English

‘जोसँग लभ पर्यो उनै बनिन् जीवनसंगीनी’

‘होस्टेलमै बित्यो कलेज लाइफ’


रुपन्देहीको भैरहवास्थित भैरहवा हाईस्कुलबाट २०४० मा एसएलसी (एसईई) दिएँ । त्यो समयमा तुरुन्तै नतिजा हेर्न पाइँदैनथ्यो । साथीमार्फत् प्रथम श्रेणी उत्तीर्ण भएको जानकारी पाएँ ।

छोराछोरीलाई डाक्टर र इन्जिनियर बनाउन चाहने धेरै थिए । तर, तीमध्येमा म परिनँ । पढ्नुपर्छ भन्ने भावनाले कक्षा १२ अर्थात् आईएस्सीमा (जीव विज्ञान) विषय पढ्न काठमाडौंस्थित त्रिचन्द्र कलेजमा भर्ना भएँ । करिब वर्षदिनको पढाइपछि यो विषय चित्त बुझेन ।

एसएलसीपछि पाँचवर्षे कृषिविज्ञान पढेर सीधै ग्राजुयट (स्नातक तह) हुन मिल्ने र दुई वर्षको वनविज्ञान (फरेस्ट्री) पढेर जागिर पाइने थियो । जागिर गर्नका लागि पाँच वर्षमा ग्राजुयट हुने कृषि विज्ञान नपढेर हेटौँडास्थित वनविज्ञान अध्ययन संस्थानमा फरेस्ट्री विषयमा भर्ना भएँ ।

दुईवर्षे पढाइ होस्टेलमै बसेर पढेँ । कलेजको बाउन्ड्री ठूलो थियो । चारै तिर जंगलको हरियालीले मनमोहक वातावरण थियो । जसले पढ्ने ऊर्जा थप्थ्यो । मलाई एकान्तमा बसेर पढ्न खुब रमाइलो लाग्थ्यो ।

अहिलेका कलेजका केटाकेटीले जस्तो साथी बनाएर घुम्ने, बंक गर्नेे गरिएन । कलेजबाट शैक्षिक भ्रमण गइयो । पढाइमा नै केन्द्रित भएँ । मेहनत गरेअनुसार २०४४ सालमा प्रथम श्रेणीमा आईएस्सी कोर्ष उत्तीर्ण गरेँ ।

आईएस्सीपछि तीन वर्षको कामको अनुभव अर्थात् काम गरेर मात्रै स्नातक तह अध्ययन गर्न मिल्ने नियम थियो । सरकारी स्तरबाट नै लाङटाङ राष्ट्रिय निकुञ्ज र वन विभागमा काम गरेँ ।

तीनवर्षे कार्यपछि पोखरास्थित वन विज्ञान अध्ययन संस्थानमा २०४७ मा बिएस्सी भर्ना भएँ । यहाँ पनि होस्टेलमै बसेर पढेँ । कलेजबाट चितवन, बर्दियादेखि भारतसम्म शैक्षिक भ्रमण गरियो । भ्रमणमा वृक्षारोपण, आगलागी नियन्त्रण, अग्निरेखा, नर्सरी लगायतका कामहरू सिक्थ्यौं । भारतको भ्रमणमा जनावर गणना सिकेका थियौँ ।

औपचारिक अध्ययन विज्ञान विषय भए पनि साहित्यमा रुचि छ । औपचारिक मात्र नभई साहित्यका पुस्तकहरू पनि अध्ययन गरेँ ।

हेटौँडास्थित वनविज्ञान विषयमा आईएस्सी (२०४२ देखि २०४४) मा अध्ययनका क्रममा लिइएको सामूहिक फोटो ।

कलेज पढ्दा केटी मान्छेसँग बोल्ने हिम्मत नै थिएन । कोही साथीले आँट गरेर केटी मान्छेसँग बोले पनि केटाहरू ईर्ष्या गर्थें । त्यसैमा म लजालु स्वभावको परे । बोल्न सकिँदैन थियो । मायाप्रेमको कुरा छोडौँ । तर, जोसँग लभ पर्यो, उनी नै जीवनसंगीनी भइन् ।

साथीहरूले कलेजमा राजनीति गरे पनि मैले गरिनँ । राजनिति बुझ्नुपर्छ भन्ने मेरो धारणा थियो । तर, राजनीतिक क्रियाकलापमा सहभागी भइनँ । यसरी नै २०५० सालमा प्रथम श्रेणीमा स्नातक तह उत्तीर्ण गरेँ ।

ब्रिटिस एम्बेसीको छात्रवृत्तिमा युकेबाट २००२/००३ मा एडिनवर्ग युनिभर्सिटीबाट रिसोर्स म्यानेजमेन्टमा स्नातकोत्तर गरेँ । यहाँ पनि होस्टेलमै बसियो । बाहिरको अध्ययनले जीवनलाई उजागर बनाउँछ । अन्य देशका साथी बने उनीहरूबाट विभिन्न संस्कृतिहरु बुझेँ ।

स्नाकोत्तर अध्ययनका क्रममा साथीहरूसँग बियरबर, लाइफ म्युजिक लगायतका ठाउँमा गएर रमाइलो गरिन्थ्यो । यहाँ अन्तराष्ट्रिय फ्रिन्ज महोत्सव एक–दुई महिना लाग्ने गर्छ । जहाँ आर्टहरूको प्रदर्शन गरिन्छ । मैले थेसिस गर्दै गर्दा मेला लागेको थियो । त्यो मेला मेरो लागि अविस्मरणीय छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यलयबाट २०१२–०१८ (सन्) मा वातावरणीय विज्ञानमा विद्यावारिधि (पीएचडी) को अध्ययन पूरा गरेँ । रमाइलोभन्दा पनि पढाइमा नै केन्द्रित भएर बित्यो मेरो कलेज लाइफ ।

यो पनि…
‘मार्कसिट सच्याउन काठमाडौं आउँदा कलेज भर्ना भएँ’
र्यापर बालेन शाह भन्छन्,–‘ इन्जिनियरिङमा युर्निभसिटी टप गरेँ’



सम्बन्धित खबरहरु

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ

तमु ट्हो ह्युल हङकङले विविध सांस्कृतिक कार्यक्रमहरुका साथ महान चाँड ल्होछार मनाउने भएको छ । नयाँ वर्षको पहिलो दिन जनवरी

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन