English

हृदयेश त्रिपाठीलाई छाड्नेहरू बढे



सूर्य चिन्ह लिएर स्वतन्त्र विजयी प्रतिनिधिसभा सदस्य बृजेशकुमार गुप्ता अन्ततः एमाले प्रवेश गर्ने भएका छन् । विगतमा हृदयेश त्रिपाठी नेतृत्वको स्वतन्त्र राजनीतिक अभियानबाट विजयी भएका गुप्ता १४ चैतमा औपचारिक रूपमा नै एमाले प्रवेश गर्न लागेका हुन् ।

‘हृदयेशजीलाई अलग्गै पार्टी बनाउने काम नगरौँ, हिजो पनि हामी सूर्य चिह्न लिएर विजयी भएका स्वतन्त्र सांसद हौँ । वार्ता गरेर एमालेमा जाऔँ भन्यौँ, मान्नुभएन,’ गुप्ताले भने, ‘मसहित मेरो टिम १४ चैतमा तौलिहवामा आयोजना हुने कार्यक्रमबाट औपचारिक रूपमा एमाले प्रवेश गर्दैछ ।’

उनका अनुसार सो कार्यक्रमार्फत प्रदेश सांसद धर्मबहादुर श्रीवास्तवसहित दर्जनौँ वडा अध्यक्ष, विगत निर्वाचनका प्रत्यासीहरूसहित ठूलो समूह एमाले प्रवेश गर्नेछ ।

सांसद गुप्तालगायतलाई प्रवेश गराउनका लागि एमाले अध्यक्ष केपी शर्मा ओली स्वयं कपिलवस्तु जाँदैछन् । गुप्ताको एमाले प्रवेशसँगै २०७४ को निर्वाचनमा सूर्य चिह्नबाट प्रतिनिधिसभाका उम्मेदवार ४ जनामध्ये त्रिपाठीका समूहबाट दुईजना अलग भएका छन् ।

पशुपति दयाल मिश्र यसअघि नै एमाले प्रवेश गरिसकेका छन् भने त्रिपाठीसँग अब ईश्वरदयाल मिश्र बाँकी छन् । त्रिपाठीले जनता प्रगतिशील पार्टी गठन गरेर निर्वाचन आयोगमा दर्ता गराएका छन् ।

यो पनि…
वाम एकता कति सम्भव ?
करिश्माले किन रोजिन् एमाले ?



Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबरहरु

संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय समाचार समिति (रासस)मा श्रमजीवि पत्रकारका समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चियापानको आयोजना गरेको छ । । चियापानमा प्रधानमन्त्री, मन्त्रीहरू, सांसदहरू, क्रियाशील राजनीतिक दलका प्रमुख, नेताहरू,

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा संविधान मास्ने षड्यन्त्र भइरहेको बताउनुभयो ।समाजवादी जागरण अभियानअन्र्तगत आज १२ औं दिन

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले इजरायलमा अलपत्र नेपाली विद्यार्थीलाई सरकारले तत्काल सुरक्षित स्थानमा सार्न पहल गर्नुपर्ने बताएका छन् ।दाङको