत हउ यान्छी सम्झौता पत्र आदानप्रदान गर्नेक्रममा ।

परराष्ट्रमन्त्री डा नारायण खड्का र राज्यपरिषद्का सदस्य एवं विदेशमन्त्री वाङ यी शनिबार सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा नेपाल र चीनबीच विभिन्न विकास निर्माणमा सम्झौता गर्नेक्रममा ।
परराष्ट्रमन्त्री डा नारायण खड्का र राज्यपरिषद्का सदस्य एवं विदेशमन्त्री वाङ यी शनिबार सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा नेपाल र चीनबीच विभिन्न विकास निर्माणमा सम्झौता गर्नेक्रममा ।
परराष्ट्रमन्त्री डा.नारायण खड्कासँग शनिबार नेपालको तीन दिने भ्रमणमा रहेका चिनको राज्यपरिषद्का सदस्य एवम् विदेशमन्त्री वाङ यीले सिंहदरबारमा शिष्टाचार भेटवार्ता गर्दै ।

नेपालको त्रिदिवसीय भ्रमण सम्पन्न गरी आइतबार स्वदेश फर्कने क्रममा चीनको राज्यपरिषद् सदस्य एवं विदेशमन्त्री वाङ यीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गर्दै परराष्ट्र सचिव भरतराज पौड्याल र शिष्टाचार महापाल डा दुर्गाबहादुर सुवेदी ।
चीनको राज्यपरिषद् सदस्य एवं विदेशमन्त्री वाङ यीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार बिदाई गर्न पुगेका यहाँस्थित चिनियाँ राजदूत हउ यान्छीलगायत दूतावासका अधिकारी ।

नेपालको त्रिदिवसीय भ्रमण सम्पन्न गरी आइतबार स्वदेश फर्कने क्रममा चीनको राज्यपरिषद् सदस्य एवं विदेशमन्त्री वाङ यीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गर्दै परराष्ट्र सचिव भरतराज पौड्याल ।
नेपालको त्रिदिवसीय भ्रमण सम्पन्न गरी आइतबार स्वदेश फर्कने क्रममा चीनको राज्यपरिषद् सदस्य एवं विदेशमन्त्री वाङ यीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गर्दै परराष्ट्र सचिव भरतराज पौड्याल ।

यो पनि…
चिनियाँ विदेशमन्त्रीको नेपाल भ्रमण : यी हुन् छलफलका एजेन्डा

चिनियाँ विदेशमन्त्रीले बुझाए पोखरा विमानस्थलको चाबी

सम्बन्धित खबरहरु

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ

तमु ट्हो ह्युल हङकङले विविध सांस्कृतिक कार्यक्रमहरुका साथ महान चाँड ल्होछार मनाउने भएको छ । नयाँ वर्षको पहिलो दिन जनवरी

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन