English

रसुवागढी नाकामा चीनको मनोमानी, नेपाली व्यवसायी मारमा



२०७६ माघ अघिसम्म नेपाली कन्टेनर रसुवागढी नाका हुँदै चीनको केरुङसम्म पुगेर सामान ल्याउने गर्थे । कोरोनाको कारण देखाउँदै त्यसको करिब ६ महिना बन्द गराएर एकतर्फी नाका सञ्चालन गरेको चीनले अहिले भने रसुवागढीसम्म आफ्नै गाडीमा सामान ल्याइदिने गरेको छ ।

दैनिक दुई सयभन्दा बढी नेपाली सामान ढुवानी गर्ने कन्टेनरको आवतजावत हुने नाका सहज बन्न नसक्दा व्यवसायीहरू समस्यामा परेका छन् । सहज रूपमा नाका सञ्चालन नहुँदा कन्टेनर व्यवसायीहरू मारमा परेको कन्टेनर व्यवसायी रोहित तामाङले बताए । ‘पहिला नाका सहज हुँदा सिधै रसुवागढी हुँदै चीनको केरुङसम्मै गाडी लिएर पुग्थ्यौँ, दुई वर्ष हुन लाग्यो नाका चल्न सकेको छैन्, बैंकको किस्ता पनि तिर्न नसक्ने अवस्था छ, ऋण खोजेर तिर्नुपरेको छ,’ उनले भने, ‘अहिले त ड्राइभरलाई तलब दिन नसक्ने अवस्था छ, किस्ता तिर्न नसकेकाले धेरै गाडीहरू बैंकले तानेको छ ।’

कन्टेनरको नाम मात्र हो, अहिले न त परिवार पाल्न सकिएको छ न त बैंकको किस्ता तिर्न बिजोग भयो, बल्ल तल्ल एक ट्रिप लाग्छ पहिला १२ हजारले सबै पुग्ने ठाउँमा अहिले १७–१८ हजार त डिजेल नै लाग्छ ।

रसुवागढी नाका सञ्चालनमा आएपछि करिब १५ सय कन्टेनर चल्ने गरेका थिए । तर अहिले भने करिब सात सय कन्टेनरले मात्र सामान ढुवानी गर्ने गरेको तथ्यांक छ । बाँकी कन्टेनर, व्यवसायीहरूले बिक्री गरेसँगै अन्यन्त्र ढुवानीमा प्रयोग भएको पाइएको छ । सामान ढुवानीमा लामो समय कुर्नुपर्ने, दुई महिनामा बल्ल बल्ल पालो आउनेलगायतका कारण कन्टेनर व्यवसायमा आश्रित रहेर व्यवसाय गरिरहेकाहरूको व्यवसाय नै प्रभावित भएको अर्का कन्टेनर व्यवसायी छेवाङ सेनाम तामाङले बताए ।

‘कन्टेनरको नाम मात्र हो, अहिले न त परिवार पाल्न सकिएको छ न त बैंकको किस्ता तिर्न बिजोग भयो,’ उनले भने, ‘बल्ल तल्ल एक ट्रिप लाग्छ पहिला १२ हजारले सबै पुग्ने ठाउँमा अहिले १७–१८ हजार त डिजेल नै लाग्छ, पहिला जिल्लाको ४–५ सय गाडी थियो, अहिले त सयवटा पनि छैन होला, किस्ता तिर्न नसक्दा कोही कता पुगे पुगे, सबै सक्कियो ।’

बैंकको किस्ता बढेको बढ्यै छ, व्याज पनि सावामा जोडिँदै गएको छ, बैंकले फोन गरेको गर्‍यै गर्छ, फोन अफ गरेर बस्नुपर्ने अवस्था आएको छ ।

चीनले रसुवागढी नाकालाई प्राथमिकता दिएसँगै प्रायः व्यवसायीले बैंकबाट लाखौ रुपैया ऋण लिई कन्टेनर व्यवसाय सुरु गरेका थिए । एउटा कन्टेनर खरिदका लागि लिएको ऋणको मासिक ६० हजार त व्यवसायीहरूले किस्ता नै तिर्छन । व्यवसाय सञ्चालन नहुँदा आम्दानी शून्य रहेको छ । अधिकांश व्यवसायीले व्यवसाय सञ्चालन नभएपछि करिब दुई वर्षदेखिको बैंकको किस्ता तिर्न सकेका छैनन् ।

व्यवसायलाई निरन्तरता दिन धौ धौ भएका व्यवसायीलाई बैंकले किस्ता तिर्न आउन ताकेता गरिरहेको गोसाइँकुण्ड गाउँपालिका–५ का कन्टेनर व्यवसायी मिलन तामाङले बताए । ‘२६ लाख बैंकबाट लोन लिएको थिए, लकडाउन नभएको भए त पोहोरकै वैशाखतिर तिरिसकिन्थ्यो, लकडाउनमा व्यवसाय चल्न सकेन,’ उनले भने, ‘बैंकको किस्ता बढेको बढ्यै छ, व्याज पनि सावामा जोडिँदै गएको छ, बैंकले फोन गरेको गर्‍यै गर्छ, फोन अफ गरेर बस्नुपर्ने अवस्था आएको छ ।’

मेरो दुईवटा कन्टेनर थियो, समयमा बैकको किस्ता तिर्न सकिनँ, अनि दुईवटामा एउटा कन्टेनर बेचेर बैंकको किस्ता तिरेँ ।

नाका सञ्चालन नहुँदा कन्टेनर बेचेरै भए पनि बैंकको किस्ता तिरेको अर्का कन्टेनर व्यवसायी फुर्पा तामाङले बताए । ‘मेरो दुईवटा कन्टेनर थियो, समयमा बैकको किस्ता तिर्न सकिनँ, अनि दुईवटामा एउटा कन्टेनर बेचेर बैंकको किस्ता तिरे,’ उनले भने, ‘बैंकले व्याज पनि बढाउँदै जाने रहेछ, एक वर्षमा ६ लाख किस्ताको नौ लाखसम्म पुगेको छ, अब पनि नाका नचल्ने र व्यवसाय चलेन भने त भएको यो कन्टेनर पनि बेच्नुपर्ने अवस्था हुन्छ।’ कन्टेनर व्यवसायबाटै जीविकोपार्जन चलाएका व्यवसायीहरू नियमित व्यवसाय सञ्चालन नहुँदा विस्थापित भएका छन् ।

यो पनि…
तातोपानी र रसुवागढी नाकाबाट आयात अर्बौंको निर्यात शून्य
रसुवागढी नाकाबाट आयात बढाउन चीननेपाल सहमत



सम्बन्धित खबरहरु

‘द स्कुल वाल’ ले ‘छैटौं नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभलमा उत्कृष्ट राष्ट्रिय बाल चलचित्र पुरस्कार प्राप्त गरेको छ । ऐना

आज सोनाम ल्होसारयसकारण मनाउन थालियो ल्होसार तामाङ समुदायको सांस्कृतिक पर्व सोनाम ल्होसारका अवसरमा सरकारले आज बिहिबार देशभर सार्वजनिक बिदा दिएको छ।समुदायले

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।