English

धरहराबाट छारे रोगको सचेतना



शनिबारको साँझ । सुन्धारास्थित धरहरा पर्पल कलरले सजाइएको छ । यसरी धरहरा सजाउनुको उद्धेश्य हो, छारे रोगसम्बन्धि सचेतना फैलाउने ।

हरेक वर्ष मार्च २६ का दिन मनाइने विश्व छारे रोग सचेतना दिवसको अवसरमा महाराजगञ्जस्थित नेशनल न्युरो सेन्टर र इपिलेप्सी फाउन्डेसन अफ नेपालको संयुक्त आयोजनामा धरहरालाई पर्पल कलरले सजाइएको हो । पर्पल २६ नेपालको अवधारणामा आधारित रहेर छारेसम्बन्धि सचेतनामुलक सामग्री धरहरामार्फत देखाइएको थियो ।

नेपाली समाजमा छारेसम्बन्धि विविध भ्रम र अन्धविश्वास रहेका छन् । आममानिसमा छारेबारे जति भ्रम छन् ती सबै गलत हुन् भन्ने धारणा विकास गर्नका लागि धरहरालाई पर्पल कलरले सजाएर सचेतनामुलक सामग्री प्रदर्शन गरिएको सेन्टरका निर्देशक तथा वरिष्ठ न्युरोलोजिष्ट डा. लेखजंग थापाले बताए । ‘धरहरा पनि एकपटक लडेर फेरि ठडिएर पहिलेकै स्वरुपमा फर्किएको छ,’ डा. थापा भन्छन्, ‘छारे रोग लागेका मानिसहरु पनि उपचार गराएमा सामान्य अवस्थामा फर्कन सक्छन् भन्ने सन्देश दिनका लागि हामीले धरहरालाई रोजेका हौं ।’

धरहरालाई पर्पल कलरले सिंगारिएसँगै ज्ञानेश्वरस्थित एटिक होटलमा औपचारिक कार्यक्रम गरिएको थियो । जसमा नेपाल पक्षघात संघका अध्यक्ष तथा वरिष्ठ न्युरोलोजिष्ट डा. राजुु पौडेल, नेशनल न्युरो सेन्टरका निर्देशक तथा वरिष्ठ न्युरोलोजिष्ट डा. थापा, उपनिर्देशक तथा वरिष्ठ न्युरोलोजिष्ट डा. सुमन भट्टराई, मनोरोग विशेषज्ञ डा. आशिष दत्त लगायतले छारेको बारे प्रस्तुति दिएका थिए । यसैगरी, कार्यक्रमको प्रमुख अतिथिसमेत रहेको आइओएमका पूर्व डिन तथा मस्तिष्क रोग विशेषज्ञ डा. जेपी अग्रवालले पनि छारे रोगका बारेमा धारणा राखेका थिए ।

साथै, नेशनल न्युरो सेन्टर, नेपाल पक्षघात संघ र स्वास्थ्य पत्रकार मञ्च नेपालको सहकार्यमा सञ्चालन गरिएको छारेसम्बन्धि लेखनवृत्ति कार्यक्रमलाई समापन गरिएको थियो । लेखनवृत्तिमा कार्यक्रममा सहभागि ७ जना स्वास्थ्य पत्रकारलाई नगद र प्रमाणपत्रसहित पुरस्कृतसमेत गरिएको थियो ।

कार्यक्रममा विभिन्न चिकित्सक, नर्स, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।


तस्बिर : किरण स्याङ्बो/मेरोलाइफस्टाइल



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।