English

कर्मचारीले सरकारलाई बुझाए ९ बुँदे ध्यानाकर्षणपत्र



गण्डकी प्रदेशभित्र रहेका अस्थायी, करार र ज्यालादारी कर्मचारीलाई स्थायी गर्न अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघले माग गरेको छ ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई ज्ञापनपत्र दिएर उनीहरूले सबै कर्मचारीलाई नियमअनुसार स्थायीको माग गरेका हुन् । उनीहरूले सरकारलाई ९ बुँदे ध्यानाकर्षणपत्र बुझाएका छन् ।

उपदान, औषधी उपचार, महंगीभत्ता, वृद्धि विकासका कार्यक्रम, रोजगारीको निरन्तरतालगायत सुविधा उपलब्ध गराउन माग गरिएको संघका अध्यक्ष हरि पौडेलले जानकारी दिए ।

‘ज्यालादारी, करार कर्मचारीलाई प्रोत्साहन गर्नुपर्नेमा सुविधाबाटै वञ्चित गरियो । उनीहरूको मानसिक र शारीरिक तनाव बढी भयो,’ उनले भने, ‘त्यस्ता तानासाही प्रवृत्ति नदेखाउन आग्रह गरेका हौं ।’

२०७० माघमा सर्वोच्च अदालतले अस्थायी, ज्यालादारी र करार कर्मचारीलाई लामो समय स्थायी नगर्ने परिपार्टी बन्द गर्न आदेश दिएको थियो । सरकारले ट्रेड युनियनसँग पनि यस्तै सहमति गरेको थियो ।

ज्ञापनपत्रमा सरकारी कार्यालयहरूमा कार्यरत सम्पूर्ण अस्थायी, करार तथा ज्यालादारी कर्मचारीहरूलाई विना सर्त योग्यता अनुसारको स्थायी गर्न माग गरिएको छ । संघले यसअघि अर्थमन्त्री र प्रमुख सचिवलाई पनि ज्ञापनपत्र दिएर ध्यानाकर्षण गराएको छ ।
यो पनि…
यस्तो पो सामुदायिक विद्यालय !
स्थायी शिक्षकको परीक्षा दिन जाँदा परिचयपत्र देखाउनुपर्ने
शिक्षक लाइसेन्स परीक्षामा अब वस्तुगत प्रश्न मात्र (पाठ्यक्रमसहित)
इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई अब केन्द्रबाटै तलब



सम्बन्धित खबरहरु

हङकङमा तमु व्याडमिन्टन च्याम्पिएनसिप हुने भएको छ । २३ फेब्रवरीका दिन हुने उक्त प्रतियोगितमा तमु व्याडमिन्टन संघले आयोजना गर्न लागेको

एपी शर्माको संगीत र शब्दमा आधारित तथा कैसिलोको स्वर र प्रस्तुति रहेको नयाँ म्युजिक भिडियो “भ्यालेन्टाइन” सार्वजनिक भएको छ।मिस्टर जेसीडीको निर्देशनमा तयार यो म्युजिक भिडियोले प्रेमका भावनालाई आधुनिक शैलीमा प्रस्तुत गरेको छ।   गीतको बोल “भ्यालेन्टाइन” प्रेम, रोमान्स र गहिरो भावनाको समायोजन हो ।   यसले भ्यालेन्टाइन डेको पर्खाइ मात्र नभई, प्रेमलाई दिन विशेष बनाउनेहरेक दिनको महत्त्वलाई व्यक्त गर्दछ। “फेब्रुअरीको पर्खाइ गर्न सक्दिन, मलाई माया गरिदेऊ” भन्ने गीतका शब्दहरूले प्रेमीहरूलाई आफ्नो भावनाहरूखुलस्त रूपमा व्यक्त गर्न प्रेरित गर्ने सन्देश दिन्छ।   गीतमा प्रेम, वफादारी, र रोमान्सको भावना झल्किएको छ नाइजेरियामा छायांकन गरिएको भिडियोको भिजुअल प्रस्तुति गीतकै भावना अनुसारजीवन्त र कलात्मक छ। मुख्य भागहरूमा प्रेममा परेका मानिसहरूको भावनालाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ।   म्युजिक भिडियोले उत्कृष्ट छायांकन र निर्देशनमार्फत प्रेम र रोमान्सलाई अझ रोचक बनाएको छ। भिडियोमा आधुनिक शैलीका शब्द र धुनलेयुवाहरूको मन जित्ने प्रयास गरिएको छ।   गीत “एपी म्युजिक” युट्युब च्यानलमा उपलब्ध छ, जसले छोटो समयमा नै दर्शकहरूको मन जित्ने सम्भावना राख्दछ। “भ्यालेन्टाइन” गीतले प्रेमदिवसलाई अझ विशेष बनाउन प्रेरणा दिने अपेक्षा गरिएको छ।   नेपाली डायस्पोराले अंग्रेजी गीत-संगीतमा पनि विश्वब्यापी प्रतिस्पर्धा गर्न सुरु गरेको यो एउटा सकारात्मक संकेत हो, जसले नेपाली कलाकारितालाईअन्तर्राष्ट्रिय स्तरमा थप पहिचान दिलाउन मद्दत पुर्याउनेछ।

विरलै मात्रै अभिनयमा देखिने लोकगायिका सुनिता दुलालले चर्चित नायक दिलीप रायमाझीसँग कम्मर मर्काउँदै म्यूजिक भिडियो ओ बड्डा सार्वजनिक गरेकी छन्

नेपालको लोकप्रिय ब्रान्ड टुपीएम स्न्याक्स् एण्ड नुडल्स् ब्राण्डले भारतको मुम्बईमा आयोजित समारोहमा रिलायन्स रिटेलद्वारा प्रतिष्ठित “फ्युचर फर्वार्ड स्टार ब्रान्ड” पुरस्कार