आहा ! ल्वाङ गाउँ (फोटो फिचर)
पर्यटकीय नगरी पोखराको हरिचोकबाट २० किलोमिटर दुरीमा छ ल्वाङ गाउँ । कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ मा पर्ने ल्वाङ गाउँ हरिचोकबाट हेम्जा, खानेपानी, भेडाबारी, खोरामुख हुँदै पुगिन्छ । ल्वाङमा २०६७ सालेदेखि सामुदायिक होमस्टे सञ्चालन गरिएको छ । परम्परागत शैलीका घर, गुजुमुज्ज परेको बस्तीले ल्वाङ गाउँ पुग्ने जो कोहीको मन लोभ्याउँछ ।

बस्तीका हरेक घर घरलाई जोड्ने ढुंगा छापिएको सफा चटिक्क परेको गोरेटो छ । यहाँका २१ घरधुरीले होमस्टे सञ्चालन गरेका छन् । २५० देखि ३०० जनासम्म पाहुना राख्न सक्ने होमस्टेको क्षमता छ ।












यो पनि…
लालायित पार्ने बारेकोटका दृश्य
जहाँ छन् काठ र सिसाले बनेका घरहरु (फोटो फिचर)