English

वातावरण जोगाउन जन्मिएको ‘अर्थ आवर’

यसरी मासिँदैछ वातावरण


आज मार्च २६ अर्थात् यो महिनाको अन्तिम शनिबार । यो दिन ‘अर्थ आवर’ को हो । वातावरण तथा पर्यावरणको रक्षा गर्ने उद्देश्यले सन् २००७ मा अस्ट्रेलियाको सिड्नीबाट शुरू भएको यो अभियानले विश्वको समर्थन पाइरहेको छ ।

त्यसो त आज बेलुकी ८ः३० देखि ९ः३० बजेसम्म संसारका १ सय ९१ देश अन्धकारमा रहन्छन् । अमेरिकाको ह्वाइट हाउस होस् या अस्ट्रेलियाको ओपेरा हाउस अर्थात् विश्वको अग्लो भवन बुर्ज खालिफादेखि दिल्लीको कुतुबमिनार नै किन नहोस् । यी सबै एकघण्टा अन्धकारमय रहन्छन् ।

उर्जाको खपत जति धेरै बढ्दै गयो त्यति नै धेरै वातावरणीय प्रदूषण बढ्दै जान्छ । त्यसैले, एक घण्टा बत्ती निभाउँदा त्यसले वातावरणलाई जोगाउन सहयोग गर्छ भन्ने सन्देश दिने यसको आशय हो ।

घनश्याम गुरूङ
राष्ट्रिय प्रतिनिधि, डब्लूडब्लूएफ नेपाल

किन ?,
विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ)को अगुवाइमा सञ्चालित यस अभियानलाई साथ दिन । अनि उद्देश्य हो, वातावरण जोगाउन । तर, नेपालमा भने विद्युत् आपूर्तिमा सहज प्रणालीको विकास नभइसकेकाले बत्ती निभाउने कार्यक्रम नराखिएको डब्लूडब्लूएफ नेपालकी कम्युनिकेसन अफिसर स्प्रिहा श्रेष्ठ बताउँछिन् । ‘नेपालसहित १ सय ९१ देशमा विभिन्न कार्यक्रम गरि अर्थ आवर मनाइन्छ,’ श्रेष्ठले भनिन् ।

किन निभाइन्छ एक घण्टा बत्ती ?

यतिबेला विश्वमा परमाणु अश्त्र र न्युक्लियर विपन्सको चाङ लागिरहेको छ । त्यसको परीक्षण र कहिलेकाही हुने प्रयोग अथवा कुनै हिसाबले त्यसको दुरूपयोग हुँदा मानव जाति र पृथ्वीकै अस्तित्व खतरामा पर्ने स्थिति छ । त्यसैले, वातावरण सुरक्षाका लागि जागरण अथवा जनचेतना जगाउन यसको पक्षमा लाग्नका एकघण्टा बत्ती निभाएर अनावश्यक खर्च कटौती गर्ने उद्देश्यले योे कदम शुरू गरिएको डब्लूडब्लूएफ नेपालका राष्ट्रिय प्रतिनिधि घनश्याम गुरूङले प्रष्ट पारे ।

‘पृथ्वीको रक्षा र मानव जातिको सुन्दर भविष्यका लागि वातारण र पर्यावरणको रक्षा लगायतका कुराहरूमा ध्यान दिने बेला आएको छ,’ उनले भने, ‘उर्जाको खपत जति धेरै बढ्दै गयो त्यति नै धेरै वातावरणीय प्रदूषण बढ्दै जान्छ । त्यसैले, एक घण्टा बत्ती निभाउँदा त्यसले वातावरणलाई जोगाउन सहयोग गर्छ भन्ने सन्देश दिने यसको आशय हो ।’

पछिल्लो समय आममानिसको जीवनशैली पूर्णतया विद्युतमा निर्भर छ । अब त्यसको विकल्पमा अन्य उर्जाका स्रोतलाई नअपनाइए वातावरणलाई ठूलो हानी पुर्याउँछ । त्यसैले, स्वच्छ उर्जा जस्तै, सौर्यउर्जा, वायुउर्जाको प्रयोगलाई बढाउनुपर्नेमा गुरुङको जोड छ ।

नेपालमा ‘अर्थ आवर प्लस’

नेपालमा डब्लूडब्लूएफले एक दशक अघि अर्थ आवर भित्राएको हो । बत्ती निभाउने बाहेक विभिन्न सचेतनामुलक कार्यक्रम गर्दै अर्थ आवर मनाउँदै आएको श्रेष्ठ बताउँछिन् ।

स्प्रिहा श्रेष्ठ
कम्युनिकेसन अफिसर, डब्लूडब्लूएफ नेपाल

करिब एक घण्टाको अवधिमा कुराकानी, शिल्पी थिएटरले तयार पारेको ‘ताप’ शीर्षकको नाटक र कवि नवराज पराजुलीले जलसम्बन्धि कविता वाचन गर्ने कार्यक्रम छ, हामी यो कार्यक्रम फेसबुक र युट्युबमार्फत प्रत्यक्ष प्रसारण गर्नेछौं ।

शुरूवाती वर्षहरूमा बौद्ध, लुम्बिनी, पोखरा, बसन्तपुर लगायतका ठाउँहरूमा मैनबत्ती बालेर अर्थ आवर मनाइएको थियो । बिस्तारै, नेपालका चर्चित कलाकारहरूले पनि यसमा साथ दिन थाले । तर, विगत २ वर्ष यता भने कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै डब्लूडब्लूएफले भर्चुअलमार्फत यो कार्यक्रम गर्दै आएको छ । साथै, यसवर्ष पनि भर्चुअलमार्फत नै कार्यक्रम हुँदैछ । ‘करिब एक घण्टाको अवधिमा कुराकानी, शिल्पी थिएटरले तयार पारेको ‘ताप’ शीर्षकको नाटक र कवि नवराज पराजुलीले जलसम्बन्धि कविता वाचन गर्ने कार्यक्रम छ,’ उनले भन्दै थिइन्, ‘हामी यो कार्यक्रम फेसबुक र युट्युबमार्फत प्रत्यक्ष प्रसारण गर्नेछौं ।’

जलवायु परिवर्तनमा केन्द्रीत

‘अर्थ आवर’ हरेक वर्ष फरक–फरक विषयवस्तुमा केन्द्रीत रही विभिन्न सचेतनामूलक कार्यक्रम गरिन्छ । त्यसो त यसवर्ष विश्वमा देखिएको जलवायु परिवर्तनका विषयमा केन्द्रित हुने गुरूङले बताए । ‘वातावरणका लागि अहिलेको मूख्य मुद्धा के छ हामी त्यसमै कन्द्रीत हुन्छौँ,’ डब्लूडब्लूएफ नेपालका राष्ट्रिय प्रतिनिधि गुरूङ भन्छन्, ‘यसपाली हामीले जलवायु परिवर्तनमा केन्द्रित रहेर कार्यक्रम गर्दैछौं ।’

नेपालमा अझै पनि ५० प्रतिशत भू–भागमा आकाशे पानीको भरमा खेती हुन्छ तर, जलवायु परिवर्तनले गर्दा एकैपटक धेरै पानी पर्ने, लामो समय खडेरी पर्ने जस्ता समस्याले गर्दा कृषिमा प्रत्यक्ष असर गरेको देखिन्छ

मञ्जित ढकाल
वातावरणविद्

उसो भए, नेपालमा जलवायु परिवर्तनले कस्तो असर पारेको छ त ? एकपटक वातावरणविद् मञ्जित ढकाललाई सुनौँ । नेपालमा जलवायु परिवर्तनले विशेषगरी कृषि, उर्जा उत्पादन र पर्यटनमा ठूलो असर गरिरहेको बताउँछन्, ढकाल । ‘नेपालमा अझै पनि ५० प्रतिशत भू–भागमा आकाशे पानीको भरमा खेती हुन्छ तर, जलवायु परिवर्तनले गर्दा एकैपटक धेरै पानी पर्ने, लामो समय खडेरी पर्ने जस्ता समस्याले गर्दा कृषिमा प्रत्यक्ष असर गरेको देखिन्छ,’ उनी जलवायु परिवर्तनको असर कोट्याउँदै थिए, ‘यसले उर्जा उत्पादनमा पनि ठूलो असर गरिरहेको देखिन्छ, हिमालमा जुन तरिकाले हिउँ पग्लिन थालेको जसले हाइड्रोपावर बनाउँदाको हाम्रो अनुमानलाई नै चुनौती दिन शुरू गरिसकेको छ ।’

साथै, पानीजन्य विपत्तिका कारण उर्जा उत्पादनका पूर्वाधारहरूमा पनि क्षति पुगेको छ । ‘यसको उदाहरणका लागि गत असारमा भएको मेलम्चीको विपत्तिलाई पनि लिन सकिन्छ,’ उनले भने ।

नेपालको अर्थतन्त्रको अर्को मूख्य आधार पर्यटन हो । त्यसलाई पनि जलवायू परिवर्तनले ठूलो चुनौती दिइरहेको ढकाल बताउँछन् । ‘प्रकृति देखाएर नै पर्यटन व्यवसायलाई चलायमान गराउने हो,’ उनले भने, ‘प्रकृतिमा त जलवायु परिवर्तनको असर धेरै गुणाले बढ्न थालेको छ ।’

जबसम्म स्वच्छ उर्जालाई भण्डारण र उत्पादन गर्नतिर हाम्रो ध्यान जाँदैन तबसम्म जसले हामीलाई नै चुनौती थपिरहेको छ, यसले देशलाई ठूलो आर्थिक घाटातर्फ उन्मुख गराउँदैछ ।

यसैगरी, स्वास्थ्य क्षेत्रमा पनि जलवायु परिवर्तनको असरका बाछिटाहरू देखिन थालेको सरोकारवालाहरू बताउँछन् । जापनिज इन्सेफलाइटिस, कालाजारजस्ता रोगहरू बढ्नुमा पनि जलवायु परिवर्तन नै कारक रहेको ढकालको ठम्याइ छ ।

नेपालको पछिल्लो समय पेट्रोलियम पदार्थको खपत ह्वात्तै बढेको छ । पछिल्ला केही वर्षयता हेर्ने हो भने वार्षिक २ खर्ब बराबरको पेट्रोलियम पदार्थ आयात गरिएको देखिन्छ । यसले वातावरण विनासका लागि सघाइरहेको ढकाल बताउँछन् । ‘जबसम्म स्वच्छ उर्जालाई भण्डारण र उत्पादन गर्नतिर हाम्रो ध्यान जाँदैन तबसम्म जसले हामीलाई नै चुनौती थपिरहेको छ,’ ढकाल भन्दै थिए, ‘यसले देशलाई ठूलो आर्थिक घाटातर्फ उन्मुख गराउँदैछ ।’

तस्वीर सौजन्य : डब्लूडब्लूएफ नेपाल

यो पनि…
विश्व वनजंगल दिवस : हरियो वन प्राणीको धन
समय अगावै फूल्यो लालीगुराँस, वातावरणविद् भन्छन्- जलवायु परिवर्तनको असर



सम्बन्धित खबरहरु

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार

१३९ औं हङकङ साहित्यिक साझा श्रृखला अन्तर्गत आइतबार वरिष्ठ साहित्यकार कवि सुमल कुमार गुरुङको एकल कविता वाचन आयोजना गरिएको छ

तमु ट्हो ह्युल हङकङले विविध सांस्कृतिक कार्यक्रमहरुका साथ महान चाँड ल्होछार मनाउने भएको छ । नयाँ वर्षको पहिलो दिन जनवरी

सन् १९८६ देखि अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ IUCN को रेड लिस्टमा लोपोन्मुखको प्रजातिमा सूचीबद्ध हिस्पिड हेयर नामक खरायो हालै चितवन