English

राशिफल : आज शनिबार यस्तो छ तपाईंको भाग्य



आज २०७८ चैत्र १२ गते, शनिबार, २६ मार्च २०२२ । चैत्र कृष्णपक्ष नवमी तिथि । पूर्वाषाढा नक्षत्र, १५:३९ बजेदेखि उत्तराषाढा । चन्द्रराशि– धनु । शनिबारको दिन पिपलको वृक्षमा जल अभिषेक र शनि मन्दिरको दर्शन गर्नाले शनि दोष निर्वारण हुन्छ भन्ने मान्यता रहेको छ । शनिबारको दिन विशेषगरी गृहस्थ कार्य र शनिदेवको उपासना गर्नु उत्तम मानिन्छ ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो)

अस्वस्थताले कमजोर अनुभूति हुनेछ । अध्ययनमा पछि परिनेछ भने व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ । नतिजा सच्याउन काम दोहोर्याउनुपर्ला । केही बाध्यात्मक परिस्थितिमा अलमलिनुपरे पनि समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन् । खर्च र समय लागे पनि मिहिनेत गर्दा पुन: काम बनाउन सकिनेछ । विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह)

मेहनतले सम्मानित स्थान समेत दिलाउनेछ । बौद्धिक अभिव्यक्तिले ठूलो अवसर दिलाउन सक्छ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । अध्ययनमा प्रगति हुनेछ भने चिताएको काम समेत सम्पादन हुनेछ, पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ । बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो)

प्रतिस्पर्धामा उत्रनुपरे पनि बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ । पुरुषार्थले प्रतिस्पर्धीहरूको मनोबल कमजोर पार्न सकिनेछ । पहिलेका दुश्मनहरूले समेत मित्रताका हात अघि बढाउनेछन् । स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे)

व्यापारमा पनि राम्रै फाइदा हुनेछ । कामले अरूलाई प्रभावित पारेर फाइदा लिन सकिनेछ । कीर्तिमानी काम सम्पादन होला ।सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ । अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय छ । भूमि र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ । कामले धेरैको मन लोभ्याउन सकिनेछ। विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो)

कन्या राशिका जातका लागि आजको दिन मित्र र आफन्तसँग सम्बन्ध विग्रन सक्छ । स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिन्छ । अध्ययन अध्यापनबाट सफलता हात लाग्नेछ । आजको दिन केही खानेकुरा बालक र बृद्ध ब्यक्तिलाई दिनुभयो भने तपाईमाथि लाग्ने अनावश्यक आरोप रोकिन सक्छ ।

तुला( रा.री.रु.रे.रो.ता.ती.तु.ते)

पहिलेको सफलताले थप हौसला जगाउनेछ । नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । पहिलेका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ । मनग्य धन आर्जन हुनेछ । बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । सुन्दर पहिरनले व्यक्तित्व निखार्दै नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु)

वृश्चिक राशिका जातकका लागि आज कार्यायोजनाअनुसार काम गर्नुभयो भने सफलता मिल्नेछ । शिवालयमा गएर जल अर्पण गर्नुभयो सोचे अनुसार काम बन्नेछ । देवालयको नाम स्मरण मात्रले पनि मनमा शान्ति मिल्नेछ । अध्यात्मिक सेवामा केही समय दिनुभयो भने तपाईंको कार्यमा सफलता मिल्नेछ ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे)

परिवारजनको साथले उत्साहित भइनेछ । व्यापार–व्यवसायमा लाभ हुनेछ । व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर जुट्नेछ । प्रेम वा मित्रताको बन्धन कसिने समय छ । भौतिक साधन जुट्नेछ भने आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ ।आयआर्जन राम्रै हुनेछ । कामबाट फुर्सदिलो भइनेछ भने अतिथिका रूपमा सत्कार समेत पाइने सम्भावना छ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी)

मकर राशीका जातकले आजको दिन आज लगनशीलताले गरेका कामहरू अगाडि बढ्नेछन् । सामाजिक संस्थाबाट सहयोग र पदोन्नतिको सम्भावना प्रबल रहेको छ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द)

कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम हुनेछ । शत्रुमाथि विजयप्राप्ति हुनेछ । ब्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । तपाईंको मनमा थप शक्ति मिल्नेछ । आज कसैसँग पनि अनावश्यक विवाद नगर्नुहोला । चन्द्रमाको साथ रहेको छ । आज विहान सूर्योदयको दर्शन गरी दिनको काम शुरुवात गर्नुहोला ।

मीन(दी.दु.थ.झ.ञ.दे.दो.च.ची)

रोकिएका काम समेत सम्पादन हुनेछन् । सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । तीर्थाटनको अवसर प्राप्त हुनेछ । धेरैले तारिफ गर्नेछन् । कीर्तिमानी काम सम्पादन हुन सक्छ । प्रतिष्ठा कमाउने बेला छ । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । धार्मिक अनुष्ठान तथा परोपकारजन्य क्रियाकलापमा समय बित्नेछ । मंगलमय कृत्य सम्पादन गर्ने समय छ ।



सम्बन्धित खबरहरु

शनिवारको दिन नुहाइ धुवाइ गरी टिभी हेर्न बस्नु कुनैबेलाको मेरो नियमित दिनचर्या थियो । किनकी हरेक शनिवार ठिक दुई बजे

प्रा.डा. गुरुप्रसाद सुवेदी भगवान शिव महाश्मशानका देवता हुन् । शिव एउटा तत्व हो । श्मशानघाटमा नै उहाँ बस्नुभएको छ ।

कात्तिक कृष्ण त्रयोदशीदेखि शुल्क द्वितीया तिथिसम्म पाँच दिन तिहार मनाइन्छ । यमराजले यी पाँच दिन आफ्नो बहिनी यमूनासँग उत्सव मनाएको

विभिन्न समुदायको जन्मदेखि मृत्य संस्कारमा प्रयोग हुने माटाको भाडाका लागि प्रसिद्ध छ– भक्तपुरस्थित पोटरी स्क्वायर । जब दसैं, तिहार, छठजस्ता