English

आज आइतबारको राशिफल हेरेर भाग्य निर्धारण गर्नुहोस्



आज २०७८ चैत १३ गते आइतबार । चैत कृष्ण दशमी । शिव वणिज उत्तरषाढा पञ्चाङ्ग । तपाईंको आज दिन कस्तो रहला ? राशिफल हेर्नुहोस् ।

मेष : आजको दिन राम्रो छ । तपाईंको केन्द्रमा चन्द्रमा रहेकाले मानसिक रुपमा प्रशन्नता मिल्नेछ । इष्टमित्रबाट सहयोग मिल्नेछ । शिक्षा, स्वास्थ्य, सामाजिक, राजनीतिक क्षेत्रहरु यथावत रहेका छन् । धार्मिक क्षेत्रमा मन जानेछ ।

वृष : दिन सामान्य राम्रो छ । बोल्दा ख्याल गर्नुहोला, आफ्नै बोलीले समस्यामा पर्ने योग रहेको छ । शिक्षाको क्षेत्रमा धेरै राम्रो छ । व्यापार व्यवसायमा सकारात्मक प्रभाव छ ।

मिथुन : दिन सामान्य राम्रो छ। विद्याको क्षेत्रमा अघि बढ राम्रो छ । अध्ययन अध्यापनमा फाइदा हुनेछ । आर्थिक, सामाजिक, क्षेत्रमा यथावत रहेपनि वैदेशिक क्षेत्रमा उल्लेखनीय नतिजा हात लाग्नेछ । मित्रबाट घात हुने सम्भावना छ ।

कर्कट : दिन त्यत्ति राम्रो छैन । आर्थिक, सामाजिक, धार्मिक क्षेत्रमा उतारचढाव आउँनेछ । शिक्षाको क्षेत्रमा आलस्य बढ्नेछ । वैदेशिक रोजगारमा गरेको श्रम लगानीबाट राम्रो उन्नती हुनेछ। राजनीतिमा राम्रो पकड रहला ।

सिंह : आजको दिन राम्रो छ । मानसिक रुपमा उमङ् रहने योग छ । परिवारबाट सहयोग मिल्नेछ । चरा, पन्छीलाई अन्न दिएर गरेको कामबाट लाभ मिल्नेछ । व्यापार व्यवसायमा फाइदा मिल्नेछ ।

कन्या : दिन राम्रो नै छ । सम्पत्ति आर्जन हुने दिन छ । स्वास्थ्य, शिक्षा, रोजगारमा आफू अनुकुल छ । राजनीतिमा भने जोगिएर काम गर्नुपर्ने छ । मन खिन्न हुनेछ ।

तुला : दिन राम्रो छ । आर्थिक कठिनाइ भएपनि शिक्षाको क्षेत्रमा सहयोग मिल्नेछ । दीर्घकालीन कामको सुरुवात गर्दा फाइदाजनक हुनेछ ।

वृश्चिक : दिन सामान्य राम्रो छ । बोलीका कारण शत्रु बढ्नेछ । शान्त रहेर बस्नु फाइदाजनक छ । धार्मिक क्षेत्रमा मन बढ्नेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीले फाइदा मिल्ने योग रहेको छ ।

धनु : दिन राम्रो छ । प्रशंसा बढ्नेछ । अरु क्षेत्रमा यथावत रहेपनि शिक्षाको क्षेत्रमा दायरा फराकिलो हुनेछ । सामाजिक, स्वास्थ्य, राजनीति, पारिवारिक क्षेत्र यथावत रहेको छ । लगानी भने नगर्नु उचित देखिन्छ । धार्मिक क्षेत्रमा रुची बढ्नेछ ।

मकर : दिन सामान्य राम्रो छ । दीर्घकालीन योजना नबनाएको राम्रो । आज ठूलो नाफा गर्न सकिँदैन भने अरु कार्यमा सामान्य छ । मातापिताको आशिर्वाद लिएर दिनको सुरुवात गर्नुहोला ।

कुम्भ : दिन सामान्य राम्रो छ । शिक्षा, स्वास्थ्य, क्षेत्रमा धेरै राम्रो छ । तपाईंले गरेको श्रम लगानीबाट फाइदा हुने सम्भावना छ । सामाजिक, राजनीतिक क्षेत्रहरु सामान्य रहेपनि स्वास्थ्यमा धेरै सुधार हुनेछ । आफन्तबाट सहयोग मिल्नेछ ।

मिन : आजको दिन सबै क्षेत्र सामान्य छ । शिक्षाको क्षेत्रमा गरेको श्रम लगानीबाट धेरै राम्रो हुने योग रहेको छ । जोश जागर बढ्नेछ । परीक्षा दिँदै हुनुहुन्छ भने नतिजा राम्रो मिल्ने छ ।

यो पनि…
जानौं ध्यानका लागि हात मुद्राहरू

ध्यान गर्दा नियम पालना गरौं
यी चिज खाएर गर्नुहोस् दिनको सुरुवात



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

आज भाद्र कृष्ण औंसीको दिनलाई हाम्रो नेपाली समाजमा कुशे औंसी वा बुबाको मुख हेर्ने दिन भनिन्छ । यो विशेष दिनलाई

मानिसहरू यो सोच्छन् कि नयाँ वर्षलाई स्वागत गर्नको लागि उनीहरूले केही मूर्खतापूर्ण कामहरू गर्नुपर्छ- मदिरा पिउनु, मुर्ख्याइँ गरेर सवारी हाँक्नु,

अहिले होली पर्वलाई भाङ खाने, मदिरापान गर्ने, होहल्ला गर्ने गरेर मनाउन थालिएको छ । यसले यो पर्वको महत्वलाई भुलाउदै नराम्रो