English

आफ्नै पाठ्यक्रम शुरु गर्ने पहिलो स्थानीय तह, बर्दिवास



महोत्तरीको बर्दिवास नगरपालिकाले अब विद्यालयमा स्थानीय पाठ्यक्रम लागू गर्दैछ । आउने नयाँ २०७८ सालको शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम लागू गर्न लागिएको नगर कार्यपालिकाको कार्यालयको शिक्षा, युवा तथा खेलकुद शाखाले जनाएको हो । यसरी स्थानीय पाठ्यक्रम लागू गर्ने बर्दिवास प्रदेश नम्बर २ कै पहिलो स्थानीय तह बनेको छ ।

हाल कायम रहेको पाठ्यक्रममा कक्षा १ देखि ८ सम्मका छात्रछात्रालाई एक विषय थपिने गरी स्थानीय पाठ्यक्रम लागू गर्न लागिएको हो । प्रथम चरणअन्तर्गत शैक्षिक सत्र २०७८ मा कक्षा १ देखि ५ सम्म स्थानीय पाठ्यक्रम लागू हुने र कक्षा ६ देखि ८ सम्मको स्थानीय पाठ्यक्रम २०७९ मा लागू गरिने शाखा प्रमुख गणेशप्रसाद दाहालले जानकारी दिए ।

नगर क्षेत्रभित्रका ५२ सामुदायिक र २२ संस्थागत विद्यालयमा हालै स्वीकृत गरिएको स्थानीय पाठ्यक्रमअनुसारको पाठ्यपुस्तक (कक्षा १ देखि ५ सम्मका) शैक्षिक सत्रको प्रारम्भमै सबै विद्यार्थीले पाउने नगरको शिक्षा, युवा तथा खेलकूद शाखाले जनाएको छ ।

स्वीकृत गरिएको नयाँ स्थानीय पाठ्यक्रम कक्षा १ देखि ८ सम्मका छात्रछात्रालाई यसअघि पठनपाठन भइरहेका विषयमा एउटा थप हुने र यसका लागि चाहिने अतिरिक्त जनशक्ति (शिक्षक) नगरपालिकाले व्यवस्थापन गर्ने भएको छ ।

कक्षा तहअनुसार क्रमशः आफ्नो स्थानीय तहको परिचय समेटिएको नयाँ पाठ्यक्रम (स्थानीय पाठ्यक्रम) अनुसार विद्यार्थी आफ्नो परिवेशबारे जानकार हुने शाखा प्रमुख दाहालको भनाइ छ । स्वीकृत गरिएको नयाँ स्थानीय पाठ्यक्रम कक्षा १ देखि ८ सम्मका छात्रछात्रालाई यसअघि पठनपाठन भइरहेका विषयमा एउटा थप हुने र यसका लागि चाहिने अतिरिक्त जनशक्ति (शिक्षक) नगरपालिकाले व्यवस्थापन गर्ने भएको छ ।

नगरपालिकाले २०७७ को प्रारम्भमै स्थानीय पाठ्यक्रम लागू गर्ने नीतिगत निर्णय गरेसँगै प्रक्रियाअनुसार पाठ्यक्रम निर्माणको जिम्मेवारी पाएको सभ्यता अनुसन्धान केन्द्र काठमाडौंले कक्षा भारअनुसार पाठ्यक्रममा समावेश गरिने विषयसूचीबारे विभिन्न विषयका विज्ञसँगको कयौँ चरणको छलफलपछि तयार पारेको हो ।

हामी त कक्षा १ देखि ८ सम्म २०७८ मै पढाउन थाल्ने गरी लागेका थियौँ’, तर सबै कक्षाका लागि पाठ्यक्रम बनाउने विषयमा विज्ञहरुबीचको लामो छलफल प्रक्रिया, पुस्तक छपाउने समय र शिक्षक व्यवस्थापनको पक्षले एकैपटक गर्न भ्याएनौँ ।’

‘हामी त कक्षा १ देखि ८ सम्म २०७८ मै पढाउन थाल्ने गरी लागेका थियौँ’, नगरप्रमुख विदुरकुमार कार्कीले भने, “तर सबै कक्षाका लागि पाठ्यक्रम बनाउने विषयमा विज्ञहरुबीचको लामो छलफल प्रक्रिया, पुस्तक छपाउने समय र शिक्षक व्यवस्थापनको पक्षले एकैपटक गर्न भ्याएनौँ ।’ यद्यपि आउने शैक्षिक सत्र २०७८ मा कक्षा १ देखि ५ सम्म र एक वर्षपछि २०७९ मा कक्षा ६ देखि ८ सम्मको स्थानीय पाठ्यक्रम लागू हुने कार्कीको भनाइ छ ।

कक्षा १ देखि ८ सम्म लागू गरिएको स्थानीय पाठ्यक्रमअनुसार अब ‘बर्दिवास ज्ञानमाला’ नाउँ दिइएको नयाँ पुस्तक पठनपाठनको एक अतिरिक्त थप विषय बनेको छ । कक्षा भारअनुसार छात्रछात्राले क्रमशः एकपछि अर्को कक्षा हुँदै ८ सम्म पुग्दा आफ्नो नगर क्षेत्रको भूगोल, भाषा, जातजाति, संस्कृति परम्परा, धार्मिक र पर्यटकीय ठाउँहरु र यसको सम्भावना, सम्पदा, विकास प्रयत्न र थप सम्भावना, कृषि, बजार, स्थानीय उद्यम र सीप छनोटबारे आधारभूत जानकारी पाइसक्ने शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख दाहाल बताउँछन् ।

प्रदेशमै बर्दिवास नगरपालिकाले थालेको यो प्रयत्नबारे अब अन्य स्थानीय तहले पनि चासो बढाएका छन् । महोत्तरीकै भङ्गाहा, मटिहानी र छिमेकी जिल्ला धनुषाका मिथिला तथा सर्लाहीका लालबन्दी र हरिवन नगरपालिकामा स्थानीय पाठ्यक्रम निर्माणबारे छलफल हुन थालेको छ ।

आधारभूत तहका छात्रछात्रालाई आफ्नो परिवेशबारे जानकार बनाउन स्थानीय पाठ्यक्रमले निकै सघाउने बुझियो, हामी छलफल बढाउँछौँ ।”

भङ्गाहा नगरपालिकामा अब स्थानीय पाठ्यक्रमबारे कार्यसमितिमा छलफल गरिने नगरप्रमुख सञ्जीवकुमार साहले बताए । “हामी ढिला त भयौँ, तर अब ढिलो गर्दैनौँ”, नगरप्रमुख साहले भने, “आधारभूत तहका छात्रछात्रालाई आफ्नो परिवेशबारे जानकार बनाउन स्थानीय पाठ्यक्रमले निकै सघाउने बुझियो, हामी छलफल बढाउँछौँ ।”

स्थानीय पाठ्यक्रम लागू गर्न सके बालबालिका बढी जिज्ञासु हुने र अन्य विषयको जानकारी बढाउन पनि सजिलो हुने शिक्षाविद्हरू बताउँछन् । “आफ्नै वरपरका कुरा पठनपाठनकै विषय बन्ने भएपछि ती कुरा बालबालिकाले सहजरूपमा ग्रहण गर्छन्”, बर्दिवास बहुमुखी क्याम्पस बर्दिवास–१४ का प्राचार्य तोपबहादुर ठकुरी भन्छन्, “यसले बालबालिकामा अन्य विषयको पठनपाठन र सिकाइमा पनि सकारात्मक प्रभाव पार्छ ।

यो पनि…
दक्षिण एसियामा सबैभन्दा खुसी देश नेपाल

जहाँ छन् काठ र सिसाले बनेका घरहरु (फोटो फिचर)
विश्व सम्पदा स्थल : कंक्रिटका सामग्री प्रयोग गर्दा बढ्यो खतरा



सम्बन्धित खबरहरु

गुरुङ समुदायको परम्परागत धार्मिक बाजा ढ्याङग्रोमा आधारित रही निर्माण गरिएको चलचित्र ढ्याङग्रो हङकङ र नेपालमा प्रर्दशन हुने भएको छ ।

विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन्

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ