English

मस्तिष्कघात के हो ? यसबाट कसरी बच्ने ?



दिमागको रक्तनली बन्द हुनु अथवा नली फुटेर रगत बाहिर बग्नुलाई मस्तिष्कघात अथवा स्ट्रोक भनिन्छ । यस्तो अवस्थामा शरीरको आधा भागलाई प्यारालाइसिस अर्थात् पक्षघात गराउँछ ।

कारण

-उच्च रक्तचाप
– मधुमेह
– मुटु रोग
– धुम्रपान, मद्यपान सेवन
– असन्तुलित खानपान
– मोटोपन
– आलस्यता
यी कारणले विशेषगरी वृद्धवृद्धाहरूमा मस्तिष्कघात हुने सम्भावना उच्च रहन्छ । तर, पछिल्लो समय युवापुस्तामा पनि मस्तिष्कघात हुने गरेको पाइन्छ । युवापुस्तामा असन्तुलित खानपान र आलस्यताका कारण स्ट्रोकको समस्या बढ्दै गएको छ ।

मस्तिष्कघातलाई कसरी चिन्ने ?

अचानक एकातिर मुख बाङ्गिने, हात खुट्टा लुलो हुने, नशामा समस्या आउने, उभिन नसक्ने, आँखा झ्याप्प बन्द हुने, अँध्यारो देखिने या त दुईवटा देखिने, अनुहार बाङ्गिने, पाखुरा लुलो हुने, बोली लर्बराउने जस्ता लक्षण देखियो भने यसलाई मस्तिष्कघात भनेर बुझ्नुपर्छ । यस्तो अवस्थामा जति सक्दो छिटो अस्पताल लगिहाल्नुपर्छ । यदि तीन घन्टाभित्र अस्पताल पुर्याउन सकियो भने बिरामीलाई पूर्ण रूपमा ठीक पार्न सकिन्छ । तर, अस्पताल जाँदा कुन अस्पताल जाने भन्ने कुराको छिटो निर्णय गर्नुपर्छ । किनभने सबै अस्पतालमा यसको उपचार सम्भव छैन ।

मस्तिष्कघातको उपचार

पक्षघातको उपचार सामान्य छ । यसको उपचार भनेकै बन्द भएको नशालाई खोल्ने हो । जुन दुई तरिकाबाट खोल्न सकिन्छ । पहिलो तरिका मस्तिष्कघातको लक्षण देखिएको ३ घन्टाभित्र बिरामी अस्पताल आइपुगेको खण्डमा रगत गाल्ने औषधि नशाबाट दिइन्छ । यदि ढिलो भयो भने तार हालेर जमेको रगत निकालेर रक्तसञ्चार सुचारु गराइन्छ ।

मस्तिष्कघातबाट बच्ने उपाय

– धुम्रपान, मद्यपान नगर्ने
– तनाव नलिने
– मधुमेह र उच्च रक्तचापका बिरामीले नियमित औषधि सेवन गर्ने
– व्यायाम गर्ने
– चिल्लो खानेकुरा नखाने ।



सम्बन्धित खबरहरु

स्याङ्जाको वालिङ नगरपालिकामा सञ्चालित वालिङ कृषि विकास परियोजना नागरिकलाई उद्यमशीलतामा जोड्न सफल भएको छ । नगरपालिका र हेफर प्रोजेक्ट नेपालको

चितवन सौराहामा हालै दुर्लभ चरा पर्पल कोचोवा भेटिएको छ । विरलै मात्र भेटिने यो चरा यसपटक कोशी र काठमाण्डौंमा पनि

इटहरीमा ‘मिस एसईई’को पाँचौं संस्करण आयोजना हुने भएको छ । एसईई परीक्षामा सहभागी भएकी किशोरीहरूका लागि लक्षित यो सौन्दर्य तथा

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर

Latest










Popular
Suggested