विश्वभर विभिन्न घटना घट्छन् । केही शब्दले समाचार बन्छन् त केही तस्वीरले । तिनै तस्वीरले विश्व चिनाउँछन् । भनिन्छ, हजार शब्दले व्यक्त गर्न नसकेको कुरा एउटा तस्वीरले बताउँछ । त्यसैले, यस हप्ता तिनै सन्देश दिने तस्वीरलाई हामीले समेट्ने प्रयास गरेका छौँ ।
साताका २१ तस्विर
१. बागलुङको ताराखोला गाउँपालिका–५ मा गिट्टी कुट्दै महिला । यहाँका महिला गिट्टी कुटेर आफ्नो जीविका चलाउँछन् ।२. म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा गोरुले बारी जोतेर मकै छर्दै गरेका स्थानीय किसान ।३. भक्तपुर नगरपालिका–४, तालक्वमा परालको सुकुल बुन्दै एक वृद्ध । खेतीपातीको काम गर्न नसकेपछि सुकुल बुन्ने काम गरेको उहाँ बताउँछन् ।४. दार्चुलाको नौगाड गाउँपालिका–१ का स्थानीय महिला अल्लो बिक्री गर्न बोकेर सदरमुकाम खलङ्गा बजार लैजाँदै । जङ्गलमा पाइने अल्लो सङ्कलन गरे बापत स्थानीयवासीले प्रतिकिलो १ सय रुपैयाँ पाउने गरेका छन् ।५. ठूलीभेरीको किनारमा अवस्थित डोल्पाको सदरमुकाम दुनै बजार ।६. शुक्लाफाँटा नगरपालिका–३ का बासिन्दा परम्परागत काठको घर निर्माण गर्दै ।७. नुवाकोटको किस्पाङ गाँउपालिका–१, भाल्चेमा सिँचाइ अभावले बाँझो राखिएको खेत ।८. भोजपुरको टेम्केमैयुङ ५ चोलन्तीमा काठको ठेकी बनाउँदै चँदारा । स्थानीय भाषामा ‘चँदारा’ भनिने यो पेशामा न्यून ज्यालाका कारण नयाँ पुस्ताको रोजाइमा पर्न छाडेको चँदाराहरू बताउँछन् ।९. चितवन राष्ट्रिय निकुञ्जमा सोमबार पखेटा फैलाउँदै मयूर ।१०. गोरुगाडामा चढेर चितवनको सौराहा घुम्दै विदेशी पर्यटक ।११. म्याग्दीको बेनी नगरपालिका–१ सालघारीस्थित आरनमा कृषि औजार बनाउँदै स्थानीय ।१२. काठमाडौं महानगरपालिका वडा नं. २८ स्थित पुरानो बसपार्कमा निर्माण भइरहेको भ्यु टावर । भ्यु टावर निर्माणका लागि बसपार्क हटाएको वर्षाैं बिते पनि सम्पन्न हुनसकेको छैन ।१३. कञ्चनपुरको महाकाली नदीमा गिट्टी र बालुवा छान्दै महिला । आयस्रोत न्यून भएका नागरिक बगरमा बालुवा÷गिट्टी छानेर त्यसबाट आएको रकमले जीविका चलाउँदै आएका छन् ।१४. भक्तपुर नगरपालिका–५ खल्लामा इनार छोप्ने ढुङ्गामा बुट्टा कोर्दै ज्येष्ठ नागरिक । विगत ५५ वर्षदेखि उहाँले ढुङ्गामा बुट्टा कोर्ने काम गर्दै आएका छन् ।१५. युक्रेनको राजधानी किभमा रहेको युक्रेनी राजधानीका संरक्षक सेन्ट माइकलको प्रतिमामा परेवा बसेको ।१६. टेक्सासको अक्सफोर्ड ड्राइभस्थित आँधीले पुर्याएको क्षति ।१७. दक्षिण कोरियाको राष्ट्रपतिको ब्लु हाउस ।१८. भारतको मध्य प्रदेश राज्यको इन्दोरमा होलीको दृश्य ।१९. यमनका बालबालिका पानीका लागि पर्खंदै ।२०. नामिबियाको ब्वाबवाटा राष्ट्रिय निकुञ्जका बाँदर ।२१. अफगानिस्तानको बामियान प्रान्तमा बस्ने गुफामा बसेका मानिस ।
इन्टरनेशनल नेप्लिज कम्युनिटी काठमाडौंको आयोजनामा क्यान्सर रोगसम्बन्धी सचेतना कार्यक्रम, वरिष्ठ गायिका देविका बन्दनाको क्यान्सर रोगमाथि विजय प्राप्त गरिसकेपछिको अनुभव तथा