जहाँ बाज र लाटोकोसेरोले गर्छन् राष्ट्रपति भवनको सुरक्षा !
हरेक देशमा राष्ट्रपति र प्रधानमन्त्रीको भवनको सुरक्षा आर्मीले लिएको हुन्छ । उनीहरुको सुरक्षा यतिसम्म कडा हुन्छ कि, उनीहरुको अनुमति बिना कोही छिर्न पाउँदैन । तर आज हामी तपाईलाई राष्ट्रपति भवनको सुरक्षाका लागि चराले गरेको देशको बारेमा जानकारी दिनेछौँ ।

रुसको राष्ट्रपति भवन क्रेमिनल र त्यसको नजिकमा रहेका प्रमुख सरकारी भवनको सुरक्षा पंक्षीलाई दिइएको छ । देशको रक्षा विभागले उल्लू र बाजलाई राष्ट्रपति भवनको सुरक्षा दिएको हो ।

रक्षा विभागले यसको लागि एक टीम नै बनाएको छ । यो टीम १९८४ देखि यो क्षेत्रमा खटिरहेको छ । यो टीममा १० वटा भन्दा धेरै बाज र उल्लू छन् । उनीहरुलाई विशेष ट्रेनिङ दिइएको छ ।

यसको बास्तविक लक्ष्य भनेको दुश्मनबाट बच्न नभएर काग जस्ता पंक्षीको दिसाले राष्ट्रपति भवनमा पुर्याउने क्षतिबाट बच्न भएको रिपोर्टमा बताइएको छ । यो टीममा २० वर्षीय एक बाज ‘अल्फा’ र त्यसको साथी ‘फाइल्या’ उल्लू छन् । यी दई भएपछि केहि पनि पंक्षी त्यहाँ आउँदैनन् ।


